• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सप्तरीमा मुस्लिम धार्मिकसभा रोक्न गृह मन्त्रीकाे एक्शन, सिडिओलाई सर्कुलर, ठूलो संख्यामा प्रहरी परिचालन

    6.8K
    SHARES

    सप्तरी । मुस्लिम समुदायले सप्तरीमा गर्न लागेको धार्मिक सभा अगाडि नबढाउन गृह मन्त्रालयले आदेश दिएको छ । आयोजकले प्रतिवद्वता पूरा नगरेको भन्दै मुस्लिम समुदायको धार्मिक सभामाथि मन्त्रालयले रोक लगाएको हो ।

    धार्मिक सभामा नेपालसहित भारतका मात्रै मुस्लिम धर्माम्बलीको सहभागिता हुने बताइए पनि विश्वका धेरै देशका मुस्लिम धर्मावलम्बीहरुको सहभागिता गराइएको भन्दै गृह मन्त्रालयले कार्यक्रम नगर्न आदेश दिएको श्रोतको भनाइ छ । गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गर्न भनेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी खनालले आयोजकहरुद्वारा नेपाल र भारतका मात्रै मुस्लिम धर्माम्बली बोलाउने जनाइए पनि विश्वका विभिन्न देशबाट मुस्लिमहरु आएका कारण मन्त्रालयबाट यो कार्यक्रम नगर्न भनिएको बताए । गृह मन्त्रालयले कार्यक्रम स्थगन गर्ने आदेश दिएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले बोदे बर्साइन नगरपालिकाको जाँजरमा ठूलो संख्यामा प्रहरी खटाएको छ ।

    बिहीबार दिउँसो ४ बजेदेखि नेपाल-भारत सीमासमेत सिल गरिएको सप्तरी जिल्ला प्रशासनले जनाएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म यो धार्मिक सभाको आयोजना गरिने तयारी थियो । यसका निम्ति सबै तयारी पूरा भइसकेको आयोजक समितिले बताएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ