• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    चिनिया दूतावासको ध’म्कीपूर्ण विज्ञप्तिले नेपालभर तरंग, केहि सम्पादकहरुले निकाले यस्ताे जवाफी बिज्ञप्ति

    6.6K
    SHARES

    काठमाडाैं । एउटा समाचारको विषयलाई लिएर नेपालस्थित चिनियाँ दूतावासले धम्कीपूर्ण विज्ञप्ति निकालेपछि त्यसको तरंग नेपालभर पाएको छ । उक्त बिज्ञप्तिपछि प्रेस स्वतन्त्रताका पक्षधरहरुले आपत्ति जनाएका छन् । ‘China’s secrecy has made coronavirus crisis much worse’ शीर्षकमा ‘दि काठमाण्डु पोष्ट’ले प्रकाशन गरेको समाचारमा बारेमा चीनले धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरेपछि स्वतन्त्र प्रेसका पक्षधरहरुले आपत्ति जनाएका हुन् ।

    ‘आफ्नो मूलुकमा प्रेसलाई नियन्त्रणमा राखेको चीनले नेपालमा पनि त्यस्तै अभ्यास गर्न खोज्नु आपत्तिजनक छ ‘ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने, ‘दूतावासको विज्ञप्तिले कुटनीतिक मर्यादा नाघ्यो। ‘ दूतावासले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा कोरोनाको बिषयलाई चीनको राजनीतिक प्रणालीमाथी नै प्रहार भएको भन्दै आपत्ती जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ ‘काठमाडौं पोष्टका प्रधान–सम्पादक अनुप काफ्ले चीनसँग जोडिएका मुद्दाप्रति सधैं पूर्वाग्रही रहँदै आएका छन् । यस पटक उनले तथ्यको बेवास्ता गर्दै चीनविरोधी शक्तिको ‘सुगा’ बनेर सीमा नाघे,’ यी तथ्यले उनिविरुद्धका कदम चाल्ने अधिकार सुरक्षित भएको छ ।’

    यसलाई प्रेस स्वतन्त्रतासँग मात्र नभएर नेपालको सार्वभौमिकतामाथी कै प्रहारको रुपमा बुझ्नुपर्ने मानव अधिकारवादी चरण प्रसाईं बताउँछन् । ‘नेपाली पत्रकारले आचारसंहिता र कानूनै उल्लंघन गरेको भए त्यसबारे नेपाल सरकारले नै बोल्न पर्छ नेपालकै कानून आकर्षित हुन्छ, चिनियाँ दूतावासले यो हदमा उत्रनु खेदजनक छ ‘ प्रसाईंले भने ‘ यो त नेपालको सार्वभौमिकतामाथि कै प्रहार हो ।’

    सामाजिक सञ्चालमा चर्चा
    दूतावासको धम्कीपूर्ण विज्ञप्तिपछि सामाजिक सञ्चाल फेसबुक र ट्विटरमार्फत पनि वहसहरु छेडिएका छन् । नेपालका लागि चिनियाँ राजदूत याङ्छीले आफ्नो ट्विटरमार्फत विज्ञप्ति सार्वजनिक गरेपछि त्यसको चर्को विरोध भएको छ ।

    आफ्नो नामै किटेर दूतावासले विज्ञप्ति निकालेपछि पत्रकार अनुप काफ्लेले व्यंग्यात्मक प्रतिक्रिया दिँदै लेखेका छन् ‘ मलाई लाग्छ सबैले चिनियाँ दूतावासले लेखेको विज्ञप्ति पढ्ने मौका पाउनुभयो होला, छिमेकी मूलुकको प्रेस स्वतन्त्रताप्रतिको चिनियाँ चासो रुचिपूर्ण छ ।’ कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधिर शर्माले चिनियाँ दूतावासबाट आएको प्रतिक्रियालाई आपत्तिजनक भनेका छन् ।

    ट्विट गर्दै शर्माले भनेका छन् ‘प्रकाशित सामग्रीप्रति उसले असहमति जनाउनसक्छ तर धम्कीपूर्ण अभिव्यक्ति दिदै प्रेसमाथि प्रहार गर्न पाउँदैन, हामी यसको भर्त्सना गर्दछौ ।’ यो बहसमा लेखक भानुभक्त आचार्य पनि जोडिएका छन । उनले सामजिक सञ्चाल फेसबुकमार्फत चिनियाँ दूतावासले निकालेको विज्ञप्तीको बिरोध गरेका छन् ।

    नेपाली पत्रकारिताका बिषयमा दबाबपूर्ण ढंगले दूतावासको विज्ञप्ति आउँनु लोकतन्त्रसम्मत नभएको आचार्यको टिप्पणी छ । उनले लेखेका छन् ‘ नेपाल र चीनको मित्रता आफ्नो ठाउँमा छ । त्यो त्यत्तिकै सुमधुर रहनुपर्छ । तर, नेपाली प्रेस (त्यसमाथि एउटा निजी अखबार)ले के छाप्ने के नछाप्ने भन्ने कुरामा चीनले दबाब दिनु नेपाली लोकतन्त्र सम्मत हुँदैन । फलानो देश वा सरकार रिसाउँछ भनेर तथ्यपरक लेखहरु छनोटमा उनीहरुकै मुख ताक्न थालियो भने केको प्रेस स्वतन्त्रता ? हाम्रो प्रेसलाई के विषय प्रकाशन गर्ने भन्ने निर्णय गर्ने अधिकार छ । चीनको पाराले हाम्रो प्रेस चल्नु हुँदैन । काठमान्डु पोस्टले यो लेख किन छापेको भन्दै जेजस्ता प्रोपगन्डा भइरहेका छन्, ती गलत छन् । हाम्रो लोकतन्त्र र प्रेस स्वतन्त्रताको मर्म विपरित छन् । यस्ता लेख छापिएकै भरमा नेपाल–चीन बीचको सम्बन्ध खल्बलिएको मान्नु हुँदैन ।’

    बरिष्ठ पत्रकार विजय कुमार पाण्डेले दूतावासको विज्ञप्तिपछि ट्विटरमार्फत बहसमा नै उत्रन आह्वान गरेका छन् । उनले भनेका छन – चिनियाँ दूतावास Vs काठमाण्डु पोष्ट प्रधान सम्पादक प्रकरण सामान्य घटना होइन । दुनियाँ अन्तरिक्षका घटनाबारे लामा सम्पादकीय र समाचार लेख्ने, लेखाउने प्रकाशक र प्रधानहरुले यो बारेमा चाँही बोल्लान/नबोल्लान भविष्यले मात्र देखाउँला । म यो बारे बहसको अपेक्षा गर्दछु ।

    मिडियामा प्रयोग भएको सांकेतिक तस्बिरका बिषयमा दूतावासले संस्थागतरुपमा निकालेको प्रतिक्रियालाई नेपाल लाइभ अनलाइनका प्रधान सम्पादक नारायण अमृत स्वतन्त्रतामाथीको प्रहार भएको बताउँछन् । उनले भने – ‘दूतावासबासबाट आएको निम्तस्तरीय प्रतिक्रिया अपेक्षाकृत थिएन । हामी नेपाली मिडिया तिमिहरुको भन्दा बढी उदार र स्वतन्त्र छौं ।’

    यसैबीच ‘द काठमान्डु पोष्ट’मा प्रकाशित एउटा लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिको सम्पादकहरूले भत्सर्ना गरेका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमका १७ जना सम्पादकले चिनियाँ दूतावासको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताएका छन्।

    ‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं,’ सम्पादकहरूको विज्ञप्तिमा भनिएको छ,‘तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ। त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं। दूतावासको विज्ञप्तिले कूटनैतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं।’

    सम्पादकहरूले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र त्यसको अभ्यास र रक्षा गर्न आफूहरू प्रतिवद्ध रहेको पनि उल्लेख गरेका छन्। विज्ञप्ति जारी गर्नेमा सम्पादकहरू अखिलेश उपाध्याय, अमित ढकाल, अरूण बराल, किरण नेपाल, कृष्णज्वाला देवकोटा, गुणराज लुँइटेल, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, वसन्त बस्नेत, राजेन्द्र दाहाल, सुधीर शर्मा, शिव गाउँले, सुवास घिमिरे र हरिबहादुर थापा छन्।

    यसअघि मंगलबारको काठमान्डु पोष्टमा ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकमा एसिया न्युज नेटवर्कको आर्टिकल छापेको थियो। नाटोका लागि अमेरिकाका पूर्व राजदूत रहेका इभो ड्याल्डरको उक्त लेखमा चिनियाँ युआनमा भएको माओत्से तुङको तस्बिरमा मास्क लगाइएको छ।

    सोही विषयलाई लिएर मंगलबार साँझ विज्ञप्ति निकाल्दै चिनियाँ दूतावासले काठमान्डु पोष्टका सम्पादक अनुप काफ्लेले पहिलादेखि नै कुत्सित मनसायका साथ समाचारहरू छापिरहेको आरोप लगाएको छ। सम्पादक काफ्ले पहिलादेखि नै चीनसम्बन्धी एकपक्षीय समाचार दिइरहेको र यसपालि हद नाघेको दूतावासको भनाइ छ। काफ्ले चीनविरोधी शक्तिको गोटी बनेको पनि दूतावासको आरोप छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ