• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    चर्चित फुटबल खेलाडी रोनाल्डिनो र उनका भाई पक्राउ, यस्तो छ कारण

    एजेन्सी । ब्राजिलको राष्ट्रिय टिमका पूर्वफुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन्। बुधबार राति पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो र उनका भाइ रोबेर्टोलाई पक्राउ परेको गोल डटकमले जनाएको छ।

    नक्कली कागजात बनाई दक्षिण अमेरिकाका राष्ट्रमा छिरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको पाराग्वेको गृह मन्त्रालयले बताएको छ। प्रहरीले होटलबाट रोनाल्डिनो र रोबेर्टोको नाममा पाराग्वेको पासपोर्ट भेटाएको थियो। एक क्यासिनोका मालिक नेल्सन बिलोटीको निमन्त्रणामा रोनाल्डिनो र रोबेर्टो पाराग्वे पुगेका थिए। रोनाल्डिनोसँग गत २०१८ देखि ब्राजिलको पासपोर्ट थिएन।

    सन्२०१८मा वातावरणीय क्षतिको जरिवाना तिर्न नसक्दा उनको पासपोर्ट कब्जा गरिएको थियो। सन् २०१५मा लाइसेन्सबिना नै पोखरीमा माछाको जाल बनाएपछि उनलाई ८.५ मिलियन डलर तिर्न लगाएको थियो। यसैबीच ओलम्पिक लियोनमाथि जित निकाल्दै पेरिस सेन्ट जर्मेइन फ्रेन्च कपको फाइनलमा पुगेको छ ।

    केलियन एमबाप्पेले ह्याट्रिक गर्दा पीएसजीले सेमिफाइनलमा लियोनमाथि पाँच–एककाे जित निकाल्यो । पीएसजी लगातार छैटौँ पटक फ्रेन्च कपको फाइनलमा पुगेको हो । खेलको ११ औँ मिनेटमा नै लियोनले अग्रता लिएको थियो । उसका लागि मार्टिन टेरियरले गोल गरेका थिए । तर त्यसको तीन मिनेटपछि एमबाप्पेले बराबरी गोल गरे । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको थियो ।

    ६१ औँ मिनेटमा लियोनका मार्सल डी ओलिभियराले रातो कार्ड पाएपछि लियोन कमजोर बन्यो । त्यसपछि पीएसजीले चार गोल थप्यो । मार्सलले ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा नेयमारले गोल गरे । त्यसपछि एमबाप्पेले आफ्नो एक्लो प्रयासमा गोल गर्दै पीएसजीलाई तीन–एककाे अग्रता दिलाए ।

    पाब्लो साराबियाले पीएसजीका लागि ८१ औँ मिनेटमा चौथो गोल गरे भने एमबाप्पेले इन्ज्युरी समयमा ह्याट्रिक पूरा गरे । यस्तै इङ्ग्लिस प्रिमियर लिगका अग्रस्थानका म्यान्चेस्टर सिटी र लेस्टर सिटी एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले शेफिल्ड वेनस्डेलाई एक–शून्यलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

    लेस्टर सिटीले पनि बर्गिङ्घम सिटीमाथि एक–शून्यकाे जित निकाल्यो । सिटीको जितमा सर्जियो अग्युराेकाे दोस्रो हाफको गोल निर्णायक बन्यो । उनले खेलको ५३ औँ मिनेटमा गोल गरेका थिए । लेस्टर सिटीलाई जित दिलाउनका लागि डिफेन्डर रिकार्डो पेरेराले निर्णायक गोल गरे । उनले ८२ औँ मिनेटमा गोल गरे ।

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ