• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    ओली अस्पताल भर्ना भएको २४ घण्टा बित्नै लाग्दा राष्ट्रपति भण्डारीले गरिन यस्तो ट्वीट, सामाजिक सञ्जालमा भाइरल

    8.9K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गरेकी छन् । पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् र, उनको भोलि विहान ९ बजे प्रत्यारोपण गर्ने तयारी छ ।

    राष्ट्रपति भण्डारीले मंगलबार ट्वीटरमार्फत प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलतासहित स्वास्थ्यलाभको कामना गरेकी हुन् । शुभचिन्तकहरुले भण्डारीको ट्वीटलाई सामाजिक सञ्जालमा भाइरल बनाएका छन् ।

    ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ ट्वीट गर्दै उनले भनेकी छिन । ओली सोमबार साँझ अस्पताल भर्ना भएका हुन ।

    यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण सफल होस् भनी शुभकामना दिदै भावुक ट्वीट गरेका छन्। सोमबार बिहान ट्विट गर्दै मोदीले भनेका छन्- मेरा प्यारा मित्र केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र छिटै तन्दुरूस्तीको कामना गर्दछु। भगवान् पशुपतिनाथले सधैँ तपाईं सुस्वास्थ्य, खुसी र दीर्घायूको आशिर्वाद दिऊन्। नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान तपाईं को निरन्तर योगदान भइरहेको हेर्न चाहन्छु।

    मिर्गौला प्रत्यारोपण गर्न अस्पताल जान लागेका प्रधानमन्त्री ओलीलाई दक्षिणी छिमेकी मुलुकका प्रधानमन्त्रीले शुभकामना दिएपछि उनको ट्वीट सामाजिक सञ्जालमा भाइरल बनेकाे छ। दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुअघि साेमबार प्रधानमन्त्री ओलीले भिडिओ सन्देश जारी गरेका छन्। उक्त भिडिओ सन्देशमा उनले प्रत्यारोपण सफल हुने विश्वास व्यक्त गरेका छन्।

    प्रविधि र ज्ञानको विकासले अहिले प्रत्यारोपण पहिलाजस्तो जटिल हुँदैन। आफ्नै देशमा अनुभवी चिकित्सक मिर्गौला प्रत्यारोपण गर्न पाउँदा म गर्व गर्छु र खुसी छु,’ ओलीले भनेका छन्,‘यो सजिलै हुने मेरो विश्वास छ।’ आफूले नेपालीका मुर्छित सपनाहरू जागृत गरेको भन्दै ती सपनाहरूलाई बीचमै छोडेर आफू अलप नहुने बताए।

    ‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न। संसारमा कोही पनि अजम्बरी छैन। मेरो यो संकल्प पनि अजम्बरी होइन। हाम्रा जागृत सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरू बुझ्नु नै भएको छ,’ प्रधानमन्त्रीले भनेका छन्।

    आफूले कहिले निरंकशुताविरूद्ध, कहिले राष्ट्रियता र कहिले स्थायित्व नचाहने शक्तिसँग संघर्ष गर्दागर्दै शरीरभित्र विकसित भएका विविध रोगको उपचार गर्न बाध्य भएको ओलीको भनाइ छ। उनले आफ्नो उपचार सफल हुनेमा ढुक्क हुन पनि आग्रह गरेका छन्।

    ‘केही दिनको अस्पताल बसाइँ र आरामपछि नयाँ ऊर्जा लिएर काममा फर्किनेछु। यसबीचमा सरकारका सबै काम अघि बढ्ने छन्,’ प्रधानमन्त्रीले भनेका छन्,‘कोरोनाको नयाँ समस्यासँग जुध्न पनि संयन्त्र मिलाएको छु। आवश्यक पर्दा सबै निर्णय गर्न सक्ने प्रबन्ध गरिएको छ।’ उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन्।

    पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनी सोमबार साँझ अस्पताल पुगेका हुन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्न्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् । उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् । उनकै शब्दमा….

    ‘आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, मेरो सिङ्गो जीवन कुनैन कुनै किसिमको संर्घषमा वित्दैआएको छ । कहिले निरब्कुशताविरुद्ध लोकतन्त्रको लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि संघर्ष, त कहिलेदेशमा स्थायित्व नचाहनेर हुन नदिनेहरुसँगकोसंघर्ष । मुलुकमा व्याप्त यसप्रकारका विविध समस्याहरुसंग निरन्तर जुध्नेक्रममा शरीरभित्र सिर्जित रोगसंग लड्न म बाध्य हुन पुगेको यहाँहरु सबैलाई जानकारी नैछ । यसैसन्दर्भमा, आज भन्दा झण्डै१२ बर्ष अघि मेरा दुवैमृगौलालेकाम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मृगौला प्रत्यारोपण गराएको थिएँ । त्यतिवेला हाम्रो देश नेपालमा मृगौला प्रत्यारोपणकोसुविधा थिएन ।

    पर्सी फागुन २१ गतेबुधवार फेरि मैलेमृगौला प्रत्यारोपण गराउँदैछु। त्यसको चिकित्सकीय तयारीका लागि म आजैत्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जतमा भर्ना हुदैछु। विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मृगौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन । यसपटकको मृगौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रुपमा सजिलो हुनेमैले विश्वास लिएकोछु। त्यसमाथि आप्mनैमुलुकमा आप्mनैदेशका अनुभबी चिकित्सकहरुद्धारा प्रत्यारोपण गराउनेसुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तैखुशी पनि छु।

    भनिन्छ नि, आशाकोदियोबलिरह्योभनेशान्ति, प्रेम र विश्वासकोजग मजवुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं । त्यसलाई व्युँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरीपरी तपाईहरु सबैले आफुलाई उभ्याउनुभयो । यस बर्षलाई हामीले समृद्धिको आरम्भ बर्ष भनेका छौं । जसरी
    खेलकोबीचमा ।।।राम्रो खेलाडी’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भरखर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न । संसारमा कोही पनि अजम्बरी छैन ।

    मेरोयोसंकल्प पनि अजम्बरी बन्न हैन, हाम्रा जागृत हुँदैगरेका सपनालाई साकार पार्नका लागि होभन्नेयहाँहरुले बुझ्नु नैभएको छ । म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनुहोस् । हामीले देखेको ।।।समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षां पूरा गर्न केही दिनको अस्पताल वसाई र आराम पछि थप उर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु। यस बीचमा सरकारका तर्फवाट गर्नुपर्ने सबैकाम नियमित रुपमा अघि बढ्नेछन्।

    विश्वलाई नैपिरोली रहेको कोरोना भाइरसका कारण सिर्जना भएको नयाँ समस्या होस् वा भैपरि आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्नेसंयन्त्र र अन्य व्यवस्था मिलाएकोछु। मेरो अस्पताल बसाईको समयमा पार्टी र संसद दुवैतिर आवस्यक कार्य सम्पादन गर्न जिम्मेवार नेता÷कार्यकर्ता, साँसदहरु र लाखौं पार्टी सदस्यहरु निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु। मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्नु हुने स्वदेश र विदेशका सबै मित्र तथा शुभेक्षुकहरुलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।’

    कसले दिदैछ ओलीलाई मृगौला ?
    प्रधानमन्त्री ओलीलाई मृगौला दिने ३२ वर्षीया ती महिला झापाकी हुन् । नातामा उनी ओलीकी ‘भान्जी’ पर्छिन् । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा लगभग १३ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले अस्वीकार गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका थिए । त्यसपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने अर्को गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो  ।

    ससुरालीतर्फ नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी र उनको मिर्गौलामा पनि केही समस्या देखिएकाले घरतर्फबाट नाता पर्ने झापाकी महिलाबाट मिर्गौला लिने निष्कर्षमा चिकित्सकहरू पुगेका हुन् । झापा, चारआलीकी ३२ वर्षीया ती महिला पहिले ओलीलाई मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी हुन् । त्यस हिसाबले उनी प्रधानमन्त्रीकी पनि ‘भान्जी’ नाता पर्ने पारिवारिक स्रोतहरूको भनाइ छ । अन्जान प्रधानमन्त्री ओलीकी भाइबुहारी हुन् । ओलीका भाइ तारा ओलीकी श्रीमती उनी राष्ट्रपति कार्यालयमा कार्यरत छिन् ।

    स्रोतका अनुसार भान्जी पर्ने महिलाको दाहिनेतर्फको ‘१०.२ बाई ३.८ सीएम’ आकार रहेको मिर्गौला झिकेर प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिनेछ । उनको देब्रेतर्फको मिर्गौलामा निकै मसिना सिस्ट (फोका) देखिएकाले दाहिने मिर्गौला प्रधानमन्त्रीका लागि उपयुक्त हुने निष्कर्षमा चिकित्सकहरू पुगेको स्रोतको दाबी छ ।

    दाता महिलाको गतसाता नै सबै शारीरिक परीक्षणहरू सकिएको छ। उनको र प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था प्रत्यारोपणका लागि अनुकूल रहेकाले चिकित्सक टोली बुधबारै प्रत्यारोपण गर्ने निर्णयमा पुगेको हो । चिकित्सकहरू गत मंसिर अन्तिमतिर नै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा जुटेका थिए । तर एपेन्डिसाइटिस र पेरिटोनाइटिसको समस्याका कारण आकस्मिक रूपमा ल्यापरोटोमी नै गर्नुपरेपछि प्रत्यारोपणको मिति धकेलिएर अहिले आइपुगेको हो ।

    यसबीचमा ओलीको प्रत्येक साता नियमित डायलसिस गर्ने गरिएको थियो । डायलसिस गर्दै ओली आफ्नो नियमित काममा जुटिरहेका थिए । डायलसिस र नियमित परीक्षणका लागि ओली त्रिवि शिक्षण अस्पताल गइरहन्थे । त्यस क्रममा उनले अहिलेकै अवस्थामा मिर्गौला प्रत्यारोपण गरे सफल हुने सम्भावना कति रहन्छ भनेर सोधिरहने गरेको स्रोतले बतायो ।

    डाक्टरहरूको भनाइ उद्धृत गर्दै ओलीलेआफ्ना निकटस्थहरूलाई ‘अहिलेकै स्वास्थ्य अवस्थालाई हेरेर मिर्गौला प्रत्यारोपण गर्दा सफल हुने सम्भावना ९८ प्रतिशत रहेको’ बताउँथे । चिकित्सकहरूको यही सल्लाहका कारण ओली प्रत्यारोपण गर्न निश्चिन्त बनेका हुन् । उनले प्रत्यारोपण गर्नमा कुनै जटिलता नरहेको भन्दै सार्वजनिक मञ्चहरूबाटै पनि भन्दै आएकाछन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान नेकपाको सचिवालय बैठकमा बुधबार मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी गराएका थिए । २० मिनेट चलेको सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्यस्थिति र प्रत्यारोपण योजनाबारे सुनाएका थिए ।

    सचिवालय बैठक बस्नुअघि पनि ओली स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थिए । बैठकमा ओलीले आफ्नो शल्यक्रिया त्रिवि शिक्षण अस्पतालमा हुने र त्यसका लागि आवश्यक तयारीका सबै काम पूरा भएको जानकारी गराएका थिए । बैठक बस्नुअघि ओलीले नेकपाका केही नेताहरूसँग छलफल पनि गरेका थिए । छलफलमा पनि उनले आफ्नो उपचारबारे कुराकानी गरेको ती नेताहरूले बताए । ‘अब म मिर्गौला प्रत्यारोपण गर्न जान्छु,’ ती भेटहरूमा ओलीले भने, ‘जनताको शुभकामना र आशीर्वाद छ, पाँचौं दिनमा निको भइहाल्छु, चिन्ता नगर्नुस् ।’

    साँझ उनले मन्त्रिपरिषद् बैठक राखे । त्यहाँ मन्त्रीहरूलाई आफूले ‘भान्जी’ बाट मिर्गौला लिएर प्रत्यारोपण गर्न लागेको जानकारी दिए । सचिवालय बैठकपछि ओली दिनभर अनौपचारिक भेटघाट र छलफलमा व्यस्त रहे । आफ्ना सचिवालयका कर्मचारीहरूसँग आगामी दिनमा गर्नैपर्ने कामहरूबारे रिपोर्टिङ लिए र आवश्यक निर्देशन दिए । सामान्यतः सोमबार बोलाइने मन्त्रिपरिषद् बैठक उनले आइतबार नै बोलाए ।

    ५ बजेका लागि बोलाइएको बैठक साढे ६ बजेमात्रै सुरु भएको थियो । त्यसअघि उनले मन्त्रिपरिषद्का सदस्यसँग अनौपचारिक छलफल गरे । ‘अरू बेला मन्त्रीहरूले कुरिरहनुहुन्थ्यो, उहाँ आउनुहुन्थ्यो अनि बैठक सुरु भइहाल्थ्यो,’ आइतबारको बैठकबारे एक मन्त्रीले भने, ‘आज भने खाजाको पनि व्यवस्था थियो । हामीले झन्डै डेढ घण्टा उहाँसँग अनौपचारिक छलफल गर्‍यौं । स्वास्थ्यलाभको कामना गर्‍यौं ।’

    त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकमा पनि ओलीले आफ्नो स्वास्थ्य अवस्थाको ताजा विवरण मात्रै सुनाए । ‘आज अरू धेरै विषयमा खास छलफल भएन,’ बैठकपछि एक मन्त्रीले भने । उनका अनुसार ओलीले १३ वर्षअघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका डाक्टर आउने सम्भावना रहेको बताएका थिए । ‘बिहान पनि हस्पिटल गएर चेक गरेर आएँ, डाक्टरहरूले राम्रो हुन्छ भनेका छन्, रेस्टपछि आठ/नौ दिनमा काममा फर्किन्छु,’ ओलीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘पहिले अपोलोमा जसले प्रत्यारोपण गरेका थिए, ती डाक्टर पनि आउने सम्भावना छ ।’

    अंगदानको प्रावधान के छ ?
    नेपालको कानुनअनुसार आफ्नो नजिकको नातेदारबाट सहमतिमा अंगदान लिन सकिन्छ । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ अनुसार अंगदान गर्न मिल्ने विभिन्न ५५ किसिमका नातामा भान्जाभान्जीपनि पर्छन् ।

    ऐनअनुसार ओलीले पहिलो पटक पनि आफ्नै नातेदारबाट मिर्गौला लिएका थिए । अहिले पनि नातेदारभित्रकै व्यक्तिबाट प्रत्यारोपण गराउन लागेका हुन् । ओलीको मिर्गौला बिग्रिएपछि अन्जानले मिर्गौला दिन आफैं जोडबल गरेकी थिइन् । केही महिनाअघि उनले भनेकी थिइन्, ‘सक्दो छिटो जेठाजुलाई बचाउनुपर्छ भन्ने लागेकाले मैले मिर्गौला दिएकी थिएँ ।’ अहिले पनि परिवारकै सदस्य ओलीका लागि दाता बनेकी छन् । तर व्यक्तिगत गोपनीयताका कारण उनको नाम सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया