• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    बल्ल खुल्यो ओली प्रचण्डले आयोजना गरेको कार्यक्रममा नजानुको कारण

    14.1K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २५ औं जनयु’द्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपा वृत्तमा चर्चा चलिरहेको छ । तत्कालीन नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध घोषणा गरेको सन्दर्भ पारेर नेकपाले फागुन १ मा जनयु’द्ध दिवस मनाउँदै आएको छ ।

    २५ औं जनयुद्ध दिवसको अवसरमा नेकपाले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सहित शीर्ष नेता सहभागी हुने भनिएको थियो । तर, प्रधानमन्त्री ओली भने धुम्बाराही गएनन् । कार्यक्रममा पूर्व एमाले तर्फका नेताहरुको भने सहभागीता रहेको थियो ।

    तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेकपाले गत वर्ष पनि जनयुद्ध दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको थियो । तर, ओली गत वर्षको कार्यक्रममा पनि अनुपस्थित भएका थिए ।

    ‘जनयुद्ध’ अस्वीकार !
    ओली कार्यक्रममा अनुपस्थित भएसँगै सामाजिक सञ्जालमा यसबारे बहस भएको छ । पूर्व माओवादी पक्षका नेता कार्यकर्ताले कार्यक्रममा ओलीको अनुपस्थितीको आलोचना गरेका छन् । केहीले भने अस्वस्थताको कारण भएको हुनसक्ने बताउँदै आएका छन् । कतिपयले भने दुई पार्टी बीच एकता भएको भएपनि पूर्व एमाले पक्षधरले तत्कालीन माओवादीले गरेको ‘जनयु’द्ध’लाई स्वीकार गर्न नसकेको भन्दै टिप्पणीसमेत गरेका छन् ।

    प्रचण्डको सुझाव थियाे कार्यक्रममा नजाने
    प्रचण्ड निकटका मानिने नेकपाका नेता हरिबोल गजुरेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली स्वास्थस्थितिका कारण कार्यक्रममा सहभागी नभएको बताए । उनका अनुसार अध्यक्ष प्रचण्डले नै अर्का अध्यक्ष ओलीलाई ‘तपाईं जानु पर्दैन’ भनेर भनेका थिए । नेता गजुरेलले भने,‘यसपालि अध्यक्ष प्रचण्डले नै तपाईं जानुपर्दैन भनेर भन्नुभएको थियो । तैपनि प्रधानमन्त्रीले म जान्छु भन्नु भएको थियो । मैले जानेसम्म स्वास्थ्य ठिक नभएर उहाँ अनुपस्थित हुनुभएको हो ।’

    त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने अरु नै पूर्वनिर्धारित कार्यक्रम भएका कारण प्रधानमन्त्री कार्यक्रममा उपस्थित हुन नसकेका हुन् । उनका अनुसार उक्त कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने भनेर सचिवालयको तर्फबाट नभनिएको बताए । त्यस्तै नेकपाका नेता दिनानाथ शर्मामाले पनि प्रधानमन्त्री ओली जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुन नसक्नु स्वास्थ्यको कारण भएको बताउँछन् ।

    यसैबीच नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल प्रचण्डले ‘जनयुद्ध’ का बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाएको खुलासा गरेका छन् । तत्कालीन नेकपा (माओवादी)ले सञ्‍चालन गरेको ‘जनयुद्ध’ दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्‍जलीसभामा प्रचण्डले जनआन्दोलन र जनयुद्ध सँगै चलेको समयमा पूर्वप्रधानमन्‍त्री एवं कांग्रेस सभापति कोइरालाले आक्रमणलाई मजबुत बनाउन भनेको कुरा स्मरण गराएका हुन् ।

    ‘नेपाली कांग्रेसका तत्कालीन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र मेरो बीचमा दिनदिनै जस्तो कुरा हुन्थ्यो र उहाँले ठूल्ठूला आक्रमण बढाउनु पर्‍यो भन्‍नुहुन्‍थ्यो मलाई। फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो,’ उनले सम्झे, ‘सदरमुकाम हान्‍नुपर्‍यो भन्‍नुहुन्‍थ्यो, यो बडो विचित्रको कुरा हुन्थ्यो।’ अध्यक्ष प्रचण्डले दलहरुबीचको विचित्रको संयोगले राजतन्त्र अवसान गर्ने वातावरण बनेको र देश संघीय गणतन्त्रमा आउन सफल भएको बताए।

    अध्यक्ष प्रचण्डले तत्कालीन एमाले र माओवादीबीच संविधान निर्माणतर्फ जाने भन्‍ने सहमतिकै जगमा कांग्रेससँग पनि मिल्न पुगेकी बताए। देशमा एकातिर जनयुद्ध र अर्कोतिर शान्तिपूर्ण जनआन्दोलन तत्कालीन ७ राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी)को समझदारीमा भएको दाहालको भनाइ थियो। दलहरुबीचका फरक किसिमबाट बनेको एकताले देशमा संविधान निर्माण र संघीयता आएको उनले बताए।

    प्रचण्डले कम्युनिस्ट पार्टीका लागि सत्ता काल हुने गरेको बताएका छन् । कम्युनिस्टलाई विरोधीहरुले कहिल्यै पनि पछार्न नसकेको उल्लेख गर्दै प्रचण्डले सत्ताका कारण मात्रै कम्युनिस्टहरु विग्रिने गरेको दृष्टान्त सुनाए ।

    ‘हामीलाई विरोधीहरुले कहिल्यै पनि पछार्न सकेनन् । आन्दोलन र क्रान्तिमा कम्युनिस्टहरु विजयी भएर आए, तर सत्तामा पुगेपछि उनीहरुमा जुन किसिमको वैचारिक श्खलनको प्रक्रिया, सांस्कृति स्खलनको प्रक्रिया, त्यागको ठाउँमा स्वार्थ हावी हुँदै जाने प्रक्रिया बढ्यो, काल त्यहि भयो,’ २५ औं जनयुद्ध दिवसको अवसरमा बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पहिलो विश्वयुद्धमा १ करोड, दोस्रो विश्व युद्धमा २ करोड मान्छे मरेर बनाइएको सोभियन युनियन (संघ) एउटा गोली पनि नपड्केर उल्टिएर पूँजीपति र साम्राज्यवादीहरुको हातमा गयो । कोही विदेशी सेना आए त्यसलाई विघटन गरेको होइन । कम्युनिस्ट नेताहरुमै आएको भ्रष्टीकरण, सत्तामा पुगेपछि सत्ता स्वार्थी भएर, अन्धो भएर, सबै कुरालाई मनोगत ढंगले विश्लेषण गर्ने हुन जाँदा त्यत्रो दुर्गति भोग्नुपर्‍यो ।’

    अध्यक्ष प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनले भने आफ्नै मौलिक अनुभव हासिल गरेको उल्लेख गरे । यद्यपि समाजवाद स्थापनाका लागि आन्दोलनको अनुभवलाई सही रुपमा डोर्‍याउनुपर्ने अहिलेको आवश्यकता रहेको उनको जोड थियो । ‘जनवादी क्रान्ति हाम्रो मौलिकतामा सम्पन्न भयो, समाजवादतिर पनि हाम्रो मौलिकतामै अगाडि बढ्ने हो । कस्टसाध्य बाटोबाट समाजवाद स्थापना गर्ने बाटोमा छौं हामी,’ प्रचण्डले भने, ‘समाजवादका लागि हामी नयाँ आन्दोलन गर्छौं, तर शान्तिपूर्ण र नयाँ तरिकाले । जनताको मन मस्तिष्क जितेर समाजवादको आन्दोलन गरिन्छ ।’

    हतियारसहितको सशस्त्र संघर्षबाट राजतन्त्र समाप्त गरी संघीय लोकतान्त्रि गणतन्त्र स्थापना भएको उल्लेख गर्दै प्रचण्डले अबको आन्दोलन शान्तिपूर्ण र सबै तहका जनताको सहभागितामा हुने उल्लेख गरे । माओवादी आन्दोलनलाई शान्तिपूर्ण राजनीतिक बाटोमा ल्याउनुपर्ने आवश्यकताको औचित्यबारे प्रस्ट पार्दै प्रचण्डले माओवादी आन्दोलन नै समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको बताए ।

    त्यतिबेलाको नेतृत्व (आफू)ले सही विश्लेषण गरेर नै सही समयमा शान्ति प्रक्रियामा आउने निर्णय गरेको उनको भनाइ थियो । प्रचण्डले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण अचानक नभएको उल्लेख गर्दै जनयुद्ध कालदेखि नै दुई पार्टीबीच कार्यगत एकताको वातावरण निर्माण भएको बताए ।

    ‘तत्कालीन नेकपा एमाले र माओवादी निकै तिखो संघर्षमा केही वर्ष रहेकै हो । तर, राजतन्त्रको समाप्त गरेर गणतन्त्र ल्याउने विषयमा जनयुद्धकै क्रममा दुई पार्टीबीच समझदारी बनेको थियो,’ प्रचण्डले भने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ