• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रतिबन्धलाई चिर्दै जनयुद्ध शैलीमा अनेमसंघ क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न

    2K
    SHARES

    कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कैलालीको दोश्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको बन्दसत्रले सृष्टिको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनको उद्घाटन नेकपाका सेतीमहाकाली ब्युरो इञ्चार्ज निर्माणले गरेका थिए ।

    उद्घाटन गर्दै निर्माणले मातृ समाजको बिघटनदेखि हालसम्म महिलाहरू उत्पीडित, दमित र शोषित हुनुको पछाडि पृतिसतात्मक पुजीदी समाज र सत्ता मुल कारण रहेको बताएका छन् । संसारभरी र नेपालमा पुँजीवादी राज्यसत्ता रहेसम्म महिला मुक्ति संभव नभएको उनले बताए ।

    उनले भने, महिला र पुरुषको बीचको वास्तविक समानता वैज्ञानिक समाजवाद र कम्युनिस्ट विचारले मात्रै प्रदान गर्ने भएकोले सम्पुर्ण उत्पीडित र श्रमिक महिलाहरुले समाजवादी क्रान्तिको बाटोमा अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

    त्यस्तै नेता पुनले नेपालमा एकीकृत जनक्रान्ति अघि बढेकाले महिला मुक्तिको दियो बलेको दाबी गर्दै आफ्नो पार्टीको अभियानमा लामबद्ध हुन् आग्रह गरेका छन् । दलाल पुँजीवादीहरु एकपछि अर्को असफलताको दलदलमा फस्दै गएको र एकीकृत जनक्रान्ति सफलतापूर्वक अघि बढेकाले अब छिट्टै नेपालमा वैज्ञानिक समाजवाद स्थापना हुँदै अबस्था सिर्जना हुदै गएको भन्दै नेता पुनले आफुहरुले त्यसको नेतृत्व गर्ने बताएका छन् ।

    समेलनमा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा सेम इन्चार्ज पुर्णिमा, केन्द्रीय सदस्यहरु पार्वती सिह, ममता सुर्खेती, पबित्रा बिक, नेकपा कैलालीका इन्चार्ज प्रशान्त, सचिव करण, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंह, दलित मुक्तिमोर्चाका जिल्ला अध्यक्ष मधुसूदन लगाएत जिल्ला पार्टी सल्लाहकार र सचिवालय सदस्यहरु थिए ।

    कार्यक्रममा बोल्ने अतिथि वक्ताहरूले सम्मेलन सफलताको शुभकामनासहित निर्वाचित नयाँ कमिटीलाई बधाई दिएका थिए । सम्मेलनको क्रममा लामोसमय जेल र हिरासतमा बन्दी भई रिहाइ भएकाहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रम मोनिकाको अध्यक्षता, माेतिकलाकाे स्वागत मन्तव्य र सृष्टिको सञ्चालमा सम्पन्न भएको थियो भने ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ