• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    क्रान्तिकारीद्वारा भोली देशभर शैक्षिक हडतालको घोषणा, विज्ञप्तिसहित

    3.8K
    SHARES

    काठमाडौँ । अखिल क्रान्तिकारीले भोलि बुधबार देशभर आम शैक्षिक हडतालको घोषणा गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र बिकसहितका नेता कार्यकर्ताको गिरफ्तारी र संगठनमाथि अघोषित रुपमा सरकारले प्रतिबन्ध लगाएको भन्दै एकदिने आम शैक्षिक हडतालको घोषणा गरेको हो ।

    संगठनका उपाध्यक्ष रुद्र भट्टराईले नेताहरुको गिरफ्तारीप्रति आपत्ति जनाउँदै रिहाईको माग गर्दै चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका थिए । सोहीअनुसार अखिल क्रान्तिकारीले बुधबार शैक्षिक संस्था बन्दको लागि आह्वान गरेको छ ।

    यसैबीच अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले मंगलबार एक विज्ञप्ति जारी गरेर शैक्षिक संस्था बन्द गरी सहयोग गर्न सरोकारवाला सबैलाई आह्वान गरेका छन् । “संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र बिकलगायत दशैभरी विद्यार्थी नेताहरु गिरफ्तार गरिएको छ ।

    राज्यको उक्त गैरन्यायीक गिरफ्तारीविरुद्ध हाम्रो संगठनको केन्द्रीय समितिले फागुन १४ गते देशव्यापी आम शैक्षिक हडताल घोषणा गरेको छ । त्यसैले काठमाडौं जिल्लामा अवस्थित सम्पूर्ण शैक्षिक संस्थाहरु बन्दी गरी हाम्रो प्रतिरोध संघर्षलाई सहयोग गरी दिनहुन सरोकारवाला पक्षलाई आग्रह गर्दछौं” विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले गिरफ्तार नेताहरुको विना सर्त रिहाईको माग समेत गरेका छन् ।

    यस्तै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले नेपाली क्रान्ति अधुरै भएकाले बाच्नको लागि नेपाली नागरिकले विदेशीनु परेको बताएका छन् । दैनिक नेपाली युवा शक्ति विदेशीनुले देशको अवस्था कस्तो छ भन्ने कुराको संकेत गरेको बताए ।

    भारतस्थित पार्टी निकट प्रवासीहरुलाई सम्बोधन गर्दै नेता पुनले पटकपटक भएका क्रान्ति वा आन्दोलनमा जनताले रगत र पसिना बगाएको तर नेतृत्वको गद्धारीका कारण बिचमै तुहिइएको बताए । नेपालमा चलेको दश वर्षे जनयुद्धको नेतृत्वले गद्धारी गर्दा उत्पीडित वर्गको मुक्ति नभएको बताए ।

    ‘प्रवासी नेपाली जनसमाज भारतको दोस्रो राष्ट्रिय सम्मेनमा बोल्दै नेता पुनले संसारबाट साम्राज्यवाद र दलाल पुँजिवाद ध्वस्त नभएसम्म जनताको मुक्ति नहुने बताए । पुनले नेपालमा मौलाइरहेको दलाल संसदीय व्यवस्था रहेसम्म जनताको मुक्ति र राष्ट्रको उन्नती सम्भव नभएको बताए ।

    नेपालमा पटकपटक भएका आन्दोलनमा जनताको ठूलो त्याग र बलिदान भएपनि नेतृत्वको धोका दिएको बताउँदै पुनले भने, “कुनैबेला काँग्रेसले जमिन जोत्नको नारा दिएर संघर्ष गरे, जनताले साथ दिए । झापालीहरुले क्रान्तिकारी भूमिसुधारको नारा लिए जनताले समर्थन गरे, नेकपा माओवादीले आमूल परिवर्तनको नारा बोकेर जनयुद्ध गर्यो, सबै उत्पीडित जनता, आदिवासी, दलित सबै जनता लामबद्ध भयौं तर नेतृत्वले गद्धारी गर्यो ।

    क्रान्तिकारी धाराबाट प्रतिक्रान्तिकारी धारामा गएको छ । फेरि तपाईँ हामीले क्रान्ति चाहियो भन्दै उठ्नुपर्ने अवस्था आयो ।” पुनले मौलाइरहेको दलाल पुँजिवाद ध्वस्त नभएसम्म नेपाली जनताको स्वाधिनता र आत्मसम्मान प्राप्त नगर्ने भएकै कारण आफ्नो पार्टीले एकीकृत जनक्रान्तिमार्फत नयाँ क्रान्तिको सुरु गरेको बताए ।

    नेता पुनले एकीकृत जनक्रान्तिमार्फत प्राप्त हुने वैज्ञानिक समाजवादले मात्रै उत्पीडित वर्ग, क्षेत्र, समुदायको मुक्ति हुने भएकोले सबैलाई एकीकृत जनक्रान्तिको झण्डामुनि गोलबद्ध हुन आग्रह गरे । उनले अहिलेको दलाल संसदीय व्यवस्था रहेसम्म नेपाली जनताले विदेशिन बाध्य हुने क्रम नरोकिने बताए ।

    सम्बोधको क्रममा आम नागरिकको स्वभिमानका साथ देशमै सीप, कलाअनुसारको रोजगारी पाउने बताए । उनले भारतमा रहेका सम्पूर्ण प्रवासी नेपालीहरुलाई पार्टीले सुरु गरेको संघर्षमा साथ दिन अपील समेत गरे ।

    प्रतिक्रिया