• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जनयु’द्ध दिवसको अवसरमा नेकपा डोटीद्वारा विद्यालयलाई खेल सामाग्री बितरण

    3.3K
    SHARES

    काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टी डोटीले २५ औं जनयुद्ध दिवसको अवसरमा विद्यालयलाई खेल सामाग्री बितरण गरेको छ । बिहिबार जिल्ला ईन्चार्ज तर्कराजको अध्यक्षातामा र आतिथ्य सेति-महाकाली ब्युरो कार्यलय सचिव बिपिनको प्रमुख आतिथ्यमा नेकपाले ति सामग्रीहरु विद्यालयलाई वितरण गरेको हो ।

    जनयुद्ध दिवसको अवसर पारेर गरिएको उक्त कार्यक्रममा बोल्दै ब्युरो कार्यलय सचिव बिपिनले देश र जनताको मुक्ति नभएसम्म क्रान्ति जारी रहने बताए । दलाल संसदीय व्यबस्थाको लुटतन्त्रले अहिलेका जनता निरास बन्दै गएको उनले आफ्नो पार्टी आज पनि जनताको हरेक सुख दुखमा जनतासंगै रहेको बताएका छन् ।

    जनयुद्धका सबै मुद्धामाथि प्रचण्ड-बाबुरालेले धोका गरेकाे भन्दै उनले फेरी पनि क्रान्तिकाे निरन्तरता अपरिहार्य रहेकाे दावी गरे । कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापकले नेपालमा भएको जनयुद्धले जनतालाई परिबर्तन आभाष दिलाएको र चेतनाको विकास भएको बताए । रातो अबिरको टीका लगाएर हर्ष उल्लासका साथ सुरु गरिएको कार्यक्रममा ब्युरो कार्यलय सचिबले खेल सामाग्री हस्तान्त्रण गरेका थिए ।

    सोहि अवसरमा नेकपा डोटीले २५ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना जनयुद्धका महान वीर शहिदहरुप्रति श्रद्धाञ्जली, सम्मान र सस्मरण गरेको छ। कार्यक्रमको समापन गर्दै जिल्ला ईन्चार्ज तर्कराजले अहिलेको यो राज्य व्यवस्थाले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाए । देश दिनदिनै भ्रष्ट्रचार, कालोबजारी, महङ्गी, करछली, सिमा अतिक्रमणलगायतको राष्ट्रघात गरिरहेका सत्ता र सरकारका दलालहरुले बर्बादीको दिशातिर धकेलिरहेको बताए ।

    साथै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पास गराउने नाममा देशलाई अमेरिकी सेनाकोको परेडस्थल बनाउन खोजिएको भन्दै त्यसका बिरुद्ध आम नेपाली जनता एकजुट हुनुपर्नेमा जोड दिए । नेकपाले आज बिभिन्न कार्यक्रम गरी देशभर २५ औ जनयुद्ध दिवस मनाइरहेको छ । खेल सामाग्री वितरण गरिएको बिद्यालयको नाम भने नेकपाले सार्वजनिक गरेको छैन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ