• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    यी २३ जना सांसदलाई नै कोरोना भएको पुष्टि भएपछि देशभर हलचल, अब के होला

    4.5K
    SHARES

    काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को कारण इरानमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ । इरानका २३ जना सांसदलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    इरानमा कूल दुई हजार ३३६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र विगत २४ घण्टामा ८३५ नयाँ सङ्क्रमित व्यक्ति भेटिएको इरानी स्वास्थ्य अधिकारीहरूले बताए ।

    इरानमा एकै दिन कोरोना भाइरसका कारण यति धेरै सङ्क्रमित भेटिएको यो पहिलो दिन हो । इस्लामिक गणतन्त्रमा दुई हप्ता पहिले पहिलो घातक यस भाइरसको सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग गरी काम भइरहेको इरानी उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले राज्य सञ्चालित टेलिभिजनबाट प्रशारित प्रतिक्रियामा बताए ।

    उनले भने, “पछिल्लो २४ घण्टामा थप ८३५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ र योसँगै इरानमा सङ्क्रमितको सङ्ख्या दुई हजार ३३६ पुगेका छ । घातक यो भाइरस सङ्क्रमणका कारण ७७ जनाको मृत्यु भएको छ ।”

    नयाँ भाइरसको सङ्क्रमणको केन्द्र मानिएको मूख्यभूमि चीन र खासगरी हुबेई प्रान्तको वुहानमा गरी ३ हजार बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमणबाट चीनबाहिर सबैभन्दा बढी व्यक्तिको इरानमा मृत्यु भएको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।

    विश्वभर यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार १ सय १६ व्यक्तिको मृत्युभइसकेको छ । सङ्क्रमणको प्रभाव विश्वका ७६ मुलुकमा देखिएपनि चीन, दक्षिण कोरिया, इटली, इरान र जापानमा मृत्यु हुनेको सङ्ख्या अन्य मुलुकको तुलनामा बढी रहेको छ ।

    यसैबीच इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीले सबै नागरिकलाई कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाई लगायत रोकथामका अन्य उपायलाई अवलम्वन गर्न आग्रह गरेका छन् ।

    उनले भने, “सबै नागरिकले रोक

    यस्तै यता सरकारले विदेश भ्रमणको योजना नबनाउन देशबासीलाई अपील गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानाकारी दिए। ज्ञवालीकाअनुसार कोरोना भाइरसको गम्भीर संक्रमण देखिएका देशहरुमा भने अत्यावश्यक काममा बाहेक नजान नै आग्रह गरेको छ ।

    सरकारले वैदेशिक रोजगारीमा जाने योजना तत्कालका लागि स्थगित गर्न पनि अपील गरेको छ । दक्षिण कोरियामा इपीएल प्रणालीबाट कामदार नपठाउने निर्णय गरेको छ भने अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई एनओसी (नो अब्जेक्सन लेटर) दिन रोक लगाइएको छ ।

    मध्य पूर्वका देशहरुमा भ्रमण, अध्ययन र रोजगारीमा जान सरकारले रोक लगाएको त छैन । तर तत्कालका लागि रोजगारीका लागि विदेश जाने योजना स्थगित गर्न अपील गरेको छ ।

    आइतबार मात्र ३० जना नेपालीलाई बहराइनले इमिग्रेसनबाट प्रवेश नदिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘मध्य पूर्वमा जान सरकारले रोक त लगाएको छैन । तर कामका लागि होस या अध्ययनका लागि नजान प्रवन्ध गर्न आग्रह गरेका छौं ।’

    कोरोना भाइरसको संभावित प्रकोपबाट बच्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भिजिटर पास बन्द गरिदिएको छ । यस्तै विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको उल्लेख गरेको तथा सरकारले समेत सार्वजनिक स्थानमा भिडभाड कम गर्न आग्रह गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जिभिटर पास बन्द गरेको हो ।

    विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले एक विज्ञप्ती जारी गर्दै विमानस्थल भएर यात्रा गर्ने आफ्ना आफन्तजनको बिदाइ तथा स्वागतका लागि नआउन पनि आग्रह गरेका छन् ।

    ‘यस अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतवाजत गर्नु हुने सबै हवाई यात्रुहरुलाई स्वागत तथा बिदाइ गर्न आउनुहुने आफन्तजन लगायत अन्य महानुभावहरुालई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनु हुन र अत्यावश्यक काममा आउनु हुने सबैले मास्क प्रयोग गरिदिन हुन अनुरोध छ,’ विमानस्थलका महाप्रवन्धक केसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

    यस्तै कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ । ९० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय १२ पुगेको छ । ८० हजार भन्दा बढी संक्रमित भएका छन्ची न बाहिर अन्य १० मुलुकमा कोरोना संक्रमितको मृत्यु भएको बीबीसीले जनाएको छ । चीनबाहिर १० हजारमा कोरोनाको संक्रमण देखिएको छ।

    इटालीमा कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण एकै दिन ५० प्रतिशतले बृद्धि भएको छ । त्यहाँ संक्रमितको संख्या १६ सय ९४ पुगेको छ । शनिबारसम्म संक्रमित हुनेको संख्या ११ सय २८ थियो । सूचना लुकाउने पादरीसहित १२ जनामाथि अनुसन्धान

    दक्षिणको कोरियामा कोरोनाबाट २२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४२ सय १२ पुगेको छ । सोमबार ४ सय ७६ जनामा कोरोनाका संक्रमण पुष्टि भएको करियाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोनाको संक्रमण फैलिएको सूचना लुकाएको भन्दै सिञ्चेओन्जी चर्चका पादरीमाथि छानविन सुरु गरिएको छ ।

    जीसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका पादरी म्यान हिका भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्‍याउने विश्वासका साथ भाइरस सङक्रमण सारेको अभियोगमा धर्म गुरुहरुमाथी कोरिया सरकारले अनुसन्धान थालेको बीबीसीले जनाएको छ । सरकारले चर्चका संस्थापक म्यान हीसहित १२ जनामाथी अनुसन्धान सुरु गरेको बताइएको छ ।

    इरानमा आइतबारसम्म ९ सय ७८ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ५४ जनाको मृत्यु भएको छ । यद्यपी मृतकको संख्या २ सय भन्दा धेरै भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले दावी गर्दै आएको छन् । विश्व स्वास्थ संगठनका अनुसार पछिल्लो १० दिनमा ३१ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ ।

    यसै साता कतार, साउदी इक्वेडर लक्जेबर्ग आइरल्याण्ड लगायतका मुलुकमा कोरोनाको भाइरसको संक्रमण देखिएको थियो । योसँगै कोरोनाबाट संक्रमित हुने मुलुकको संख्या ६४ पुगेको छ ।

    त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबारे सतर्कताका लागि सरकार र समुदायलाई १४ बुँदे अपील जारी गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी नेपालमा यो भाइरस प्रवेश र विस्तार हुन नदिन पूर्वसतर्कताका लागि सार्वजनिक आह्वान गरे ।

    उनले भने, ‘कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको बेला नेपालले सम्पूर्ण सतर्कता राख्नुपर्ने टड्कारो अनिवार्यता छ । यसलाई नेपालमा प्रवेश र विस्तार हुन नदिन समस्त नेपालीको ऐक्यवद्ध दृढताका लागि नेपाली काँग्रेस हार्दिक अपील गर्दछ ।’ कोरोना विश्वव्यापी रुपमै महामारीको फैलिँदै गएकाले नेपालले सतर्कताको पर्याप्त पूर्व तयारी गर्न नसके ठूलो मानवीय क्षति निम्त्याउने खतरा रहको उनले बताए ।

    जोखिम सामना गर्न कुनै पनि ढंगको कमजोरी र सम्झौता नगर्न सरकारलाई सार्वजनिक आग्रह गरेको छ । कोरोनाबारे सरकार र समुदायलाई बुँदे अपील विश्व स्वास्थ संगठन (डब्लूएचओ) ले उच्च जोखिममा रहेकोे राष्ट्र भनेर नेपाललाई समेत घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गरियोस् ।

    कोरोना संक्रमित मुलुकहरुको सूचि जारी गरेर ती देशहरूमा नेपालीको भ्रमणमा अस्थायी रुपले तत्काल रोक लगाइयोस् । संक्रमण फैलिएका मुलुकहरुसँग नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाइयोस् ।

    फागुन १९, सोमबार मध्याह्नसम्मको स्थलगत अध्ययनमा अन्तर्रा्ष्ट्रि«य विमानस्थलको चेकजाँचको प्रक्रिया विलकुलै कामचलाउ प्रकृतिको फितलो देखिनु अत्यन्तै दुःखद र आपत्तिजनक छ । प्रवेशद्वारमा कठोर ढंगको कडाइ गरिएन, तर भाषणका मञ्चबाट सतर्कताको अपील मात्रै जारी गरियो भने स्थिति भयावह हुन सक्दछ । सरकार यो गम्भीरताप्रति व्यवहारत गम्भीर बनोस् ।

    स्थलमार्गबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा केरुङको नाकामा कडाइ गरिएको भए पनि अन्य नाका खासगरी तराई–मधेसका सबै सीमा नाकाबाट सोमबार मध्याह्नसम्म निर्वाध प्रवेश जारी छ । ती नाकाहरुमा पनि तत्काल कडाइ शुरु गर्न विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गरियोस् ।

    केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार र राज्यका विभिन्न निकायबीच आवश्यक समन्वय अभिवृद्धि गरेर सम्भावित जोखिम सामना गर्ने कार्ययोजना चुस्त ढंगले अघि बढाइयोस् ।

    संक्रमण भए नभएको ठहर गर्ने ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला’ मा परीक्षण ‘कीट’ को कमी हुनसक्ने र परीक्षणका लागि दक्ष जनशक्तिको अभाव हुनसक्ने खतरालाई समयमै ध्यान पु¥याइ आवश्यक बन्दोबस्त यथाशीघ्र मिलाइयोस् ।

    संक्रमण भित्रिएको र फैलिएको खण्डमा स्वास्थ्यकर्मीहरुले जोखिमपूर्ण ढंगले उपचार र उद्दारमा समर्पित हुनुपर्ने स्थिति आउनसक्छ । त्यस्तो जोखिम हुन नदिन एकातर्फ विशेष प्रकृतिको एप्रोन र उपकरणहरुको अभाव हुन नदिन पर्याप्त बन्दोबस्ती गरियोस् र स्वास्थ्यकर्मीहरुलाई विशेष ढंगको प्रोत्साहन र प्रशिक्षणको थालनी गरियोस् ।

    संक्रमणको खतराले नागरिकमा खासगरी बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर न्यून गर्न विशेष ध्यान पु¥याइयोस् । मास्कको पर्याप्त प्रबन्ध गर्न सरकारको ध्यान पुगोस् । संक्रमण भित्रिएर फैलिएका खण्डमा त्यसको नकारात्मक परिणाममध्ये सम्भावित खाद्यान्न संकट हुनसक्नेतर्फ समयमै सरकारको सतर्कता पुगोस् ।

    चीनको वुहान शहरबाट १८० नेपालीलाई उद्दार गरेर ल्याउन दुई साता लामो छलफल, अन्यौल र विवाद भएको स्मृति गर्दै दुई थप सतर्कता सरकारलाई गराउँदछौं ।

    ठूलो संख्यामा नेपालीहरु रहेकोे दक्षिण कोरिया लगायतका कतिपय देशमा कोरोनाको संक्रमण तीव्र ढंगले फैलिएको छ ।
    त्यस्तो देशमा रहेका नेपालीलाई संक्रमणबाट सुरक्षित गर्न र अत्यावश्यक परे उद्दार गर्न के–कस्ता रणनीति अवलम्बन गर्न जरुरी छ, तत्काल विमर्श गरियोस् ।

    वुहानबाट ल्याइएका नेपालीलाई राखिएको क्वारेन्टाइन आगामी दिनमा अपर्याप्त हुनसक्ने खतरालाई दृष्टिगत गर्दै वैकल्पिक दर्जनौं क्वारेन्टाइन निर्माण गर्नुपर्ने दिशामा सरकारले युद्धस्तरमा विषय प्रवेश गरोस् ।

    कोरोना संक्रमणबाट पूर्व सतर्कताका लागि व्यापक जनचेतना अभिवृद्धि गर्न आमसञ्चारका माध्यमहरुको समुचित प्रयोग गर्ने कार्यमा सरकारले विशेष ध्यान पु¥याओस् ।

    ठूला र समृद्ध राष्ट्रहरु समेत कोरोनासँग जुध्न संघर्षरत रहेको बेला छिमेकीहरुको प्रबन्धले हामी ढुक्क छौं भन्ने प्रकृतिको हास्यास्पद एवं गैह्रजिम्मेवार अभिव्यक्ति र व्यवहार हाम्रा लागि महँगो पर्न सक्दछ । सम्मानित सर्वोच्च अदालतले समेत गम्भीर बन्न सरकारलाई अन्तरिम आदेश जारी गरिसकेको छ ।

    यस्तै सरकारले चीनसहित पाँच देशका नागरिकलाई एक महिनाका लागि अनअराइभल भिसामा रोक लगाएको छ । गृह मन्त्रालयले हङकङसहित चीन, इरान, इटाली, दक्षिण कोरिया र जापानका नागरिकलाई फागुन २४ देखि चैत १८ (मार्च ७ देखि मार्च ३१) सम्म अनअराइभल भिसामा रोक लगाएको हो ।

    मन्त्रिपरिषदको आइतबार बेलुका बसेको बैठकले अनअनराइभल भिसा नदिने निर्णय गरेको थियो । कोरानाभाइरसको असर विश्वव्यापी रुपमा देखिएकाले सरकारले यस्तो निर्णय गरेको जनाएको छ ।

    थामका उपाय र नियन्त्रणका लागि स्वास्थ्यकर्मीले दिएको निर्देशनलाई पढ्न, सिकाउन र पालना गर्न आवश्यक छ ।”

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ