• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अन्तत: ओली-प्रचण्डले शिवमाया तुम्बाहाम्फेलाई बनाए मन्त्री, हेर्नुहोस कुन मन्त्रालय दिए ? कहिले छ सपथ

    7.1K
    SHARES

    काठमाडौं । पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन् । यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिएको थियो ।

    तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री केपी शर्मा ओलीकाका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । अग्‍नि सापकोटालाई सभामुख बन्ने बाटो खोलिदिनका लागि तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिइएकी थिइन् । लामो समयसम्म प्रतिनिधि सभाको सर्वोच्च पद रिक्त हुने भन्दै उनले राजीनामा नदिने अडान राख्दै आएकी थिइन् ।

    उनलाई माघ १४ गते बसेको नेकपाको सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । पार्टी एकीकरणअघि तुम्बाहाङ्फे तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य थिइन् । शिवमायाले उपसभामुखबाट राजिनामा दिन नमानेपछि नेकपा अध्यक्ष द्वोय केपी ओली र प्रचण्डले उनलाई उचित पद दिने घोषणा गरेका थिए । शिवमायाले मन्त्रालय मागेपछि उनलाई मन्त्री बनाइएको नेकपाका एक नेताले बताए ।

    को हुन् तुम्बाहाम्फे ?
    संसदको हिउँदे अधिवेशन रोकिएको एक महिना पुगेकै दिन आगामी शनिबार उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले आफ्नो ५७ औं जन्म दिन मनाउँदैछिन् । थाहा छैन, शिवमायाको ५७ वर्षे जीवनको यो शिशिर याम विजयोत्सव बनेर आउँदैछ, या हार बोकेर । जन्म दिन मनाउनेलाई नै यकिन छैन, हर्ष बाँडेर मनाऔं, या दुःख पिएर !

    उमेरले ५६ वर्ष र राजनीतिक अनुभवले ४० वर्ष पार गर्न लागेकी उपसभामुख तुम्वाहाङफेले ‘ह्याप्पी बर्थडे’ मनाएको पर्सिपल्ट, माघ ६ गते प्रतिनिधिसभाको बैठक बस्दैछ । अन्यथा भएन भने माघ ६ को बैठकअगावै शिवमायाको राजनीतिक जीवनका पुराना पातहरु झर्नेछन् । र, नवीन पालुवाका लागि उनले अर्को बसन्त कुर्नुपर्ने छ ।

    डा. शिवमाया यतिबेला राजनीतिक चर्चाको शिखरमा छिन् । नेकपाकी समानुपातिक सांसदसमेत रहेकी उनलाई उपसभामुखबाट राजीनामा दिन नेकपा सचिवालयले आदेश दिएको छ । तर, उनले ‘राजीनामा दिन्न, बरु महाअभियोग लगाऊ’ भनेर आफ्नै मातृपार्टीलाई चुनौती दिएकी छिन् । शिवमाया अहिले पनि नेकपाकी समानुपातिक सांसद हुन् ।

    महिला आन्दोलनकी सक्षम अगुवा भएका कारण आफूलाई नै सभामुख बनाउनुपर्ने र कृष्णबहादुर महराको सजायँको शिकार आफूलाई बनाउन नमिल्ने शिवमायाको जायज तर्क छ । नेकपा सचिवालयले चाहिँ उनलाई उपसभामुखबाट राजीनामा गराएर पार्टीको अर्को नेतालाई सभामुख बनाउने निर्णय लिएको छ । यही नीतिअनुसार शनिबार बसेको सचिवालय बैठकले शिवमायालाई राजीनामा दिन भनेको हो । अनि, आइतबार बालुवाटारमा बोलाएर उनलाई सम्झाउनुको कारण पनि यही नै हो ।

    उपसभामुख शिवमाया सभामुखका लागि पनि योग्य र सक्षम पात्र हुन् । राजनीतिशास्त्र, कानून अनि समाजलाई उनले बुझेकी छन्, पढेकी छिन् । यद्यपि यो आलेखमा शिवमायालाई सभामुख बनाउनु ठीक कि बेठीक भन्ने विषयमा प्रवेश गर्न खोजिएको छैन । कसलाई सभामुख बनाउने र नबनाउने नेकपाले आफैं निर्णय गर्ने विषय हो, त्यसमा बाहिरी टिप्पणीको खासै अर्थ रहँदैन ।

    तर, यहाँ आम पाठकहरुको चासोलाई ध्यान दिँदै उपसभामुख शिवमाया को हुन् भन्ने परिचायत्मक चर्चा गर्न र मिडियाको धर्म निभाउन मात्र खोजिएको छ । किनभने, उपसभामुख शिवमायाको जीवनको भित्री पाटोबारे नेकपाकै कतिपय उच्च नेताहरुसमेत बेखबर रहेको पाइएको छ ।

    उपसभामुख डा. शिवमाया तुम्बाहाङफे राजनीतिक परिवारमा जन्मे–हुर्केकी नेतृ हुन् । उनको जन्म विसं. २०२० साल माघ ४ गते तेह्रथुमको तम्फुला, माझगाउँ ( हालको म्याङलुङ नगरपालिका–१०) मा भएको हो । उनका पिता ललितबहादुर तुम्बाहाङ्फे भूपू गभर्नर अर्थात नेपाली कांग्रेसद्वारा गठित ‘जनसरकार प्रमुख’ बनेका थिए ।

    राणाविरोधी आन्दोलनका बेला नेपाली कांग्रेसले धनकुटाको घुमाउने चौतारामा क्रान्तिकारी जनसरकार घोषणा गरेर शिवमायाका पितालाई गर्भनर घोषणा गरेको थियो । बाम राजनीतिमा लागेकी उपसभामुख शिवमाया र उनका दाजु नेकपाका सांसद विजय सुब्बा ललितबहादुरका उत्तराधिकारी हुन् ।

    तेह्रथुममा जन्मिए पनि शिवमायाको औपचारिक शिक्षा झापाको स्कुलचन निमाविबाट भयो । त्यहाँ ७ कक्षा पढेपछि उनले जमाबिबाट एसएलसी दिइन् । हुनेखाने परिवारमा जन्मेकी शिवमायाले काठमाडौंको नेपाल ल क्याम्पसबाट बीएल पास गरिन् । महेन्द्ररत्न क्याम्पस ताहचलबाट बीएड गरिन् । र, त्रिविबाट राजनीतिशास्त्रमा एमए गरिन् । र, उनले ‘नेपालमा राजनीतिक महिला आन्दोलन’ विषयमा २०६४ मा पीएचडी गरेर डाक्टरको उपाधि पाइन् ।

    शिवमायाको विवाह ३२ वर्षको उमेरमा मोरङमा तत्कालीन उर्लाबारी गाविस अध्यक्ष घनेन्द्र जिमीसँग भयो । हाल शिवमायाका दुई छोरा प्रशान्त र प्रतीक सिभिल इञ्जिनियरिङ अध्ययनरत छन् । श्रीमान घनेन्द्र जीमीको भने निधन भइसकेको छ ।

    समाजमा भएको छोरी र छोरावीचको विभेदको न्यूनीकरण गर्नुपर्छ भनेर ०३५/०३६ सालदेखि राजनीतिमा लागेको शिवमाया बताउँछिन् । आफूले ०३९ र ०४२ सालमा जेलजीवन व्यतीत गरेको उनको भनाइ छ । उनले अनेरास्ववियुको अध्ययन दल, सहप्राक, प्राक हुँदै केन्द्रीय कमिटीको महिला विभाग प्रमुख र उपाध्यक्ष भई काम गरिन् ।

    त्यसैगरी अनेमसंघ केन्द्रीय कमिटीको सदस्य र मोरङ जिल्लाको इञ्चार्ज भई काम गरिन् । राजनीतिक दलमा आवद्ध भई काम गर्ने क्रममा तत्कालीन नेकपा मालेको इलाका कमिटी सदस्य, एमालेको अञ्चल समन्वय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य तथा नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्य भई काम गरेकी शिवमायाले संसद सचिवालयमा राखिएको ‘परिचायत्मक भिडियो’ मा भनेकी छिन्, ‘हाल मेरो पदीय हैसियतका कारण दलमा आवद्धता रहेको छैन ।’

    आफूले १० वर्ष बिराटनगरको डिग्री कलेजमा राजनीतिशास्त्र विषयमा प्राध्यापन गर्नुका साथै वकालत पेशासमेत गरेको बताउँदै शिवमायाले भनेकी छिन्, ‘मैले विभिन्न संघसंस्थामा पनि आवद्ध भएर महिला अधिकारको क्षेत्रमा लामो समय काम गरें । तसर्थ, नेपालमा मानव अधिकारको क्षेत्रमा राम्रो काम गरेकाले दयाराम परियार स्मृति मानव अधिकार सम्मान र साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै श्री मोहनलाल मनोरम स्मृति वाणि सम्मान ०६७ र नेपाल विद्याभुषण आदि सम्मानहरु प्राप्त गरेकी थिएँ ।’

    डा. शिवमाया आफूलाई ‘महिला आन्दोलनकी विज्ञ’ भन्न रुचाउँछिन् । ‘नेपालको राजनीतिक महिला आन्दोलन र महिला आन्दोलनको विषयमा विज्ञता रहेको छ’ उनको भनाइ छ, ‘मेरो रुचीका विषयहरुमध्ये अध्ययन, अनुसन्धान र लेखन कार्य हो । मैले केही अनुसन्धानहरु गरेकी थिएँ ।’

    तुम्वाहाङफेले गैरसरकार संस्थाहरुमा काम गर्ने क्रममा नेपाल आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानको फण्डिङमा गन्गाई, लिम्बु आदि जातिहरुका विषयमा रिसर्च गरेकी छिन् । संसद सचिवालयको बायोडाटामा शिवमायाले आफ्नो स्थायी ठेगाना ‘बिराटनगर –८, प्रगति टोल’ लेखाएकी छिन् । तर, भिडियोमा भने उनले आफ्नो स्थायी ठेगाना मोरङको उर्लाबारी भनेकी छिन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ