• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अछाममा सामना परिवारको सांस्कृतिक कार्यक्रममा प्रहरी हस्तक्षेप, स्थानीय भन्छन- ‘बम पनि पड्कियो’

    9.2K
    SHARES

    समिर चन्द, काठमाडाैं । अछाममा प्रहरीले सामना परिवारका कलाकारको सांस्कृतिक कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । जिल्लाको तुर्माखाँद गाउँपालिकाको वडा नम्बर ५ को जम्पानीमा सामनाका कलाकारहरुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो । विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीनिकट रहेकाे सामाना परिवारका कलाकारहरूले कार्यक्रम सुरू गर्नै लाग्दा प्रहरीले घेराबन्दी गरेको नेकपा अछामले संचारकेन्द्रलाई बतायो ।

    ‘सामानको टोलीले कार्यक्रम सुरु गर्नै लागेको बेलामा ठुलो जत्थामा आएको प्रहरीले हस्तक्षेप गर्यो । तर त्यहाँबाट सबै साथीहरु निस्किन सफल हुनुभएको छ ।’ संचारकेन्द्रको टेलिफोन सम्पर्कमा आएका नेकपा अछामका इन्चार्ज नबिनले भने -‘प्रहरीले जन कलाकारसहित हाम्रो पार्टीका साथीहरुलाई पनि करिब १ घण्टासम्म पिछा समेत गर्यो ।’ इन्चार्ज नबिनले राजनीतिक एजेन्डासहित जनताको घर दैलोमा पुगेकाे आफ्नो पार्टीमाथि पटकपटक धरपकड र हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् ।

    उनले जनतालाई तर्साउने र आतंकित पार्ने कार्य नगर्न स्थानीय प्रशासनलाई आग्रह समेत गरेका छन्। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अछामका प्रमुखहरुले जनताको रक्षक या सेवकभन्दा पनि सत्तारुढ दलका नेता कार्यकर्ता बनेर आफुहरुबिरुद्द हस्तक्षेपमा उत्रिएको उनको आरोप छ । ‘अहिले अछाममा यहाँको स्थानीय प्रशासनले जति राज्य आतंक सिर्जना गरेको छ त्यसले के प्रष्ट पार्छ भने यँहाका सिडिओ भोजराज श्रेष्ठ र प्रहरी प्रमुख दिपक भारती जनताको सेवकभन्दा पनि सत्तारुढ दलका नेता कार्यकर्ता बढी हुनुहुन्छ । उहाँहरु दलाल राज्यसत्ताका पहरेदार बनिरहनु भएको छ । यसो नगर्न हामी पुनः उँहाहरुलाई आग्रह गर्दछौ ।’

    दमन र धरपकड जारी राखे जनताले यसको जवाफ अवश्य दिने उनको चेतावनी छ । यसैबीच जिल्लाको मालुबेलामा ठुलो आवाजसहित बिस्फोट भएको खबर पनि प्राप्त भएको छ । मालुबेलाबाटै संचारकेन्द्रको टेलिफोन सम्पर्कमा आएका एक स्थानीयले उक्त क्षेत्रमा ठुलो बिस्फोटको आवाज सुनिएको बताएका छन् । प्रहरी र नेकपा नेता कार्यकर्ताबीच लखेटालखेट भैरहेको समयमा उक्त बिस्फोटको आवाज आएकाले बम पड्किएको हुनसक्ने स्थानीयको अनुमान छ ।

    बिस्फोटबाट केहि क्षति भए नभएको समेत केहि जानकारी प्राप्त हुन सकेको छैन । यस बिषयमा जिल्ला प्रहरी कार्यालय अछामले भने आफुहरुलाई केहि पनि जानकारी नआएको बताएको छ।

    प्रतिक्रिया