• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कोरोनले भयानक रुप लिएपछि चिनियाँ कम्युनिष्ट पार्टीले लियो यस्तो कठाेर निर्णय, अब के हाेला ?

    16.1K
    SHARES

    वुहान । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न अनेक प्रयास गरिरहेको चीन सरकारले यसको उद्गमस्थल वुहानको नेतृत्व परिवर्तन गरेको छ। मध्य चीनको हुपेई प्रान्तको राजधानी वुहानका चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख मा गुओकियाङलाई पदमुक्त गरि वाङ झोङलिनलाई नयाँ प्रमुख बनाएर पठाइएको हो।

    चीनको राजनीतिक प्रणाली अनुसार कम्युनिष्ट पार्टीको प्रमुख स्थानीय सरकार प्रमुखभन्दा शक्तिशाली हुन्छन् र सम्पूर्ण नेतृत्व उनकै कमाण्डमा सञ्चालन हुन्छ। वुहानका यसअघिका पार्टी प्रमुख मा कोरोना भाइरस नियन्त्रण गर्न असफल भएकाले नेतृत्व परिवर्तन गर्नु पर्ने माग भइरहेको थियो।

    सी चिनफिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले वुहानको नेतृत्व परिवर्तन गरि वाङलाई नयाँ जिम्मेवारी दिएको पार्टी निकट ग्लोबल टाइम्स अनलाइनले जनाएको छ। केही दिनअघि राष्ट्रपति सी आफै संक्रमितहरूको उपचार भइरहेका अस्पताल भ्रमण गरेका थिए। चीन सरकार र पार्टीले यो महामारी नियन्त्रणका लागि प्रधानमन्त्री ली खछ्याङको नेतृत्वमा टोली परिचालन गरेको छ। ली पार्टीमा सीपछिका उच्च नेता हुन्।

    हुपेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस फैलिने क्रम जारी रहँदा यसले विश्वव्यापी महामारी निम्त्याउने चिन्ता बढिरहेको छ। चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको छ । हुवेई प्रान्तमा बुधबार थप २ सय ४२ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको सीएनएनले जनाएको छ ।

    यसमध्य १३ सय ५५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । हुवेई प्रान्तमा मात्रै १४ सय ८४० जना कोरोनाबाट संक्रमित भएका छन । चीनभरी संक्रमित हुनेको संख्या ४८ हजार २ सय ६ पुगेको छ । कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा उपचार, रोकथामका काम थाले पनि महामारी नियन्त्रणमा आउन सकेको छैन ।

    धेरै प्रयत्नकाबीच महामारी नियन्त्रणमा आउन नसकेपछि कोरोनाको अन्त्य कहिले होला भन्ने अनुमान गर्न जटिलता थपिएको विश्वस्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार प्रकोप फैलने दर कम भए पनि मृत्यु हुनेको संख्या नघटेकाले तत्कालै नियन्त्रणमा आउला भने पूर्वानुमान गर्न नसकिने जनाएका छन । यद्यपी मानिसमा कोरोना संक्रमण सर्ने जोखिम २० प्रतिशतले घटेको चीनले दावी गर्दै आएको छ ।

    कोरोनाको आशंकामा शुक्रराज अस्पताल भर्ना भएका तीन जना डिस्चार्ज
    कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा भर्ना भएका ३ जनालाई अस्पतालले डिस्चार्ज गरेको छ । कोरोना भाइरसको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरिएको शुक्रराज अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए ।

    डा बास्तोलाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा तीन जनाकै कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि आज साँझ ४ बजे उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । चीनबाट नेपाल आएका एकजना चिनियाँ नागरिक र दुईजना नेपालीलाई कोरोना भाइरसको आशंकामा हिजो ( बिहीबार) शुक्रराज अस्पतलमा आइसोलेसनमा निगरानीमा रानिएका थिए । उनीहरुको स्वास्थ्य परीक्षणमा कोरोना नभएको पुष्टि भएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

    ती तीन जनाको परीक्षणसँगै नेपालमा कोरोना भाइरसको आशंकामा स्वास्थ्य परीक्षण गराइएकाको संख्या २३ पुगेको अस्पतालले जनाएको छ । २३ जनामध्ये एकजनामा मात्र कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएका ती व्यक्तिको पनि पछिल्लो पटक गरिएको परीक्षणमा कोरोना नेगेटिभ भएको स्वास्थ्य मन्त्रालयले दावी गरेको छ । अस्पतालका प्रवक्ता डा बास्तोलाका अनुसार टेकु अस्पतालमा आज कोरोनाको आशंकामा कुनै पनि बिरामी भर्ना गरिएको छैन।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ