• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    यस्तो बदमासी गरेपछि अखिल क्रान्तिकरीले संयोजक डागीलाई गर्यो कारवाही

    1.9K
    SHARES

    काठमाडौँ । अखिल क्रान्तिकारीले एकजना नेतालाई कारवाही गरेको छ । संगठनको नीति विपरित आर्थिक गतिविधि गरेको भन्दै भक्तपुरका संयोजक मानबहादुर डागीलाई अखिल क्रान्तिकारीले अनिश्चित कालको लागि संगठनको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको जानकारी दिएको छ ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका उपत्यक क्षेत्रीय समितिका संयोजक हर्कबहादुर बिकले शुक्रबार विज्ञप्ति जारी गरेर सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदै डागीसँग संगठनका कुनैपनि काम कारवाही नगर्न समेत भनेका छन् ।

    संगठनको नीति विपरित आर्थिक गतिविधि गरेसँगै डागीको सम्बन्ध रहस्यमय भएको पुष्टी भएको विज्ञप्तिमा उल्लेख छ । “हाम्रो संगठनको भक्तपुर जिल्लामा कार्यरत मानबहादुर डागींले संगठनको निति बिपरित आर्थिक गतिबिधि तथा अनावश्यक एवम् रहस्यात्मक गतिबिधि गरेको पुष्टी भएकोले निजलाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट अनिश्चित कालका लागि निलम्बनको कारवाही गरिएको छ ।

    संगठनको तर्फबाट निजसँग कुनैपनि काम कारवाही नगर्न नगराउन सम्बन्धित सबैमा यो प्रेस बिज्ञप्तिमार्फत जानकारी गराईन्छ” विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय नेकपा निकट विभिन्न जनबर्गीय संगठनका नेता कार्यकर्ताले पदको दुरुपयोग गर्दै व्यापारीलाई धम्क्याउने, चन्दा उठाउने र व्यक्तिगत लाभ लिने गरेको आरोप लाग्ने गरेको छ ।

    केहि समय अगाडी मात्र सो पार्टीको पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिब हिम बिस्टले पार्टीको नीति बिपरित एक जना भूमाफिया बिमल बस्यालसँग ५ लाख रुपैया लिएर पार्टीलाई जानकारी नै नदिइ अपचलन गरेको पुष्टी भएपछि पार्टीले अनिश्चित कालका लागि निलम्बन गरेको छ ।

    उनीहरुले पोखराका पत्रकार ओम हमाललाई प्रयोग गरि ति भूमाफियासँग ५ लाख लिएर बाडिचुडी खाएर पार्टीको बद्नाम गरेको आरोपमा नेकपाले अनिश्चितकालका लागि निलम्बन गरेको हो। डुम्रे र बिस्टले त्यति मात्र नभएर काठमाडौँका विभिन्न बैंक र ब्यापारीसँग लाखौ रकम उठाएर खाएको बिषयले नेकपा भित्र ब्यापक चर्चा पाएको छ ।

    पार्टीले कारबाही गरेपछि प्रकाश डुम्रे र ओम हमालबिचको टेलिफोन बार्ता समेत सार्बजनिक भइसकेको छ । उक्त टेलिफोन बार्तामा उनीहरुले बिद्यार्थी अध्यक्ष चिरिन्जीबी ढकालले चितवन मेडिकल कलेजसँग आन्दोलन तुहाउने सर्तमा २० लाख लिएको समेत उल्लेख छ । त्यति मात्र हैन बिस्ट र डुम्रे आफै भूमाफियासँग पार्टीको प्रतिनिधि भएर कैलालीका सुकुम्बासी उठाउन फिल्डमै गएको भिडियोसमेत सार्बजनिक भइसकेको छ

    प्रतिक्रिया