• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रतिबन्धका बीच नेपाल कम्युनिष्ट पार्टीले देशभर यसरी मनायॊ २५ औँ जनयु’द्ध दिवस

    3.2K
    SHARES

    काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्धका बीच पनि संघिय राजधानी काठमाडाैंसहित देशभर भब्यरुपमा जनयुद्ध दिवस मनाएको छ । २५ औँ जनयुद्ध दिवसका अवसरमा नेकपाले कति चियापान त कतै शुभकामना आदानप्रदान र कतै बिभिन्न सहयोग गरेर मनाएको छ । जसअन्तर्गत कपिलवस्तु जिल्लाअन्तर्गत पश्चिम कमान्डमा २५ औँ जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न भएको छ ।

    कार्यक्रममा जिल्ला सेक्रेटरी शेरमानको आतिथ्य थियो । उक्त कार्यक्रमलाई पावेलले सम्बोधन गरेका थिए । कार्यक्रममा जिल्ला पार्टीका सचिवालय सदस्य सन्तोष, जिल्ला सदस्य सूर्य र कार्यक्रमको अध्यक्षता सङ्घर्षले गरेका थिए । कार्यक्रममा जनताको व्यापक र उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमका मुख्य वक्ताले जनयुद्धको मूल मर्म एकीकृत जनक्रान्तिले पकडेको र कुनै पनि हिसाबले उद्देश्यमा पुगिछाड्ने प्रतिबद्धता जनाएका थिए ।

    चितवनको आयोजनामा बिहीबार राप्तीको वीरेन्द्रनगरमा सयौँको उपस्थितिमा भव्य रूपमा २५ औँ जनयुद्ध दिवस सम्पन्न भएको छ । वीरेन्द्रनगरको बीच सडकमा (पूर्व–पश्चिम राजमार्ग) जाम गरी जनयुद्ध दिवस मनाइएको खबर प्राप्त भएको छ । कार्यक्रममा अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष रेम्बोर्जेले सम्बोधन गरेका थिए ।

    उनले भने, ‘दलाल सत्तालाई समूल नष्ट गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि सम्पूर्ण जनसमुदाय क्रान्तिमा अगाडि बढ्नुपर्छ ।’ यसैगरी मकवानपुर जिल्लाको राङ्सीराङमा सयौँ जनसमुदायको उपस्थितिमा जनयुद्ध दिवस मनाइएको खबर प्राप्त भएको छ । त्यसैगरी चितवनको कालिका सिद्धिमा पनि जनयुद्ध दिवस मनाइएको खबर प्राप्त भएको छ ।

    मकवानपुरको बकैया गाउँपालिका टुडेडाँडामा करिब ३ सयजनाको उपस्थितिमा जनयुद्ध दिवस मनाइएको छ । सञ्चालक जिल्ला सदस्य रामले गरेका थिए । जिल्ला इन्चार्ज वाटर र सेक्रेटरी पासाङले शुभकामना दिएका थिए । यस्तै सर्लाहीको पीपलदमारमा २५ औँ जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा ब्युरो सदस्य सचिन गोपालले सम्बोधन गरेका थिए भने सञ्चालन विकल्पले गरेका थिए ।

    स्याङ्जाको भालुपहाड्मा नेकपाले राखेको झन्डा, ब्यानर र पोस्टर नेपाल प्रहरीले च्यातिदिएकाे छ । स्याङ्जामा क्रान्तिकारी माओवादि र नेकपाले संयुक्तरुपमा शुभकामना आदानप्रदान गरेर जनयुद्ध दिवस मनाएका छन् । यस्तै डाेटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली, पाेखरा लगायत देशभर नेकपाले जनयुद्ध दिवस मनाएको छ ।

    प्रतिक्रिया