• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    चीनले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकाएको हल्ला चलिरहेका बेला भयो फेरी अर्को डरलाग्दो यस्तो खुलासा, विश्व नै चकित

    17.9K
    SHARES

    वुहान । चीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएकाहरुको तथ्यांक लुकाएको भन्ने चर्चा चलिरहेका बेला १४ हजार बढी श’व जलाएको हुनसक्ने आशंकासहितको समाचार सार्वजनिक भएको छ ।

    चीनले महामारीग्रस्त वुहान शहरमा कोरोना भाइरसबाट ज्यान गुमाएका १४ हजारभन्दा धेरै जनाको श’व ज’लाएको हुनसक्ने ताइवानबाट प्रकाशित ताइवान न्यूजले लेखेको हो । वुहान शहरमा सल्फर डाइअक्साइड ग्यासको स्तरका आधारमा पछिल्लो विवरण सार्वजनिक गरेको जनाइएको छ ।

    ताइवान न्युजले ‘विण्डी डटकम’ ले अन्तरिक्षबाट खिचेको तस्बीरमा वुहान शहरमा सल्फर डाइअक्साइडको मात्रा असामान्य रुपमा बढि पाइएको उल्लेख छ ।

    समाचारअनुसार वुहान शहरको वायुमण्डलमा सल्फर डाइअक्साइडको मात्रा १७०० माइक्रोग्राम प्रति घनमिटर छ । सल्फर डाइअक्साइडको यो मात्रा खतराको स्तर भन्दा २१ गुणा बढी रहेको जनाइएको छ ।

    वायुमण्डलमा ८० माइक्रोग्राम प्रतिघनमिटर सल्फर डाइअक्साइड ख’त’रनाक मानिन्छ । महामारी फैलिएको चोङचिङ्ग शहरमा पनि यो ग्या’सको मात्रा धेरै रहेको समाचारमा उल्लेख छ ।

    १४ हजारभन्दा धेरै शव जलाउँदा मात्र यति ठूलो मात्रामा सल्फर डाइअक्साइड उत्सर्जन हुने वैज्ञानिकहरुको मत छ । मानिसको शवजस्ता जैविक पदार्थ जलाउँदा सल्फर डाइअक्साइड, मर्करी डाइअक्सिजन र हाइड्रोक्लोरिक एसिड जस्ता रसायन पनि निस्किन्छन् ।

    चिनियाँ परम्पराअनुसार मृतकको श’वलाई गाड्ने प्रचलन रहेपनि सल्फर डाइअक्साइडको मात्रालाई विश्लेषण गर्दा भने चिनियाँ प्रशासनले ठूलो सङ्ख्यामा मृ’त’कको श’वलाई जलाएको हुनसक्ने विश्लेषण गरिएको छ ।

    यस्तै चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृ’त्यु हुनेको संख्या एक हजार नाघेसँगै चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही अधिकारीमाथि कारबाही गरेको छ । पछिल्लो २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै हालसम्म कोरोना भाइरसबाट मृ’त्यु हुनेको संख्या १ हजार १६ पुगेको छ ।

    १ हजार १४ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । कोरोनाबाट स’ङ्क्र’मित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको छ । चीन सरकारले कोरोना महामारी नियन्त्रणका लागि खटाइएका केही अधिकारीहरुके कामप्रति असन्तष्टि जनाउँदै उनीहरुलाई कारबाही गरेको छ ।

    कारबाहीमा पर्ने सबैभन्दा माथिल्लो तहका अधिकारीमा चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे प्रान्तको स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा आयोगका प्रमुख छन् । सरकारले उनको एक तह घटुवा गरिदिएको छ । यस्तै, चन्दा हिनमिना गरेको आशंकामा स्थानीय रेडक्रसका सहायक निर्देशकलाई पदमुक्त गरिएको छ । पदबाट बर्खास्तीमा परेका रेडक्रसकर्मीको नाम भने खुलाइएको छैन ।

    कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा आजैदेखि उपचार, रोकथामका उपायहरुको काम थालेको छ ।

    अन्तराष्ट्रियस्तरका विज्ञहरुसहित डब्ल्यूएचओको टोली सोमबार चीन पुगेको थियो । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार तीन हजार नौ सय ९६ जनालाई उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको छ ।

    ज्यान गुमाउनेको सङ्ख्या हजार नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको चीनले दावी गरेको छ । हुबेको स्वास्थ्य आयोगले सोमबार दुई हजार ९७ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । आइतबार सङ्क्रमण हुनेको सङ्ख्या २ हजार ६ सय १८ रहेको थियो ।

    त्यस्तै चीनमा सुरु भएको कोरोनाभाइरसले ठूलो मानवीय क्षति पु-याइरहेको छ । प्रकोप घट्नुको साटो बढ्दै गइरहेको छ जसले चिनियाँ अर्थतन्त्रमा पनि क्षति पु¥याउन सुरु गरेको छ । अब विस्तारै प्रकोपबाट विश्वव्यापी रुपमै व्यवसायमा असर पर्न देखिन थाल्ने विज्ञले बताएका छन् । वर्षौँदेखि विश्वभरका निर्माण कम्पनी आफ्नो निर्माण श्रृङ्खलालाई चलायमान राख्न चीनमा निर्मित पार्टपुर्जामा निर्भर हुदै आएका थिए ।

    कोरोनाभाइरसको प्रकोपको कारण आगामी हप्ता चीनमा रहेको पार्टपुर्जा निर्माण संयन्त्र बन्द रहने अवस्था सिर्जना हुँदै गएको अवस्थामा त्यसले विश्वभरका उद्योगनै ठप्प हुने आशङ्का गरिदँैछ ।

    यसको प्रभाव महसुस गर्ने पहिलो क्षेत्र सवारीसाधन निर्माण संयन्त्र हुनसक्छन् । यसको कारण एउटा चिनियाँ पार्टपुर्जा उद्योग निक्कै विशाल रहनु र अर्को ९९ प्रतिशत पाटपुर्जा हुँदा पनि एउटा सवारी पूर्ण नमानिनु हो । ‘एउटा पार्टपुर्जा मात्र नहुँदा पनि सम्पूर्ण निर्माण लाइन नै अवरुद्ध हुन्छ,’ जनरल मोटर्सका इण्डोनेशियास्थित इकाईका पूर्व–प्रमुख माइक डूनले भने ।

    डूनका अनुसार विगतका पनि यस्ता धेरै उदाहरण देखिएका छन् । आपूर्ती संयन्त्रमा आगजनी वा प्राकृतिक प्रकोप हुँदा विश्वभरका सवारी निर्माण संयन्त्र प्रभावित भएका छन् । तिनको तुलनामा कोरोनाभाइरसले पार्ने असर झनै बढी हुनसक्छ । चीन गाडीको पार्टपुर्जाको ठूलो निर्माता हो । संयुक्त राष्ट्रको तथ्याङ्क अनुसार सन् २०१८ मा मात्र उसले झण्डै ३५ अर्ब डलर बराबरको पार्टपूर्जा निर्यात गरेको थियो ।

    यिनको केही हिस्सा ‘रिटेल स्टोर’मा जान्छ भने बाँकी ठूलो अंश कार निर्माण हुने एलेम्ब्ली लाइनमा जान्छ । केही विज्ञले पाटपुर्जाको अभावको सम्भावित खतरा सोचिएभन्दा ठूलो हुन सक्ने बताए । किनकि चीनमा बन्ने नट, बोल्टजस्ता धेरै पार्टपुर्जालाई बम्पर वा इन्जिन पिस्टनलाई जस्तो पार्टपुर्जाको दर्जा दिइँदैन ।

    उदारणको लागि विश्व वाहन निर्माण श्रृङ्खलामा कुनै अर्को देशमा बन्ने पार्टपुर्जाका लागि पनि चीनमा बन्ने नट बोल्टको प्रयोग भइरहेको हुन्छ । तिनको अभावमा ती पार्टपुर्जासमेत बन्दैनन्, त्यसले थप असर गर्नेछ । आपुर्तिमा अवरोध आइरहेको अवस्थामा पार्टपुर्जाको विकल्प पाउन पनि कठिन रहेको ‘सेन्टर फर अटोमोटिभ रिसर्च’का उपाध्यक्ष क्रिस्टिन जीक्जेकले भनिन् ।

    ‘यसको असर कहिलेबाट देखिन थाल्छ भन्न कठिन छ,’ उनले बताइन्, ‘यो हप्ता चीनमा पाटपूर्जा निर्माण भएन भने फेब्रुअरीको अन्त्यसम्ममा विश्वव्यापी असर देखिने आस गर्न सकिन्छ । सबै गाडी निर्माता अहिले यो अवस्थासँग कसरी सामना गर्ने भनेर चिन्ता गर्न थालेका छन् । तर चीन यति ठूलो छ कि तिनको प्रभाव पन्छाउन सम्भव छैन ।’

    चिनियाँ बजारलाई लक्षित वाहन एसेम्ब्ली लाइन अहिले बन्द छन् र ती चिनियाँ बजारका लागि हुन् । विस्तारै अन्यत्रका संयन्त्रमा पनि यो समस्या फैलिन थालेको छ । हुण्डाईले दक्षिण कोरियामा रहेको आफ्नो एसेम्ब्ली लाइन बन्द ग-यो । उक्त संयन्त्र कोरोनाभाइरसको डरले नभएर चीनबाट आउने सामाग्री बन्द हुँदा अफ्ठ्यारो उत्पन्न भएपछि बन्द गरेको हो ।

    त्यस्तै निसानले चिनियाँ पार्टपुर्जाको अभावमा जापानको क्युशुस्थित उसको संयन्त्रमा ‘उत्पादन मिलान’ गरेको छ । फ्रेन्च कार निर्माता रेनोको दक्षिण कोरियाली कार निर्माणस्थल, फियाट चिस्लरको युरोपस्थित एक संयन्त्र यस्तै खतरामा परेको छ ।

    अन्य गाडि निर्माताले चीनको अवस्थालाई नजिकबाट नियाली रहेको र चीनको अवस्थाले तिनको विश्वव्यापी अपरेसनलाई के असर पार्छ अहिले नै भन्न नसकिने बताएका छन् ।

    ‘परिस्थिति निक्कै तरल छ,’ जीएमका प्रमुख कार्यकारी अधिकृत म्यारा बार्राले लगानीकर्तासँगको कुराकानीमा भनिन् । विज्ञले यस अघिनै विश्वव्यापी गाडि निर्मातामा कोरोनाभाइरसको प्रभाव किन देखिएन भन्ने प्रश्नको पनि जवाफ दिएका छन् ।

    तिनका अनुसार चिनियाँ पार्टपुर्जा संयन्त्र चीनको नयाँ वर्षको अवसरमा बन्द हुने पहिलेनै तय भएकाले अतिरिक्त सामाग्री निर्माण भएका थिए । तर अब ती सामाग्री सकिँदै गएको र नयाँ निर्माण नभइरहेको अवस्थामा अफ्ठ्यारो उत्पन्न भएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ