• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    बिरामी बोक्ने एम्बुलेन्स भित्र देखिएको यस्तो दृश्यले उडायो सबैको होस

    5.7K
    SHARES

    काठमाडौं । सामान्य रुपमा हेर्दा एम्बुलेन्स भनेको बिरामी बोक्नका लागि हो । तर, सुदूरपश्चिम प्रदेश सरकारले हस्तान्तरण गरेको एम्बुलेन्समार्फत वन्यजन्तु ओसारपसार गर्ने गरेको खुल्न आएको छ ।

    प्रदेशको सामाजिक विकास मन्त्रालयले बैतडीको डिलाशैनी गाउँपालिकालाई हस्तान्तरण गरि सञ्चालनमा ल्याएको उक्त एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गर्ने गरेको प्रमाण फेला परेको हो । आज कञ्चनपुरवाट फर्केर डिलाशैनी गाउँपालिकातर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा चित्तल फेला परेको हो ।

    दिउँसो १ बजे इलाका प्रहरी कार्यालय दार्चुलाले चेकजाँच गर्दा एम्बुलेन्समा चित्तल भेट्टिएको हो । कञ्चनपुरबाट फर्किदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चित्तल मारेर ल्याएको एम्बुलेन्स चालक महेश बोहराले प्रहरीसमक्ष बयान दिएका छन् । एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । चित्तल वन कार्यालयलाई बुझाउने र चालकलाई कानुनअनुसार कार्वाही गरिने प्रहरीले जानकारी दिएको छ ।

    यस्तै गम्भीर अ’परा’धमा संलग्न भएको भन्दै प्रहरीले २ महिलालाई नियन्त्रणमा लिएको छ । महोत्तरीको जलेश्वरमा आईतवार प्रहरीले ठूलो परिमाणमा गाँ’जासहित दुई जना महिलालाई रंगेहात पक्राउ गरेको हो । जानकारी अनुसार पर्साको मधुवनी गाउँपालिका ४ कि ४५ वर्षीया सलटनी माझी मुसहर र ४८ वर्षीया पानो देवी पासवान गाँ’जासहित पक्राउ परेका हुन् ।

    उनीहरु गाँ’जा बोकेर ज.१स.१३१२ नम्बरको टेम्पुमा चढेर मटिहानी चोकबाट बखरीचोकतिर जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु दुई जनालाई जलेश्वर १ स्थित नगरपालिकाचोकबाट जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १२ किलो गाँ’जा प्रहरीले बरामद गरेको छ । घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ