• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    ट्रम्पलाई फोन गरेर राष्ट्रपति सीले भने- हामीले जनयुद्ध घोषणा गरिसक्यौ, विश्वभर हलचल

    37.9K
    SHARES

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ। चीनको वुहानबाट फैलिएको नोवेल कोरोनाभाइरसको सन्त्रास विश्वभरि फैलिएका बेला ट्रम्प र सीबीच टेलिफोनमा कुराकानी भएको हो।

    ‘कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि स्रोतको परिचालन र तीव्र काम गरेर हामीले विस्तृत र निकै कडा मापदण्ड अपनाएका छौं। हामीले रोकथाम र नियन्त्रणका माध्यमबाट हामीले यो महमारीविरूद्ध जनयुद्ध घोषणा गरेका छौं,’ सीलाई उद्धृत गर्दै सिसिटिभीले लेखेको छ।

    कुराकानीका क्रममा सीले ट्रम्पससँग कोरोनाभाइरससँग लड्ने आत्मविश्वास र क्षमता चीनसँग रहेको उल्लेख गर्दै चिनियाँ अर्थतन्त्रको दीर्घकालीन सकारात्मक ट्रेन्ड परिवर्तन नहुने बताएको ग्लोबल टाइम्सले जनाएको छ।

    कोरोनाभाइरस फैलिएदेखि नै ले चीन सरकार र चिनियाँ नागरिकले यसविरूद्ध लड्न कुनै कसुर बाँकी नराखेको सीको भनाइ थियो। यसअघि चीनले कोरोनाभाइरससँग लड्न अमेरिकाले सहयोग नगरेको बरू संसारभरि त्रास फैलाएको आरोप लगाएको थियो।

    यस्तै राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृ’त्युसम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्र’कोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी वुहानमा एक निरीक्षण समूह पठाउने निर्णय गरेको छ ।

    सञ्चारमाध्यमहरूले जनाएअनुसार चिकित्सक लीले सबैभन्दा पहिले वुहानमा नयाँ कोरोना भाइरस सङ्क्रमणले प्रकोपको स्वरूप लिने सम्भावना रहेको भन्दै यसप्रति विश्व स्वास्थ्य संगठन तथा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

    निरीक्षण समूह पठाउने निर्णयलाई चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले अनुमोदन गरेको आयोगद्वारा शुक्रबार आफ्नो वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ । वुहानको केन्द्रीय अस्पतालका नेत्र रोग विशेषज्ञ लीको डाक्टरको उत्तम प्रयासको बावजुद कोरोना भाइरस सङक्रमित भएपछि मृत्यु भएको हो ।

    राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले शुक्रबार एक विज्ञप्तिमार्फत् लीको मृत्युप्रति गहिरो समवेदना व्यक्त गरेको छ । एनएचसीले चिकित्सा कर्मीहरु, जसले व्यक्तिगत चुनौती र जोखिमबीच महामारी नियन्त्रणको नेतृत्व गरिरहेका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति बिशेष आभार प्रकट गर्दै उनीहरूको राज्यबाट उच्च मूल्याङ्कन भएको उल्लेख गरेको छ ।

    महामारी नियन्त्रणको यो अत्यन्त महत्वपूर्ण घडीमा सम्पूर्ण समाजले चिकित्साकर्मीहरूलाई बढी सहयोग गर्नु पर्छ साथै समस्यालाई पार गर्न र भाइरसको प्रकोप विरुद्धको लडाईमाथि विजयका लागि एकजुट बन्नुपर्छ, एनएचसीले भनेको छ । यसबाहेक वुहान नगरपालिका प्रशासनले शुक्रबार एक सूचनामा लीको मृत्युप्रति शोक व्यक्त गरेको छ ।

    ‘हामी यस घडीमा उहाँको निधनप्रति गहिरो समवेदना व्यक्त गर्छौं, महामारीको बिरूद्ध अग्रमोर्चामा लड्ने उहाँलाई सम्मान व्यक्त गर्दछौँ साथै उहाँको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं,’ स्थानीय नगर प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

    को थिए उनी ?
    जनवरी महिनाको शुरुवातमा वुहानका अधिकारीहरुले नयाँ कोरोना भाइरस फैलिएकोबारे सुरुमा समाचार लुकाउन खोजेका थिए। यी डाक्टरले नयाँ कोरोना भाइरसबारे जानकारी दिन खोजे पनि प्रहरीले उनलाई घरमै पुगेर अफवाह बन्द गर्न चेतावनी दिएको थियो।

    शुरुवातमा ‘हल्लाबाज’ को संज्ञा पाएका ती डाक्टरलाई त्यसको एक महिनापछि भने नायकको संज्ञा पाएका थिए। चिनियाँ अधिकारीको चेतावनीका बाबजुद वुहानको केन्द्रीय अस्पतालको शय्याबाट डाक्टर लि वेनलियाङले विश्वलाई नयाँ कोरोना भाइरसबारे सामाजिक सन्जालमा जानकारी दिएका थिए।

    उनको जानकारीपछि यसबारे विश्वभर सचेतना फैलाउन थालिएको थियो । डाक्टर लिका अनुसार उनले डिसेम्बर महिनामै नयाँ कोरोना भाइरस फैलिएको पत्ता लगाएका थिए । उनी ७ वटा रोगीको उपचारमा खटेका थिए।

    उनले सन् २००३ को सार्स रोगजस्तै यस भाइरस भएको पत्ता लगाएका थिए। सार्स भाइरस सन् २००२ नोभेम्बर देखि २००३ को जुलाईमा चीनमै देखिएको थियो। सार्स १७ देशमा फैलँदा ७७४ को मृत्यु हुनुको साथै ८ हजार ९८ जनामा यसको संक्रमण देखिएको थियो।

    जब डाक्टर लिले नयाँ भाइरसबारे चेतावनी दिन थाले। उनलाई पब्लिक सेक्युरिटी ब्युरोबाट हल्ला र त्रास फैलाएको र सामाजिक व्यवस्थामा खलल पुर्याएको आरोप लाग्यो। डिसेम्बर ३० मा लिले आफ्ना सहपाठीहरुलाई नयाँ भाइरस देखिएको र त्यसबाट बच्न मास्क तथा भाइरस प्रतिरोधी पोशाक लगाउन सुझाएका थिए ।

    ब्युरोले चेतावनीपूर्ण भाषामा लिलाई भनेको थियो,‘हामी गम्भीर रुपमा तपाइँलाई चेतावनी दिन्छौं, तपाइँ आफ्नो जिद्दी छाड्नुहोस्, हल्ला बन्द गर्नुहोस्।’ लिले गरेको हल्लाले समाज त्रसित र भयभित मात्र हुने बताइएको थियो। लिमाथि अफवाह फैल्याएकोमा प्रहरीले अनुसन्धान समेत गरेको थियो।

    त्यसपछि जनवरीमा डाक्टर लिले चिनियाँ वेबसाइट विबोमा आफ्ना भनाइहरु प्रकाशित गरे। उनले आफूले थाहा पाएको भाइरसबारे सबै प्रस्टसँग राखेका थिए । जनवरीको पहिलो हप्ता वुहानमा डाक्टरहरुले कोरोनाबाट पीडितको उपचार सामान्य रुपमै गरिरहेका थिए। प्रहरीले अनुसन्धान गरिसकेपछि लिले एक महिलाको उपचार गर्नुपर्ने थियो।

    उनलाई थाहा थिएन कि उनमा नयाँ नोबल कोरोनाको संक्रमण छ। त्यसपछि लिपनि कोरोनाबाट संक्रमित बने। उनले अस्पतालको शय्याबाटै आफूलाई के भइरकेको छ जानकारी दिन थालेपछि कोरोनाबारे विश्वमा सचेतना फैलिएको छ। जनवरी १० मा डाक्टर लिले आफूलाई कफ भएको विबोमा बताए। त्यसको दुई दिनपछि उनी अस्पतालमा भर्ना भए। उनको परिवार नै बिरामी पर्यो।

    डाक्टर लिमा नयाँ कोरोना संक्रमण भएको दश दिनपछि अर्थात् जनवरी २० मा चीनले कोरोना भाइरसलाई खतराको संज्ञा दियो। चीनमा स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरियो। हाल विश्वभर प्रशंसा कमाइरहेका डाक्टर लिको बिहीबार निधन भएको हो। नोबल कोरोनाभाइरसबाट विश्वव्यापी रुपमा २८,००० भन्दा बढी मानिस संक्रमित भएका छन् भने ५६३ जनाको मृत्यु भइसकेको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि महाअभियोगमा साक्षीका रुपमा प्रस्तुत भएका दुई उच्च अधिकारीलाई बर्खास्त गरेका छन् । अमेरिकी तल्लो सदनमा भएको ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको क्रममा सुनुवाइमा उपस्थित भएका उच्च अधिकारीलाई ट्रम्पले बर्खास्त गरेको बीबीसीले उल्लेख गरेको छ ।

    तल्लो सदनले महाअभियोग लगाए पनि माथिल्लो सदन सिनेटबाट ट्रम्पले सफाइ पाएका छन् । माथिल्लो सदन सिनेटले गएको बुधबार महाभियोगमा ट्रम्पलाई दोषी ठहर नगर्ने पक्षमा मतदान गरेको हो । त्यसपछि राष्ट्रपति ट्रम्पले आफूविरुद्ध तल्लो सदनमा भएको अनुसन्धानको क्रममा बयान दिएका अधिकारीलाई बर्खास्त गरेका हुन् ।

    ट्रम्पले युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सण्डल्याण्ड र युक्रेनका सम्बन्धमा उच्च अमेरिकी विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेक्जान्डर भिण्डम्यानलाई बर्खास्त गरेका हुन् । भिण्डम्यानलाई बर्खास्त गरेको केही घण्टापछि नै ट्रम्पले तत्काल लागु हुने गरी इयुका लागि अमेरिकी राजदूत सण्डल्याण्डलाई फिर्ता बोलाएका हुन् ।

    सिनेटबाट महाअभियोगमा सफाइ पाएसँगै ट्रम्पले आफूविरुद्ध सुनुवाईमा उपस्थित भएका अधिकारीहरुलाई बर्खास्त गर्ने तयारी गरेको र यसकै प्रक्रिया अन्तर्गत सण्डल्याण्ड र भिण्डम्यानलाई उनले हटाएको बताइएको छ । बुधबार सिनेटमा भएको ऐतिहासिक मतदानमा सिनेटले अमेरिकाका ४५ औँ राष्ट्रपतिलाई बर्खास्त नगर्ने पक्षमा मत दिएको हो । अमेरिकाको इतिहासमा ट्रम्प महाअभियोग लाग्ने तेस्रो राष्ट्रपति हुन् ।

    प्रतिक्रिया