• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    एमसीसी सम्झौता संशोधन हुने नहुनेबारे अमेरिकी राजदुत बेरीले मुख खोले, दिए ओली-प्रचण्डलाई झट्का लाग्ने प्रतिक्रिया

    18.5K
    SHARES

    काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको अनुदान सम्बन्धी संशोधित सम्झौता अमेरिकालाई मान्य नहुने बताएका छन् । राजदूत बेरीले पोखरामा रोटरी इन्टरनेशनलको सम्मेलनमा सम्झौता संशोधन गरी पारित भए अमेरिकाका लागि मान्य नहुने बताए ।

    ब्रुक्सले राजधानीमा नेकपाका नेता एवं एमसीसीका पदाधिकारीसँगको भेट तीव्र पारिरहेका बेला बेरीले पोखरामा रोटरी इन्टरनेशनलको सम्मेलनमा यस्तो अभिव्यक्ति दिएका हुन्। करिब तीन सय जना सहभागी उक्त सम्मेलनमा एक जनाले सोधेको प्रश्नको जवाफ दिँदै बेरीले एमसीसी सम्झौता संशोधन गरिएमा त्यो अमेरिकालाई मान्य नहुने अभिव्यक्ति दिएका हुन।

    बेरीकाे यस्ताे प्रतिक्रियाले एमसीसी सम्बन्धी सम्झाैता सन्साेधन हुने भनेर आश्वाशसन बाँडेर हिडेका सत्तारु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अधक्ष्य द्वय केपी ओली र प्रचण्डलाई झट्का लागेको छ ।

    सत्तारुढ नेकपामा एमसीसी सम्झौतालाई लिएर नेताहरु विभाजित भएपछि यही माघ १९ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले एमसीसीका विषयमा अध्ययन कार्यदल गठन गरेको छ । नेकपाका नेता भीम रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य सम्मिलित पूर्वप्रधानमन्त्री समेत रहेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले एमसीसी सम्झौताका प्रावधानबारे अध्ययन गरिरहेको छ । कार्यदलले तथ्यका आधारमा सत्य पत्ता लगाउने जानकारी दिँदै यस विषयमा गृहकार्य जारी राखेको छ ।

    एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकका लागि रु ५६ अर्ब सहयोग उपलब्ध गराउनेछ । पाँच वर्षको अवधिमा रकम खर्च गर्नुपर्ने एमसीसीलाई संघीय संसद्ले अनुमोदन गर्नुपर्नेछ ।

    एमसीसी सहायता नचाहिए नलिनू : अमेरिका
    अमेरिकाले नेपाललाई आवश्यक नभए मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता नलिन सुझाव दिएको छ। एमसीसीका विषयमा सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो। अमेरिकाले यसबारे अनावश्यक बहस नगर्नसमेत चेतावनी समेत दिएको छ।

    नेपालमा विकास गरी गरिबी कम गर्ने उद्देश्यले आएको पाँचवर्षे परियोजना एमसीसीलाई सरकारले औपचारिक रूपमा स्वीकार गरिसकेको छ। तर सत्तारूढ दलकै केही प्रभावशाली नेताहरूले यसलाई विवादमा तानेपछि अमेरिकी अधिकारी असन्तुष्ट बनेका हुन्। यही कारण नेपाल र अमेरिकाको सम्बन्ध चिसिन पुगेको अधिकारीहरूको बुझाइ छ।

    सत्तारूढ दलका कतिपय नेताले नेपाली कानुनभन्दा एमसीसी किन ठूलो भन्ने प्रश्न उठाइरहेका छन्। संसद्बाट पारित गराउने हो भने यसका अधिकांश बुँदा संशोधन गर्नुपर्ने माग उनीहरूको छ। प्रधानमन्त्री केपी ओलीले भने हिउँदे अधिवेशनमा एमसीसी पारित हुने जनाउ अमेरिकालाई दिइसकेका छन्। सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम पक्षधर नेताले एमसीसीलाई आईपीएसको हिस्साका रूपमा लिँदै आएका छन्। उनीहरू असंलग्न र पञ्चशीलमा आधारित सम्बन्ध अवलम्बन गरेको नेपालले एमसीसीमा सहभागिता जनाउन नहुने पक्षमा छन्।

    यस्तै नेताहरू भीम रावल र देव गुरुङले पनि एमसीसीको चर्को विरोध गरिरहेका छन्। सत्तारूढ दलका नेताले एमसीसीका विरोधमा उत्रिएको देख्दा अमेरिकी राजदूत र्‍यान्डी बेरी आश्चर्यमा परेको दूतावास स्रोतले बतायो। ‘हाम्रो मनसाय नेपाललाई असजिलो पार्ने छैन। जुन ढंगले बहस भएको छ त्यो असहजझैं देखिन्छ’, एक अधिकारीले भने।

    नेपालको विकास होस् र यस क्षेत्रका भूमिका निर्वाह गरोस् भन्ने अमेरिकी चाहना रहेको ती अधिकारीको भनाइ छ। उनले भने, ‘नेपालले एमसीसी अस्वीकार गरे हामी त्यहीअनुरूप तयार छौं। नेपाल हाम्रो पुरानो मित्र मुलुक हो।’ अमेरिकी अधिकारीहरूले एमसीसीलाई इन्डो प्यासिफिक रणनीति (आईपीएस) सँग नजोड्न पनि आग्रह गरेका छन्।

    अमेरिकी राजदूतले यसअघि नै भनेका छन्, ‘आईपीएस हाम्रो आफ्नो नीति हो। यसमा अन्य मुलुकको झंै सदस्य बनेर सहकार्य गर्न आवश्यक छैन। अमेरिका छद्म रूपमा नआई खुला रूपमै आएर काम गर्छ।’ परराष्ट्र र अर्थ मन्त्रालयका अधिकारीले विरोधका नाममा विरोध गर्न वा सरकारसँग बार्गेनिङ गर्नका लागि केही बुझेका नेताले समेत एमसीसीबारे आपत्ति जनाइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

    ‘आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेको भिडियो हेरेर आईपीएसमा हस्ताक्षर गर्‍यो भनेर कराउने नेता देख्दा दिक्क लागेको छ’, परराष्ट्रका एक अधिकारीले भने, ‘हामी कस्तो कमजोर नेताको कजाइँमा रहेछौं ? अध्ययन र सोचाइ खोइ ? ’

    पूर्वमन्त्री एवम् कांग्रेस नेता डा. रामशरण महतले पनि अध्ययन गरेका भन्दा पार्टी संगठन पढेर आएका नेताका कारण समस्या देखिएको बताए। उनले बुझेका नेताले पनि सत्ताका लागि बार्गेनिङ गरिरहेको भन्दै यसमा जनता चनाखो हुनुपर्ने बताए। उनले भने, ‘आईपीएस र एमसीसी फरक हुन्। एमसीसी सुरु हुँदा आईपीएसको कुरै थिएन। एमसीसी विशुद्ध आर्थिक समृद्धिका लागि सहयोग सम्बन्धमा केन्द्रित छ।’

    एमसीसी अमेरिकाबाट नेपालमा आउन लागेको सबैभन्दा ठूलो दुईपक्षीय सहयोग हो। २०१७ सेप्टेम्बर १४ मा नेपाल र अमेरिकाबीच उक्त सहयोग सम्झौतामा वासिङ्टन डीसीमा हस्ताक्षर भएको हो। सम्झौतामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए। यसमा अमेरिकाको ५६ अर्ब र नेपालको १३ अर्बको लगानी छ।

    ‘पूर्वप्रधानमन्त्रीहरूले समेत एमसीसीलाई अनेकन् बार्गेनिङको विषय बनाउँदा शक्ति मुलुकसँग सम्बन्ध बिग्रने विषय किन चासोमा रहेन ? छिमेकीले पनि शक्ति मुलुकसँगको सम्बन्ध बिगार्न चाहेको देखिँदैन। तर हामी बुज्रुक भएर अघि बढेका छौं’, डा.महतले भने। उनका अनुसार एकै पटक पचास अर्बभन्दा बढी सहयोग अनुदान आउनु चानचुने विषय होइन।

    एमसीसी विश्वव्यापी गरिबी न्यूनीकरण गर्न अल्पविकसित तथा विकासोन्मुख मुलुकलाई दिने सहायताका रूपमा सन् २००४ मा स्थापित सहायता संयन्त्र हो। यो सहायता अमेरिकाको सत्ता र प्रतिपक्ष दुवैले पारित गरेपछि मात्र सम्बन्धित मुलुकमा पुग्नेछ। यसैले सहयोग लिने मुलुकले पनि संसद्बाटै पारित गर्नुपर्ने प्रावधान छ। अमेरिकाले ४४ मुलुकमा यो कार्यक्रमअन्तर्गत सहयोग गरिरहेको छ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ