• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    विश्वभर कोरोनले बितण्डा मच्चाइरहेका बेला उत्तर कोरियाले समुद्रमा गर्यो यस्तो कार्य, अमेरिका हेरेको हेर्यै

    4.8K
    SHARES

    सोल । विश्वभर कोरोन भाइरसले बितण्डा मच्चैरहेका बेला उत्तर कोरियाले भने सोमबार तीन क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले जनाएअनुसार उत्तर कोरियाले दक्षिणी हेमग्योङ्ग प्रान्तबाट जापानी समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाले परीक्षण गरेका क्षेप्यास्त्रले ५० किलोमिटरको अधिकतम उचाई लिएर दुई सय किलोमिटरसम्मको दूरी तय गरेका थिए ।

    दुई साताअघि पनि उत्तर कोरियाले यस्तै किसिमका क्षेप्यास्त्र परीक्षण गरेको थियो । उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्रको किसिम भने अझै स्पष्ट नभइसकेको र यसबारे आवश्यक विश्लेषण भइरहेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको खबरले अमेरिकामा अर्कै बहस सुरु भएको छ ।

    उत्तर कोरियाको यो कदमको बारेमा अमेरिका आफ्नो धारणा सार्वजनिक गर्नसक्ने विश्लेषण हुन थालेको छ । यस्तै कोरोना भाइरस सङ्क्रमण फैलिने आशङ्कामा उत्तर कोरियामा केही हप्तादेखि क्वारन्टाइन बस्न बाध्य पारिएका झन्डै ६० विदेशी नागरिकहरूले प्योङ्‌याङ छोडेका छन् ।

    उनीहरूलाई लिएर एक महिनाभन्दा बढी समयपछि एउटा विमान रुस गएको एनके न्यूजले जनाएको छ । उत्तर कोरियाको उक्त राष्ट्रिय ध्वजावाहक विमान सुदूरपूर्वी रुसको भ्लादिभोस्तोकमा सोमवार बिहान अवतरण गरिसकेको छ । उत्तर कोरिया छोड्नेमा विदेशी कूटनीतिज्ञ र दूतावासका कर्मचारीहरू रहेको बीबीसीले जनाएको छ ।

    फेब्रुवरीदेखि मार्च पहिलो सातासम्म उनीहरूलाई आफ्नो हाताबाट बाहिर निस्किन दिइएको थिएन । कोरोनाभाइरस सङ्क्रमण फैलिने डरले उत्तर कोरियाले राजधानी प्योङ्‌याङमा भएका सयौँ विदेशी नागरिकलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएको थियो । रुसका राजदूत एलेक्सान्दर मात्सेगोराले त्यो परिस्थिति “बाध्यकारी” भएको टिप्पणी गरेका छन् ।

    उत्तर कोरियामा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण फेला परेको पुष्टि भएको छैन। तर केही विज्ञहरू त्यसप्रति शङ्का व्यक्त गर्छन् । उत्तर कोरियाको सीमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेका चीन र दक्षिण कोरियासँग जोडिएको छ ।

    उडान केओआर २७१ स्थानीय समायानुसार बिहान ८:४० बजे प्योङ्‌याङबाट उडेको र भ्लादिभोस्तिकमा १०:४७ मा अवतरण गरेको विवरण फ्लाइटअवेअर वेबसाइटले प्रकाशित गरेको छ । उक्त विमानमा कम्तीमा ६० कूटनीतिज्ञ र कूटनीतिक नियोगका कर्मचारीहरू भएको बताइन्छ ।

    उनीहरू कसरी र कहिले आफ्नो देश जान्छन् भन्ने स्पष्ट छैन । उत्तर कोरियाका लागि ब्रिटिश राजदूतले सोमवार बिहान ट्वीट गर्दै “जर्मन दूतावास र फ्रान्सको कार्यालयका सहकर्मीहरूलाई” बिदा गर्दा आफू दु:खी भएको लेखेका छन्। राजदूत कोलिन क्रूक्सका अनुसार अन्य दूतावास अस्थायी रूपमा बन्दै हुने भए पनि ब्रिटिश दूतावास खुला रहनेछ ।

    उनले कर्मचारीहरूलाई विमानस्थल लैजाँदै गरेका दुईवटा सवारीसाधनको तस्बिर ट्विटरमा प्रेषित गरेका छन् । स्वीडनका राजदूत योआखिम ब्यार्गस्टोर्मले आफ्नो सेल्फीसहित ट्विटरमा लेखेका छन्: “म यसअघि किम इल सङ स्क्वाएरमा उभिँदा यति खुसी भएको थिइनँ।”

    तर अहिले पनि विदेशीहरूलाई रेस्टुराँ, पसल, व्यायामशाला र होटलमा जान तथा स्थानीय बासिन्दासँग भेटघाट गर्न नदिइएको एनके न्यूजले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय समुदायबाट विभिन्न प्रतिबन्ध खेपिरहेको उत्तर कोरियामा ठूलो महामारी फैलिए बिरामीको उपचार गर्न पर्याप्त क्षमता नभएको आशङ्का व्यक्त गरिएको छ । अहिलेसम्म विश्वभरि १,०७,००० भन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण र झन्डै ३,६०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

    तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा व्यापक असर
    कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ ।

    लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको छ । यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०.१ प्रतिशत गिरावट आएको छ, र पाँच वर्ष यताकै यो सबैभन्दा ठूलो नोक्सानी हो । मूल्यलाई स्थिर राख्न उत्पादनमा के कति कटौती गर्ने भन्ने विषयमा ठूला तेल उत्पादक राष्ट्रहरु साउदी अरेबिया, रसिया र अरु तेल उत्पादक मुलुकहरुबीच मतैक्य नभएपछि यस्तो समस्या आएको हो ।

    विश्वव्यापी तेल बजारमा देखिएको उथलपुथलकै कारण मध्यपूर्व र एसियाली शेयर बजारमा व्यापक गिरावट आएको छ । तेलको मूल्यमा गिरावट आउँदा दक्षिण कोरिया, जापान र चीनलाई फाइदा पुग्ने अवस्था देखिए पनि विषम अस्थिरताले अर्थतन्त्रलाई ठूलो नोक्सानी गर्नेछ । मानिसको यात्रामा कटौती भएका कारण ऊर्जाको मागमा कमी आएको छ । कोरोनाभाइरसका कारण अर्थतन्त्रको गति सुस्त हुनुको अर्थ मागमा कमी आउनु पनि हो ।

    एक्सीकर्पका प्रमुख बजार रणनीतिकार स्टिफेन इन्सले साउदी अरेबियाले बजार हिस्सा ओगट्ने उद्देश्य सहित तेलको उत्पादन अझ बढाउन सक्ने बताए । विश्व तेल बजारमा यस्तै तर्क विगतमा पनि गरिएका थिए । सन् २०१४ मा ओपेकले अमेरिकी तेल नीतिमा आएको फेरबदललाई ध्यानमा राखी तेल उत्पादन कटौती गर्नुको साटो बढाएको थियो ।

    यसबाट १०० अमेरिकी डलर प्रति ब्यारेल पुगिसकेको तेलको मूल्य सन् २०१५ मा ४० डलरभन्दा तल झरेको थियो । अमेरिकी शेयर बजार पनि गत महिनाको तुलनामा १२.२ प्रतिशतले घटिसकेको छ ।

    कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ । १९ हजार भन्दा बढि संक्रमितको अहिले पनि चीनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    त्यसमध्ये ५ हजार २ सय ६४ जनाको अवस्था गम्भीर रहेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ५८ हजार ६ सय चिनियाँ भने उपचारपछि ठीक भएका छन् । चीनपछि कोरोनाले इटालीमा महामारीको रुप लिएको छ । त्यहाँ ३ सय ६६ जनाको मृत्यु भएको छ । अवस्था भयाभह बनेपछि सरकारले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

    उपचारारत ६ हजार ३ सय ८७ मध्ये ६ सय ५० जना सिकिस्त बिरामी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै इरानमा कोरोना भाइरसका कारण १ सय ४९ जनाको मृत्यु भएको छ । ६ हजार ५ सय ६६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

    यसमध्ये २ हजार १ सय ३४ जना निको भएर घर फर्किएका छन् । ४ हजार २ सय ३८ जनाको उपचार भइरहेको छ । दक्षिण कोरियामा थप २ सय ३७ जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ हजार ३ सय १३ पुगेको छ ।

    त्यहाँ अहिलेसम्म ५० जनाको मृत्यु भएको छ भने उपचारारत ७ हजार १ सय ३३ जनामध्ये ३६ जनाको अवस्था गम्भीर छ । १ सय ३० जना भने निको भएर घर फर्किएको कोरियाली स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । चीनमा कोरोनाको संक्रमण दर कम हुँदै गएपनि अन्यत्र फैलने क्रम उच्च भएको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार चीनमा पछिल्लो २४ घण्टामा ३९ जनामा जनामा कोरोनाको संक्रमण देखिएको छ । चीन हालसालै प्रति दश लाख मानिसमध्ये कम्तिमा ५६ जनामा कोरोना फेला परेको छ । जबकी यही दर दक्षिण कोरिया, इटाली, इरान लगायतका मुलुकमा बढिरहेको छ ।

    डब्लूएचओका अनुसार प्रति दश लाखमध्ये दक्षिण कोरियामा कम्तिमा १ सय ४२ जनामा संक्रमण देखिएको छ भने इटालीमा १ सय २२ तथा इरानमा ७८ जनामा संक्रमण देखिन थालेको छ ।

    कोरोनाबाट अमेरिकामा २२ जनाको मृत्यु भएको छ भने फ्रान्समा थप तीन जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । स्पेनमा १७ जनाको मृत्यु भएको छ । डब्लूएचओका अनुसार अहिलेसम्म १ सय ४ वटा मुलुकमा कोरोनाभाइरस देखिदा १ लाख १० हजार मानिसमा संक्रमण देखिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ