• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    इमरान खानले मोदीलाई दिए फेरी यस्तो डरलाग्दो चेतावनी, भने- उनको यो कदम अन्तिम ‘गल्ति’ हुनेछ

    11.4K
    SHARES

    एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धम्की दिएजस्तै आफ्नो देशविरुद्ध कुनै कदम उठाएमा त्यो मोदीको अन्तिम गल्ती हुने बताएका छन् । इमरान खानले बिहीवार एक -यालीमा सम्बोधन गर्ने क्रममा मोदीका साथै भारतीय चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको पनि आलोचना गरे ।

    पाकिस्तान प्रशासित कश्मीरको मीरपुरमा ‘कश्मीर एकता दिवस’ मिरपुरमा आयोजित -यालीलाई सम्बोधन गर्ने क्रममा इमरानले भने ,‘ नरेन्द्र मोदीज्यु, तपाईले ११ दिनमा पाकिस्तानलाई ध्वस्त गरिदिने भन्नुभयो । तपाईले संसारको इतिहास पढ्नु भएको छैनजस्तो छ । तपाईको पढाइसम्बन्धी डिग्री जालीजस्तो पो देखियो । तपाईले दम्भी बयान दिनुभएको अवस्थामा म तपाईलाई केही इतिहास स्मरण गराउन चाहन्छु । ’

    पाकिस्तानी प्रधानमन्त्रीले भने ,‘ संसारका सबैभन्दा शक्तिशाली फौज नेपोलियनको फौज र हिटलरको सेनाले रुसमााथि आक्रमण गरिदियो । यी दुवैलाई रुसमाथि केही हप्तामै जित हासिल गर्न सकिन्छ भन्ने विश्वास थियो । तिनलाई रुसमा जाडो सुरु हुुनु अघि जित हासिल हुने लागेको थियो । तर दुवै फौज रुसको जाडोमा नष्ट भए । दुवैको घमण्ड चुर भयो । ’

    इमरान खानले भने ,‘ छेउको अफगानिस्तानलाई नै हेर्नुस् । संसारको सबैभन्दा शक्तिशाली फौज १९ वर्षदेखि त्यहाँको युद्धमा फसेको छ । त्यो सेना केही हप्तामै आफ्नो काम सक्किने सोचेर आएको थियो । भियतनाममा पनि अमेरिकी सेनालाई त्यही लागेको थियो । ’ ‘हाम्रो राष्ट्रविरुद्ध तपाई र तपाईको सेनाले जुन कुरा भन्नु भएको छ, त्यसतर्फ अघि बढ्नु भयो भने त्यो तपाईको अन्तिम गल्ती हुनेछ ,’ इमरानले भने ।

    भारतीय प्रधानमनमन्त्री नरेन्द्र मोदीले अघिल्लो महिना २८ जनवरीमा पाकिस्तानले भारतसँगको युद्ध तीन पटक हासिसकेको र फेरी युद्ध भएमा पाकिस्तान एक हप्तादेखि १० दिनभित्र हार्ने बताएका थिए ।

    मोदीले विगतमा सरकारले पाकिस्तानको छद्म युद्धविरुद्ध सैनिक कारबाहीलाई अनुमती नदिएको बताउँदै भने ,‘ छद्म युद्ध चलाउने विरुद्ध पाठ सिकाउनको लागि हामीले सर्जिकल स्ट्राइक गर्यौं । यी दुई कारबाहीबाट जम्मु–कश्मीरमा शान्ती आएको मात्र होइन, देशको बाँकी हिस्सामा पनि शान्ती छाएको छ ।’

    मोदीले नयाँ दिल्लीमा आयोजित ‘नेशनल क्याडेट कोर’को एक ¥यालीमा उक्त कुरा बताएका थिए । पाकिस्तानका प्रधानमन्त्री खानले यही भनार्ईविरुद्ध बोलेका थिए ।

    यस्तै फेसबुक र ट्वीटरले अमेरिकी संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीसँग जोडिएको एक भिडियो हटाउन गरेको आग्रहलाई अस्वीकार गरेका छन् । उक्त भिडियो राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटर र फेसबुक एकाउन्टमा हालेका छन् ।

    भिडियोमा ट्रम्प ‘स्टेट अफ युनियन’ सम्बोधनका क्रममा अफ्रिकी अमेरिकी सैन्य पाइलटको समूहलाई सम्मान व्यक्त गरिरहदाँ पेलोसी भाषणको प्रति च्यातिरहेकी देखिएकी छन् । ‘सभामुख पेलोसीको पछिल्लो जाली भिडियो नियतबस अमेरिकी नागरिकलाई भ्रममा पार्न ल्याइएको हो ।

    प्ल्याटफर्मले ती सामाग्री हटाउन अस्वीकार गर्नु कम्पनीको कसको स्वास्र्थको काम गरिरहेको छ भन्ने देखाउँछ । उ आम जनताको चाखमा भन्दा पनि तिनको शेयरहोल्डरको स्वार्थमा काम गर्छन् भन्ने कुराको प्रमाणित भएको छ ।’ पेलोसीको स्टाफ प्रमुख ड्र हम्मिलले भने ।

    ट्रम्पले बिहिबार ट्वीट गरेको पाँच मिनेट लामो भिडियाको माथिल्लो भागमा ‘शक्तिशाली अमेरिकी कथा जसलाई न्यान्सी पेलोसीले च्यातिन’ लेखिएको छ । भिडियोमा पेलोसी ट्रम्पको सम्बोधनको प्रति च्यातिरहेको देखिन्छिन् । तर त्यो कार्यबीचमा ट्रम्प अमेरिकी सम्माननीय व्यक्तिहरुलाई सम्मान व्यक्त गरिरहेका देखिन्छन् ।

    खासमा भने पेलोसीले ट्रम्पको भाषणको अन्त्यमा भाषणको प्रति च्यातेकी थिइन् । फेसबुक र अन्य विशाल प्रविधि उद्योग पहिले नै राजनीतिक सामाग्रीप्रतिको व्यवहारलाई लिएर आलोचना खेपिरहेको अवस्थामा यो घटना बाहिरिएको छ ।

    तथापि, ठूला प्रविधि उद्योगसम्बन्धमा अमेरिकाका ठूला कम्पनीलाई कस्तो व्यवहार गरिनुपर्छ भन्ने विषयमा अमेरिकी दुई ठूला दल विभाजित छन् । डेमोक्रेट्सले ती कम्पनीमाथि कडाई गर्नुपर्ने बताएका छन भने रिपब्लिकन पार्टीले ती कम्पनीमाथिको धरपकडले दक्षिणपन्थी राजनीतिज्ञको विचारलाई दबाउने बताएका छन् ।

    प्रतिक्रिया