• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रोशनीको यस्तो एक बयानले रिहा भए महरा, अदालतमा न्यायाधिस नै चकित पर्ने त्यस्तो के भनिन रोशनीले

    54.2K
    SHARES

    काठमाडाैं । संसद सचिवालयकी कर्मचारीलाई बला’त्कार गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको बयानले महरा सोमबार रिहा भएका हुन । रोशानीले उक्त दिन महरा आफ्नो कोठामा नआएको बयान दिएपछि अदालतले मुख्य आधार यसैलाई बनाएर महरालाई सफाइ दिएको हो।

    महराले पनि उक्त दिन रोशनीको कोठा तीनकुने नगएको बयान दिएका थिए। आफनो कोठामा आएर महराले आफूमाथि बला’त्कार प्रयास र कुट’पिट समेत गरेको भनेर मुद्धा हाल्लेकी रोशनीले आज अदालतमा महरा आफ्नो कोठामा नआएको बताएपछि सबै चकित परेका थिए ।

    ‘उनी (महरा) कोठामा नगएको भन्ने तथ्य जाहेरवाला (रोशनी) ले बयानका क्रममा पुष्टि गरिदिएकोले अभियोग दाबी बमोजिम प्रतिवादी कृष्णबहादुर महरालाई सफाइ पाउने ठहर गर्छ’ अदालतले फैसलामा उक्त कुरा उल्लेख गर्दै महराका वकिल मुरारी सापकोटाले भने।

    अदालतबाट सफाइ पाएलगत्तै महरा डिल्लीबजारस्थित कारागार पुगे । अदालतले सफाइ दिएको भन्ने औपचारिक पत्र पाएपछि कारागारले महरालाई थुनामुक्त गरेको छ। उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् । उनलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताकार्यकर्ता पुगेका थिए ।

    गत असोज १२ गते राति महरा रक्सी सेवन गरी कोठामा आएको र बला’त्कार प्रयास गरेको रोशनीले त्यसबेला भिडियोमा भनेकी थिइन्। उक्त भिडिओमा आफूमाथि महराले बलात्कार प्रयास गरेको र नमान्दा कुटपिट गरेको शाहीले भनेकी थिइन्।

    सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबभन्दा बलियो प्रमाण घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडिओ रेकर्डलाई देखिन्थ्यो। ‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले भोलिपल्ट (गत असोज १३ गते) पत्रकार अजयबाबु सिवाकोटीसँगको भिडिओ अन्तर्वार्तामा पनि बताएकी थिइन्।

    त्यसरी हतारहतार महरा निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र चस्माको भाँचिएको खुट्टा प्रहरीले बरामद गरेको थियो। उक्त सिसाको पावर र महराले लगाएको चस्माको पावर एउटै भएको जाँचबाट देखिएको थियो। यो महरा विरूद्धको दोस्रो ठूलो प्रमाणका रूपमा हेरिएको थियो। यस्तै महराका अंगरक्षकले पनि आफूहरू बाहिर बसेको र महरा रोशनीको कोठाभित्र गएको लिखित बयान प्रहरीलाई दिएका थिए। उक्त लिखित कागज पनि प्रहरीले अदालतमा प्रमाणको रूपमा प्रस्तुत गरेको थियो।

    तिनै प्रमाणलाई आधार मान्दै पाटन उच्च अदालतले पनि महराले आफूलाई थुनामुक्त गरिपाउँ भन्दै दिएको निवेदन खारेज गरिदिएको थियो। काठमाडौं जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम फैसला नहुञ्जेल थुनामै राख्न दिएको आदेशविरूद्ध महरा पाटन उच्च अदालत गएका थिए।

    महराले आफूमाथि बला’त्कार प्रयास गरेको र कुट’पिट गरेको भन्दै रोशनीले प्रहरीमा उजुरी दिएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर प्रहरीले स्वास्थ्य परीक्षण गराएको थियो। उक्त रिपोर्टले रोशनीमाथि कुट’पिट भएको पुष्टि गरेको थियो। पछि अदालत गएर भने रोशनीले आफ्नो कोठामा महरा नआएको लिखित बयान दिएकी थिइन्। यी सबै तथ्य र प्रमाण पन्छाएर अदालतले रोशनीको बयानका आधारमा महरालाई सफाइ दिएको हो।

    यसैबीच महरा छुटेलगत्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालले बधाइ दिएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेपछि प्रचण्ड र नेता नेपालले एउटै फोनबाट बधाइ दिएका हुन्।

    ‘प्रचण्ड र नेता नेपाल बानेश्वरको अर्याल होटलमा छलफलमा बस्नु भएको थियो’ नेकपाका एक नेताले भने ‘उहाँहरु दुबैले महरा सर छुटेपछि एउटै मोबाइलबाट फोन गरेर पालैपालो बधाइ दिनुभयो।’ ति नेताका अनुसार पहिला फोनमा प्रचण्डले महरा सरलाई बधाइ दिए र त्यसपछि त्यही फोनबाट नेता नेपालले पनि बधाइ दिएका थिए। अध्यक्ष प्रचण्ड र नेता नेपालले फोन गरेर बधाइ दिँदा महरा डिल्लीबजार कारागारमा थिए।

    नेकपाको तीन महिने विशेष अभियानका अन्तर्गत मंगलबार सुर्खेत जाने विषयमा प्रचण्ड र नेपाल अर्याल होटलमा छलफल गरिरहेका थिए। उक्त छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए। यता मु’द्दामा सफाइ पाएसँगै आजै डिल्लीबजार कारागारबाट रिहाइ भएका निवर्तमान सभामुख कृष्णबहादुर महराले यो अवधिमा सहयोग पुर्‍याउने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

    उनले सोमबार अपराह्न एक विज्ञप्ति जारी गर्दै आफूमाथि लगाइएको आरोप गलत सावित भएको र सम्मानित अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएकोमा धन्यवाद ज्ञापन गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।’ उनले यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति समेत हार्दिक आभार प्रकट गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु।’

    महराले आफूलाई तथाकथित आरोप लगाएको भन्दै आगामी दिनमा सक्रिय राजनीतिमा रहने संकेत गरेका छन् । सफाइ पाएको जानकारी संसद सचिवालयलाई भएपछि उनको निलम्बनमा परेको प्रतिनिधिसभा सदस्य पद पनि फुकुवा हुनेछ ।

    प्रतिनिधिसभा सदस्यका हैसियतमा जारी महराले विज्ञप्तिको अन्तिममा लेखेका छन्,’एक देशभक्त नेपालीका रूपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।

    यस्तो थियो रोशनीले महरामाथि लगाएको पहिलो आरोप
    मदिराले लठ्ठ भएर डेरामा गएका महराले त्यहाँ ज’व’र्ज’स्ती उनलाई मदिरा पिलाएका थिए। मदिरा समेत आफैले लिएर गएका उनले स्न्याक्सका लागि काजु वदाम समेत लगेका थिए। आफ्नो घरमा श्रीमान नभएको र श्रीमान नभएको बेलामा नआउन भनेपनि महराले सो कुरालाई सुनेनन्। बरु सुरक्षाकर्मीहरुलाई साथ लिएर उनी कर’णी गर्ने मनसायले राेशनीको डेरामा पुगेको उनले त्यहाँ गरेको हर्कतले समेत पुष्टी भएको छ।

    सामुदायिक मार्गमा गाडी रोकाइ त्यहि सुरक्षाकर्मीलाई छोडेर भित्र गएका उनी अरु दिनमा भन्दा डेरामा प्रवेश गर्ने वित्तिकै फरक रुपमा प्रस्तुत भएका थिए। पारिवारिक सरहको साईनो भएका कारण महरा त्यहाँ बेलाबेलामा गइरहन्थे। महरालाई उनले आदरले सर भन्ने गर्थिन। जवुर्जस्ती भएपछि पहिलो पटक हाम्राकुरासँग कुरा गर्दै उनले भनिन, ‘ढोकाबाट प्रवेश गर्नेवित्तिकै महरा सर मेरो वेडरुममै प्रवेश गर्नुभयो। दुईवटा खाट भएको बेडरुममा ठूलो खाटमा बसे। उनले आफूसँग ल्याएको रक्सी र स्न्याक्स निकाल्दै त्यसलाई खानका लागि गिलास र प्लेट ल्याउन अह्राए।’ पहिले नै रक्सी खाएर आएका महरालाई उनले रक्सी नखान आग्रह गरिन। उनी भन्छिन, ‘तर उनले मानेनन्।’ कतिपय चाडपर्व र काजवारमा सोसल ड्रिङकको रुपमा वाइन कहिलेकाही पिए पनि हार्ड ड्रिङक आफूले नलिने उनले बताइन। उनले त्यसो भन्न नपाउँदै आज दशै मनाउने हो भन्दै महराले उनलाई पिउन दवाव दिए।

    सभामुखको दवाव झेल्न नसकेपछि दुईवटा ग्लास लिएर साथ दिन बसेकी उनलाई महराले फेरि भने, ‘किन दुईवटा ग्लास ल्याएको। आउ एउटैमा पिउँ।’ उनले एउटै गिलासमा रक्सी खायो भने कडा लाग्छ भन्ने सुनेको उल्लेख गर्दै त्यसो गर्न नमानेको बताइन। त्यसपछि महराले रक्सी सर्भ गर्न भनेपछि उनले दुइवटा ग्लासमा राखेको मध्ये एउटा उनलाई दिइन। एउटा ग्लासको वाध्य भएर मुखमा टसाइन। करिव एक लिटरको वोतलमा रहेको रक्सी आधा सकिएपछि महराले आफ्नो गलत अनुहार देखाउन थालेको उनले रुँदै भनिन।

    जुन कोठामा उनले महराको खातिरदारी गरेकी थिइन त्यहि कोठामा आफ्नै सरबाट लुटिएकाे उनकाे दुखेसाे थियाे । उनको जीवनमा यसअघी पनि महराले दुर्व्यवहार नगरेका भने थिएनन। तर महराको उच्च राजनीतिक हैसियतका अगाडी उनले त्यसलाई दवाएरै राखेकी थिइन। अलिअलि जिस्के पनि करणीमै उत्रेलान भन्ने आफूले नसोचेको बताउने राेशनीले त्याे आइतवार भने नसोचेको नै भयो। महराले रक्सी खुवाएर मताएपछि आफूलाई वलात्कार गर्लान भन्ने उनको कल्पना वाहिरको कुरा थियो। तर उनको नियतीमाथि बज्रपात नै भयो।

    रक्सीले मातिएका महराले उनलाई करणी प्रयास गर्दै उनकै बेडमा लडाए। उनले आँखाभरि आँसु पार्दै भनिन आफू भन्दा बलियो मान्छे महराले उनलाई एकैपटकमा बेडमा लडाइहाले। उनले प्रतिकार गर्ने प्रयास गरिन तर उनको प्रयास खेर गयो। बरु उल्टै महराको प्रतिकार गरिन्जेल कपालमा समातेर कुटाइ खाइरहनुपर्यो। अनुहार र जीउको नीलडाम देखाउँदै उनले भनिन, ‘एक्लो अवला देखेर मलाई लुट्नु लुटिरह्यो महराले।’

    अन्तिम समयसम्म पनि प्रतिकार गरिरहेकी राेशनीले झलक्क प्रहरी सम्झिइन। उनले आफूले प्रहरीलाई खबर गर्छु। कि त छैनस कि म छैन भनेर चिच्याउन थालेपछि महरा केहि हच्किएका थिए। चार वटा कोठा रहेको सो फ्ल्याटमा एक्लै रहेकी उनले सो क्रममा घरभेटीलाई दिदी भनेर बोलाएकी थिइन। छोराछोरी विदेशमा रहेका घरबेटीको पनि दम्पती मात्र सो घरमा बस्दै आएका रहेछन्। ‘राती ठूलो स्वरले आवाज दिदा पनि सायद माथि सुन्नु भएनछ,’ उनले भनिन्। महराले वेडरुमदेखि भान्सासम्म उनीमाथि दु’र्व्यवहार गरेको उनको आरोप छ। आफूलाई दु’र्व्यवहार भएको ठाउँ उनले देखाइन। भान्सा जाने सानो कोठासम्ममा आफूले प्रतिकार गरेको राेशनी बताइन। त्यसक्रममा सबै सामानहरु लडेको र कतिपय सोमबार दिउँसोसम्म पनि लडिरहेको अवस्थामा थियो। महराले खाएको बाँकी रक्सी अझै पनि घटनास्थलमै थियो।

    सानो कोठाको भुइ देखाउँदै उनले भनिन, ‘यहि भुइमा राखेर सबैभन्दा बढी कुट्यो मलाई महराले।’ मुखभित्र औंला छिराउँदा जमेको रगत देखाउँदै भनिन, ‘अहिले पनि महराको कुटाइले जीउ पुरै थिल्थिलो भएको छ।’ अनुहारमा मुक्कै मुक्काले हान्दा लागेको चोटदेखि नलिखुट्टामा समेत उनको त्यसक्रममा चोट लागेको छ। टाउको भुइमा वजार्दिएका कारण टुटुल्को उठेको समेत उनले देखाइन। जतिसुकै प्रतिकार गरेपनि महराको कामवासनाको शिकार भएकी उनले आफूलाई बचाउन नसकेको उनको तर्क छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ