• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्डले छुट्टै तयारी थालेकाे भन्दै प्रधानमन्त्री ओलीले दिए यस्तो कडा चेतावनी, लाग्यो यति ठुलो आरोप

    5.8K
    SHARES

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्ध ‘खेल’ खेलिएको आरोप लगाएका छन् । बुधवार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफू विरुद्ध पार्टीमा ‘खेल’ खेलिएको आरोप लगाएका हुन् । पछिल्ला दिनमा विकसित भइरहेका घटनाक्रमहरु आफूविरुद्ध योजनावद्ध रुपमा भएको भन्दै ओलीले सचिवालय बैठकमा आक्रोस पोखे ।

    ‘पछिल्ला केहि दिनमा विकसिक भएका घटनाहरुलाई हेर्ने हो भने मेरा विरुद्धको खेल हो ’प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सचिवालयका एक सदस्यले भने,‘म यो सबै सामना गर्न तयार छु ।’ उनले सचिवालय बैठकमा आउँदा नै बाहिर निर्णय गरेर आउने गरिएको भन्दै असन्तुष्ति समेत जनाए ।

    ‘तपाईंहरुले निर्णय गरेरै आउनु भएको थियो, ल ठिकै छ वामदेव कमरेडलाई राष्ट्रियसभामा लैजाऔं, अरु गर्दै जाउँला ।’ ओलीले आक्रोशित हुँदै ‘अरु गर्दै जाउँला भनेपछि’ सरकारले राष्ट्रपतिसमक्ष राष्ट्रिय सभामा वामदेव गौतमलाई सिफारिस गर्न गरेको पार्टीको निर्णयको कार्यान्वयन माथि समेत शंसय पैदा भएको उनले बताए ।

    ओलीले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस नगर्ने चेतावनी समेत दिएका छन् । सरकारको सिफरिसमा राट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने निर्णय सचिवालय बैठकले गरेपनि ओलीले भने त्यसलाई नमान्ने चेतावनी दिएका हुन् ।

    अध्यक्ष ओलीले आफूविरुद्ध ‘खेल’ खेलिएको र त्यसको सामना गर्न आफू तयार रहेको बताउँदै सचिवालयले गरेको वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय नमान्ने चेतावनी फोन गरेर बताएको एक जना सचिवालय सदस्यले जानकारी दिए । तर अर्का सचिवालय सदस्य झलनाथ खनालले भने अध्यक्ष ओलीको उपस्थितिमा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय भएकोले उल्टिने सम्भावना नरहेको बताए ।

    ‘बैठकमा अध्यक्षपनि हुनुहुन्थ्यो र उपाध्यक्ष गौतमको नाममा कसैपनि असहति जनाएको छैन’ उनले भने । उनले सचिवालयले गरेको निर्णय उल्ट्याउने कुराको कल्पना गर्न नसकिने बताउँदै यदी त्यस्तो कुरा आएको छ भने त्यो गलत भएको बताए । ‘सचिवालयले गरेको निर्णय उल्ट्याउने कुरा हुँदैन’ नेता खनालले भने,‘यदी त्यस्तो कुरा आएको छ भने त्यो राम्रो होइन ।’

    प्रधानमन्त्री बन्न पाउने भएमात्र राष्ट्रिय सभा सांसद बन्ने भन्दै आएका बामदेव गौतमलाई केहि ठूला व्यापारिक घराना र शक्ति केन्द्रको प्रभावमा पारी सो अडानबाट ब्याक गराएकाे प्रधानमन्त्री निकट नेताहरुले दाबी गरेका छन्। अर्थमन्त्री युवराज खतिवडालाई जसरी पनि सरकारबाट हटाउने व्यापारिक घरानाहरुको योजनाअनुरुप गौतमलाई प्रधानमन्त्री बन्ने प्रावधानबिना पनि राष्ट्रिय सभा सांसद बन्न ‘कन्भिन्स’ गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरुले दाबी गरेका हुन्।

    नेकपा नेता गौतम बुधबारको बैठकमा ‘एकाएक’ प्रधानमन्त्री बन्ने सुनिश्चितताबिना पनि सांसद बन्न तयार भएपछि सो कुरा प्रष्ट भएको बालुवाटार स्रोतले दाबी गर्याे। ‘केहि ठूला व्यापारिक घरानाहरु जसरी पनि अर्थमन्त्री युवराज खतिवडालाई हटाएर छाड्ने भनी लागिपरेका छन्। ती व्यापारी र केही शक्तिकेन्द्रहरुले हाम्रो पार्टीका केहि साथीहरुलाई प्रयोग गर्न सफल भए,’ प्रधानमन्त्रीनिकट एक नेताले भने, ‘त्यहि योजना अन्तर्गत बामदेव गौतमलाई समेत पहिलेको अडानबाट ब्याक हुन सहमत गराइयो।’

    यसअघिका सचिवालय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत कुराकानी गरेर संविधान संशोधनका लागि सहमत गराएको भन्दै त्यसका लागि कार्यदल गठन गर्न जोड दिएकोमा बुधबारको बैठकमा एकाएक त्यो अडानबाट पछि हटेको ती नेताले दाबी गरे।

    प्रचण्ड र गौतम दुवै पूर्वअडानबाट आश्चर्यजनकरुपमा ब्याक भएको बालुवाटारको दाबी छ। खतिवडा अर्थमन्त्री भएपछि आर्थिक क्षेत्रलाई पारदर्शी र संस्थागतरुपमा अघि बढाउन चाहेपछि अपारदर्शी व्यवसाय गर्दै आएका व्यापारिहरुले उनलाई हटाउन चाहेको ती नेताले दाबी गरे। प्रधानमन्त्री ओलीले खतिवडालाई नै निरन्तरता दिन चाहेका थिए।

    यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्रीले ‘मैले अर्थमन्त्रीको निरन्तरताको विकल्प देखेको छैन’ भनेपछि त्यो कुरा समेत व्यापारीहरुले थाह पाएपछि अन्तिम शक्ति प्रयोग गरेर गौतमलाई कन्भिन्स गरेको ओलीनिकट नेताले दाबी गरे। तर, व्यापारीहरुको प्रभावमा परेर कुनै निर्णय नगर्ने प्रधानमन्त्रीनिकट नेताको दाबी छ।

    गौतमलाई सांसद बनाउने बुधबारको सचिवालय निर्णय पनि प्रधानमन्त्रीले अक्षरशः पालना गर्नुपर्छ भन्ने बाध्यता नरहेको बालुवाटारको संकेत थियो। ‘मनोनित पदका लागि सरकारले राष्ट्रपतिलाई गर्ने सिफारिश प्रधानमन्त्रीको विशेषाधिकार हो। सचिवालयले सरकारलाई (गौतमलाई) सिफारिशका लागि अनुरोध गर्ने भनेको छ। प्रधानमन्त्रीले गर्ने निर्णय नै मुख्य कुरा हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरलाई बताए।

    यता नयाँपत्रिका दैनिकले भने नेकपा सचिवालयमा चर्काचर्की, कसले के भने ? शिर्षकमा संवाद सहित समाचार बनाएको छ ।
    बुधबार बिहान ११ बजे बालुवाटारमा नेकपा सचिवालय बैठक सुरुवात गर्दै अध्यक्ष प्रचण्डले भने– वामदेव कमरेडले राष्ट्रिय सभामा जान संविधान संशोधनको सर्त राख्नुभएको थियो । त्यसैले कार्यदल बनेको हो । यो निर्णय गोप्य राखौँ भन्ने सहमति भएको हो । तर, हाम्रो निर्णयको विषयमा जनमानसबाट राम्रो प्रतिक्रिया आएन । पार्टीभित्र र बाहिर दुवैतिरबाट विरोधको स्वर आयो । हामी पनि द्विविधामा फस्यौँ । अब कार्यदल राखौँ कि भंग गरौँ ? वामदेव कमरेडलाई राष्ट्रिय सभामा पठाऊँ कि नपठाऔँ ? निणर्य गरौँ । सर्वसम्मत निर्णय गरौँ, नत्र बाहिर राम्रो सन्देश जान्न ।

    प्रचण्डको प्रस्तावपछि प्रधानमन्त्री ओली बोले– तपाईंहरू कहाँ–कहाँ सल्लाह गरेर आउनुभएको छ ? निर्णय पनि लिएरै त आउनुभएको होला । ल्याउनुस्, तपाईंहरूका निर्णय के–के छन् ? एक–एक गरेर हेरौँ ।

    तेस्रो नम्बरमा तेस्रो वरीयताकै नेता झलनाथ खनाल बोले । उनले भने– हामी सचिवालयका सबै सदस्य संघीय संसदमा छौँ । अब वामदेव कमरेडलाई पनि राष्ट्रिय सभामा लैजाउँ । उहाँका अरु चासोहरू हल हुँदै जान्छन् । आबश्यकता अनुसार संविधान संसोधन पनि होला । तर, अहिले वामदेव कमरेडले म संविधान संसोधन नभई राष्ट्रियसभामा जाँदैजान्न चाहिँ भन्न मिलेन । हामीले भनेपछि आग्रह स्वीकार गर्नुपर्‍यो ।

    लगत्तै माधवकुमार नेपालले भने : बामदेव कमरेडले अहिलेको परिस्थिति र बाहिरको माहौल बुझीहाल्नु भएको छ । अब तपाईंले शर्त राख्न भएन । तपाईं राष्ट्रिय सभामा जानुपर्‍यो । पार्टीभित्र यो विषयमा अब धेरै विवाद र छलफल गर्दा झन नराम्रो सन्देश जान्छ । कार्यदलको विषयमा विरोध भयो । यसलाई भंग गरेर अगाडि बढौँ । भविष्यका कुरा अहिले धेरै नगरौँ ।

    यसपछि पालो थियो वामदेवको । उनले भने : मैले राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संसोधन गर्नुस्, म जान्छु भनेकै हो । अहिले पनि मेरो भनाइ त्यहीँ हो । कार्यदलै बनाउन सकिएन भने अहिलेलाई ठिकै छ । म राष्ट्रियसभामा जान्छु । तर, तपाईंहरू संविधान संसोधनका लागि सहमत हुनैपर्छ । मेरो अडान यथावत छ ।

    त्यसपछि फेरि प्रचण्ड बोले : तपाईलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय अहिले गरौँ । संविधान संशोधन गर्ने निर्णय अहिले गर्न सक्ने अबस्था छैन् । कार्यदल भंग गरेपनि संविधान संसोधनको एजेण्डा जीवितै छ । उपयुक्त समय र सन्दर्भ मिल्दा संविधान संसोधन नहुने भन्ने होइन । तर अहिले नै तपाई र संविधान संसोधनको विषय जोड्दा जटिलता धेरै आउँछन् । यसमा तपाईंले कम्परमाइज गर्नुपर्‍यो । यसलाई शर्त नै भन्नु भएन ।

    गौतमले भने : पार्टीको निर्णय मान्छु ।
    ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ बोले : वामदेव कमरेडलाई राष्ट्रियसभा लैजाने र संविधान संसोधन गर्ने विषय एकै पटक उठाउँदा पार्टीलाई प्रत्युत्पादक भएको छ ।

    असन्तुष्ट ओलीले भने : पहिला राष्ट्रियसभामा जानुस् भन्दा वामदेव कमरेडले संविधान संशोधन गरे मात्रै जान्छु भन्नु भयो । अड्डी कस्नुभयो । त्यसैले संविधान संसोधनका लागि कार्यदल बनायौँ । फेरि आज आएर कार्यदल विघटन गरौँ, भंग गरौँ भनेर प्रस्ताव ल्याउनुभयो । संविधान संसोधन नभए पनि म राष्ट्रियसभा जान्छु भन्न थाल्नुभयो । यो के चाल हो ? मलाई थाहा छ, तपाईंहरूले मलाई घेराबन्दी गर्ने खेल रच्नु भएको हो । कहिले कहाँ ? कहिले कहाँ बसेर ममाथि प्रहार गर्ने योजना बनेका छन् । तर, म सवै प्रहारको सामना गर्छु । म तयार छु । जस्तोसुकै परिस्थिति आए पनि मेरो विरुद्धको लडाईंमा म पछाडि हट्दिन । ल ठीक छ, वामदेव कमरेडलाई राष्ट्रियसभा पठाउँ ।

    यसअघि शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको प्रस्ताव थियो : संविधान संसोधन गर्ने हो भने पनि ठीक छ । अहिले राष्ट्रिय सभाका तीन जना मात्रै सदस्य राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ । अब हामीले संख्या बढाएर नौ जना पुर्‍याउँदा ठीक हुन्छ । त्यसले पार्टीको आवश्यकताअनुसार साथीहरूलाई भूमिका वितरण गर्न पनि सजिलो हुन्छ ।

    तर, उनको यो प्रस्तावमा ईश्वर पोखरेल बाहेकका सदस्यहरूले समर्थन गरेनन् । तर, बुधबारको बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेपछि ओली तत्कालै असन्तुष्ट बने ।

    असन्तुष्ट ओलीले भने : पहिला राष्ट्रियसभामा जानुस् भन्दा वामदेव कमरेडले संविधान संशोधन गरे मात्रै जान्छु भन्नु भयो । अड्डी कस्नुभयो । त्यसैले संविधान संसोधनका लागि कार्यदल बनायौँ । फेरि आज आएर कार्यदल विघटन गरौँ, भंग गरौँ भनेर प्रस्ताव ल्याउनुभयो । संविधान संसोधन नभए पनि म राष्ट्रियसभा जान्छु भन्न थाल्नुभयो । यो के चाल हो ? मलाई थाहा छ, तपाईंहरूले मलाई घेराबन्दी गर्ने खेल रच्नु भएको हो । कहिले कहाँ ? कहिले कहाँ बसेर ममाथि प्रहार गर्ने योजना बनेका छन् । तर, म सवै प्रहारको सामना गर्छु । म तयार छु । जस्तोसुकै परिस्थिति आए पनि मेरो विरुद्धको लडाईंमा म पछाडि हट्दिन । ल ठीक छ, वामदेव कमरेडलाई राष्ट्रियसभा पठाउँ ।

    गौतमको जबाफ थियो : पार्टीमा मैले कोही भन्दा कम काम गरेको छैन । मेरो योगदान कसैको भन्दा कम छैन । तपाईंहरूले दिएका हरेक जिम्मेवारी पूरा गरेको छु । लगातार काम गरेको छु । तर, पनि मेरो विरुद्ध किन षडयन्त्र हुन्छ ? मेरै विरुद्ध किन लागिन्छ । तपाईंहरूलाई म मन परेको छैन, मैले काम गरेको छैन भन्ने लागेको छ भने हटाउनुस् । मलाई पार्टीबाट निकाल्नुस् । तर, थरीथरीका भूमिका नखेल्नुस् । मलाई दोहोरो भूमिका मन पर्दैन । म पनि त्यस्तो स्वभावको छैन ।

    त्यसपछि विष्णु पौडेलको भनाइ थियो : युवराज (खतिवडा)जीलाई अहिले राष्ट्रिय सभामा नलगे पनि केही फरक पर्दैन, वामदेव कमरेडलाई पठाऔँ । उहाँले संविधान संसोधनको सर्त नराखेपछि राष्ट्रिय सभामा लाने कुरामा समस्या भएन ।

    टकरावको पृष्ठभूमि
    ४ फागुन, झापा : ‘तपाईंहरूलाई लाग्ला, बहुमत छ । बहुमत भए पनि फर्की–फर्कीकन फेरि उनीहरू यो सरकारलाई असफल पार्ने, ढाल्ने, बदनाम गर्ने षडयन्त्रमा लागिरहेका छन्, । ‘म भन्न चाहन्छु– अरू कसैैले हैन, कुनै शक्तिले हैन, हामीलाई सरकारमा पुर्‍याइदिएको, हाम्रो सरकार बनाइदिएको तपाईंहरूले हो । जबसम्म तपाईंहरूको आशीर्वाद रहन्छ, साथ शुभेच्छा र शुभकामना रहन्छ, तबसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन । डगमगाउन पनि सक्दैन । हामी अगाडि बढ्यौँ, बढ्याैं ।’

    ‘१४ वर्ष जेल जीवन बिताउनुपर्‍यो, ६ वर्ष भूमिगत बस्नुपर्‍यो । २० वर्ष त पञ्चायतविरुद्ध संघर्ष गर्नुपर्‍यो । त्यसको १८ वर्षपछिसम्म राजतन्त्रविरुद्ध संघर्ष गर्नुपर्‍यो । त्यसपछि पनि अनेक जालझेलविरुद्ध संघर्ष गरिरहनुपरेको छ । मेरो जिन्दगी रोगसँग लडेर, प्रतिक्रियावादीसँग लडेर, जनविरोधी शक्तिसँग लडेर यतिकै बितेको छ । त्यसकारण म सधैँ लडाइँको मैदानमा खडा छु । ४६ वर्ष भयो रोगसँग लडेको । विरोधीहरू मुकाबिला गर्न सक्दैनन् । मर्ला कि भनेर आश गर्छन् । मर्न त मर्छु एक दिन, तर अहिले हैन, अलिक पछि ।

    २ फागुन, पोखरा : ‘हाम्रो प्रतिपक्षी कमजोर भयो भनेर कसैकसैले भन्ने गरेको सुनेको छु,’ व्यंग्य गर्दै प्रधानमन्त्रीले भने, ‘प्रतिपक्षी चर्का छन् । संसद्मा एजेन्डा नै नपाएर बोल्दैनन् । अनि, माइतीघर मण्डलामा गएर प्रतिपक्षीय धर्म पूरा गर्छन् । जे भयो त्यहाँ पुगिहाल्छन्, अफबाह फैलाउँछन् । अनेक हर्कत गर्छन् । अनि, अर्काथरी मान्छे त्यसैलाई पत्याउँछन् । एउटा कुखुराको चल्लोले फट्यांग्रा भेटाएपछि लिएर दगुर्छ । अनि, अरू चल्ला त्यसैको पछिपछि के के न होला भनेर दगुर्छन् । हाम्रो प्रतिपक्षी पनि त्यस्तै छ । कसैले केही कुरा बताइदिन्छ । सत्य के हो ? बुझ्नुछैन, त्यसै हो, हो भन्यो । अनावश्यक हल्ला चलायो । सरकारविरुद्ध अफबाह फैलायो ।

    ‘प्रतिक्रियावादीहरूले अनेक प्रकारका पासो थाप्छन् । अपमान गर्नुपर्छ भनेर संयन्त्र प्रयोग गर्छन् । भयानक प्रचार छेड्छन् र आक्रमण गर्छन् । खेल्ने काममात्र हुन्छ, फाटो बढाउन खोज्छन, हाम्रै साथीहरूमा पनि कसैको महत्वकांक्षा बढाएर, त्यसलाई प्रयोग गरेर समस्या खडा गर्न खोज्छन् । आन्दोलनलाई बदनाम गर्ने, कमजोर गर्ने र अन्तिममा नष्ट गर्न चाहन्छन् । हामी यसमा सचेत हुनुपर्छ, यसलाई बुझ्नुपर्छ ।’

    १४ फागुन, बालुवाटार : त्यसपछि प्रधानमन्त्री ओलीको थप प्रतिक्रिया थियो ‘पहिला राष्ट्रियसभामा जानुस् भन्दा संविधान संशोधन गरेमात्रै जान्छु भन्नु भयो । अड्डी कस्नुभयो । संविधान संसोधनका लागि कार्यदल बनायौँ । फेरि आज आएर विघाट गरौँ, भंग गरौँ भनेर प्रसताव ल्याउनुभयो । फेरि होइन म राष्ट्रियसभा जान्छु भन्ने ? यो चाल हो । तपाईंहरूले मलाई घेराबन्दी गर्ने खेल रच्नु भएको हो । यी गतिविधि मेरा विरुद्ध होइनन् भनेर कसरी विश्वास गर्ने ? कहिले कहाँ कहिले कहाँ बसेर ममाथि प्रहार गर्ने योजना बनेका छन् । तर, म सवै प्रहारको सामना गर्छु । म तयार छु । जस्तोसुकै परिस्थिति आए पनि मेरो विरुद्धको लडाईंमा म पछाडि हट्दिनँ । ल ठीक छ, वामदेव कमरेडलाई राष्ट्रियसभा पठाउँ ।’

    प्रतिक्रिया