• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    प्रचण्डको पक्षमा बाबुरामको इन्ट्री, ‘साक्षी म हुँ’ भन्दै यतिसम्म भनेपछि सबै चकित, कांग्रेसभित्र खैलाबैला

    16.7K
    SHARES

    काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जुनयु’द्ध दिवसका अवशरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन् । शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा डा. भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका लागि स्व. गिरिजा प्रसाद कोइरालाले आग्रह गरेको बताए ।

    १२ बुंदे समझदारीमा नै काँग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजि ढंगले अघि बढ्ने सहमति भएको उनले बताए । उनले भने, ‘उहाँ (प्रचण्ड) को सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने बानी छ । उत्तेजना फैलाउने स्वभाव छ । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ । मलाई याद छ । उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्र’हार गर्ने सहमति भएको थियो ।’

    तत्कालीन समयमा आफूहरुले यु’द्धविराम भंग गरेर जाने निर्णय गर्दा गिरिजाले ठो’क्नुपर्‍यो भनेको भट्टराईले बताए । ‘पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन । हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा) ले अझै ठोक्नुपर्‍यो भनेर चाँही भन्नुभएको हो,’ उनले भने, ‘लौन कारवाही अगाडी बढाउनुप-यो उहाँले भनेको हो म पनि साक्षी थिए । एक दुई पटक भनेको कुरालाई युद्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नुभएन् । नगरपालिका निर्वाचन विथोल्न अलिअलि फौजी कारवाही बढाउनुप-यो भन्नुभएको हो ।’

    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तत्कालीन सभापति गिरिजाप्रसा कोइराला ज्युँदै हुँदा नभनेले अहिले केही भन्न नसकिने बताए । ‘खोई गिरिजाप्रसाद कोइराला ? जिउँदै हुँदा उहाँ (प्रचण्ड) ले केही बोल्नुभएन् । वितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने ?’, उनले भने ।

    तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयु’द्ध’ दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा विहीबार आयोजित कार्यक्रममा प्रचण्डले काँग्रेसका तत्कालीन सभापति कोइरालाले नै माओवादीलाई ‘ठूल्ठूला फौजी आक्रमण गर्न’ सुझाएको बताएका थिए।

    प्रचण्डले भनेका थिए , ‘कोइराला र मेरोबीच लगातारजस्तो, झन्डै झन्डै दिनदिनैजस्तो कुराकानी हुन्थ्यो। उहाँले हामीलाई फौजी आक्रमण अझै बढाइदिनुपर्‍यो, सदरमुकाम हान्नुपर्‍यो, अझै ठूल्ठूलो हमला गर्नुपर्‍यो भन्नुहुन्थ्यो। यो बढो विचित्रको थियो। यस्तो संसारमा कमै हुन्छ।’ प्रचण्डका उक्त अभिव्यक्तिप्रति काँग्रेसले आपत्ति जनाएको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्कालीन समयको काँग्रेसको भूमिकाबारे प्रश्न उठाएका छन् ।

    यस्तै नेपाली काँग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले विहबिार दिएको अभिव्यक्तिप्रति ध्यान गम्भीर ध्यानकर्षण भएको जनाएको छ । विहीबार जनयु;द्ध दिवसका अवसरमा नेकपा मुख्यालयमा बिहीबार बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौजी आक्रमण बढाइदिन आग्रह गर्ने गरेको बताएका थिए ।

    विहीबार साझ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञिप्त जारी गरि प्रचण्डको उक्त अभिव्यक्तिको खण्डन गरेको हुन् । ‘माओवादीको नेतृत्वमा भएको हिं’सात्मक वि’द्रो’हको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ,’ विज्ञप्तिमा भनिएको छ ।

    प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद रहेको शर्माले उल्लेख गरे । ‘फौजी आ’क्र’मण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि सांचै भन्नुभएको हुंदो हो त त्यो संवादको कुरा कोइराला जिवित छँदैनै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो,’ शर्माले विज्ञप्तिमा लेखका छन्, ‘तर उहाँको निधन भएको यतिका बर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ ।’

    माओवादीको हिं’सात्मक आ’क्र’मणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सारेको काँग्रेस स्मरण गराएको छ । ऎतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो ।

    हिं’साको राजनीतिलाई सुरक्षीत अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिं’सात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख छ । साथै काँग्रेसले जिम्मेवार अभिव्यक्तिका दिन प्रचण्डलाई सजग गराएको छ ।

    के भनेका थिए प्रचण्डले ?
    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल प्रचण्डले ‘जनयुद्ध’ का बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाएको खुलासा गरेका थिए । तत्कालीन नेकपा (माओवादी)ले सञ्‍चालन गरेको ‘जनयुद्ध’ दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्‍जलीसभामा प्रचण्डले जनआन्दोलन र जनयुद्ध सँगै चलेको समयमा पूर्वप्रधानमन्‍त्री एवं कांग्रेस सभापति कोइरालाले आक्रमणलाई मजबुत बनाउन भनेको कुरा स्मरण गराएका हुन् ।

    ‘नेपाली कांग्रेसका तत्कालीन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र मेरो बीचमा दिनदिनै जस्तो कुरा हुन्थ्यो र उहाँले ठूल्ठूला आक्रमण बढाउनु पर्‍यो भन्‍नुहुन्‍थ्यो मलाई। फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो,’ उनले सम्झे, ‘सदरमुकाम हान्‍नुपर्‍यो भन्‍नुहुन्‍थ्यो, यो बडो विचित्रको कुरा हुन्थ्यो।’ अध्यक्ष प्रचण्डले दलहरुबीचको विचित्रको संयोगले राजतन्त्र अवसान गर्ने वातावरण बनेको र देश संघीय गणतन्त्रमा आउन सफल भएको बताए।

    अध्यक्ष प्रचण्डले तत्कालीन एमाले र माओवादीबीच संविधान निर्माणतर्फ जाने भन्‍ने सहमतिकै जगमा कांग्रेससँग पनि मिल्न पुगेकी बताए। देशमा एकातिर जनयुद्ध र अर्कोतिर शान्तिपूर्ण जनआन्दोलन तत्कालीन ७ राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी)को समझदारीमा भएको दाहालको भनाइ थियो। दलहरुबीचका फरक किसिमबाट बनेको एकताले देशमा संविधान निर्माण र संघीयता आएको उनले बताए।

    प्रचण्डले कम्युनिस्ट पार्टीका लागि सत्ता काल हुने गरेको बताएका छन् । कम्युनिस्टलाई विरोधीहरुले कहिल्यै पनि पछार्न नसकेको उल्लेख गर्दै प्रचण्डले सत्ताका कारण मात्रै कम्युनिस्टहरु विग्रिने गरेको दृष्टान्त सुनाए ।

    ‘हामीलाई विरोधीहरुले कहिल्यै पनि पछार्न सकेनन् । आन्दोलन र क्रान्तिमा कम्युनिस्टहरु विजयी भएर आए, तर सत्तामा पुगेपछि उनीहरुमा जुन किसिमको वैचारिक श्खलनको प्रक्रिया, सांस्कृति स्खलनको प्रक्रिया, त्यागको ठाउँमा स्वार्थ हावी हुँदै जाने प्रक्रिया बढ्यो, काल त्यहि भयो,’ २५ औं जनयुद्ध दिवसको अवसरमा बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पहिलो विश्वयुद्धमा १ करोड, दोस्रो विश्व युद्धमा २ करोड मान्छे मरेर बनाइएको सोभियन युनियन (संघ) एउटा गोली पनि नपड्केर उल्टिएर पूँजीपति र साम्राज्यवादीहरुको हातमा गयो । कोही विदेशी सेना आए त्यसलाई विघटन गरेको होइन । कम्युनिस्ट नेताहरुमै आएको भ्रष्टीकरण, सत्तामा पुगेपछि सत्ता स्वार्थी भएर, अन्धो भएर, सबै कुरालाई मनोगत ढंगले विश्लेषण गर्ने हुन जाँदा त्यत्रो दुर्गति भोग्नुपर्‍यो ।’

    अध्यक्ष प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनले भने आफ्नै मौलिक अनुभव हासिल गरेको उल्लेख गरे । यद्यपि समाजवाद स्थापनाका लागि आन्दोलनको अनुभवलाई सही रुपमा डोर्‍याउनुपर्ने अहिलेको आवश्यकता रहेको उनको जोड थियो । ‘जनवादी क्रान्ति हाम्रो मौलिकतामा सम्पन्न भयो, समाजवादतिर पनि हाम्रो मौलिकतामै अगाडि बढ्ने हो । कस्टसाध्य बाटोबाट समाजवाद स्थापना गर्ने बाटोमा छौं हामी,’ प्रचण्डले भने, ‘समाजवादका लागि हामी नयाँ आन्दोलन गर्छौं, तर शान्तिपूर्ण र नयाँ तरिकाले । जनताको मन मस्तिष्क जितेर समाजवादको आन्दोलन गरिन्छ ।’

    हतियारसहितको सशस्त्र संघर्षबाट राजतन्त्र समाप्त गरी संघीय लोकतान्त्रि गणतन्त्र स्थापना भएको उल्लेख गर्दै प्रचण्डले अबको आन्दोलन शान्तिपूर्ण र सबै तहका जनताको सहभागितामा हुने उल्लेख गरे । माओवादी आन्दोलनलाई शान्तिपूर्ण राजनीतिक बाटोमा ल्याउनुपर्ने आवश्यकताको औचित्यबारे प्रस्ट पार्दै प्रचण्डले माओवादी आन्दोलन नै समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको बताए ।

    त्यतिबेलाको नेतृत्व (आफू)ले सही विश्लेषण गरेर नै सही समयमा शान्ति प्रक्रियामा आउने निर्णय गरेको उनको भनाइ थियो । प्रचण्डले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण अचानक नभएको उल्लेख गर्दै जनयुद्ध कालदेखि नै दुई पार्टीबीच कार्यगत एकताको वातावरण निर्माण भएको बताए ।

    ‘तत्कालीन नेकपा एमाले र माओवादी निकै तिखो संघर्षमा केही वर्ष रहेकै हो । तर, राजतन्त्रको समाप्त गरेर गणतन्त्र ल्याउने विषयमा जनयुद्धकै क्रममा दुई पार्टीबीच समझदारी बनेको थियो,’ प्रचण्डले भने ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ