• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    Breaking उपराष्ट्रपति पुन निवासमा बम भेटिएकाे भन्दै नेपाली सेनाको डिस्पोजल टोलि घटनास्थलमा, केछ अवस्था ?

    2.2K
    SHARES

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा बम भेटिएकाे हल्लापछि नेपाली सेनाकाे टाेली त्यहाँ पुगेकाे झ ।  उपराष्ट्रपति पुनको गेटमा शंकास्पद वस्तु भेटिएको  प्रहरीले समेत पुष्टि गरेकाे छ । लैनचौरस्थित उपराष्ट्रपति निवासको गेटमा शंकास्पद वस्तु भेटिएको हो । एक जना महिलाले निवासको दक्षिण गेटमा झोला राखेर फर्किएको सीसी टीभी फुटेजमा देखिएपछि उपराष्ट्रपतिको सचिवालयले प्रहरीलाई खबर गरेको थियो ।

    प्रहरीले झोलामा वि’ष्फोटक पदार्थ हुन सक्ने आशंका गरेको छ । दक्षिण गेटमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको ब’म डिस्पोजल टोली उपराष्ट्रपति निवास पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

    यसैबीच नेपाल प्रहरीले कार तोडफोड कार्यमा सङ्लग्न एकजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा रोखेर राखेको बा २० च ४००३ नं को सुजुकी ब्रेज कार तोडफोड गर्ने चितवन भरतपुर महानगरपालिका–२ का ३३ वर्षीय थमबहादुर थापालाई आज बिहान पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले मित्रनगर विकास तथा सुधार समितिका वरिष्ठ उपाध्यक्ष दीपककुमार सिङ्खडाको कार तोडफोड गरेको आरोपमा थापालाई पक्राउ गरिएको जानकारी दिए ।

    ‘व्यक्तिगत रिसिइबीका कारण थापाले सिम्खडाको कारमा तोडफोड गरेको अनुसन्धानमा खुल्न आएको छ’, उनले भने । पक्राउ परेका थापालाई मुद्दा दर्ता गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुससहित एक जना इन्जिनियरलाई पक्राउ गरेको छ ।

    अख्तियारले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इञ्जिनियर सुरेशराज भट्टलाई घुस रकमसहित पक्राउ गरेको हो । निजी इञ्जिनीयर चमेलिया नदी नियन्त्रण तथा आयोजना उपभोक्ता समितिबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।

    प्रतिक्रिया