• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    को’रोना भा’इ’रसबारे लिक भएको तथ्यमा भयो यस्तो नयाँ खुलासा, विश्वभर हलचल

    30.9K
    SHARES

    काठमाडौं । अहिले चीनमा मात्रै नभई विश्वभर त्रा’स फैलाएको कोरोना भाइरसबारे नयाँ खुलासा भएको छ । धेरै विशेषज्ञले वुहान कोरोनाभाइरस प्र’कोपका लागि चीनको तथ्याङकको सत्यतामाथि प्रश्न खडा गरेका छन् । टेंन्सेन्टले सप्ताहन्तमा अन्जानमै सार्वजनिक सं’क्रमण र मृ’त्युको वास्तविक संख्या कति छ भनेर पत्ता लगाएको देखिन्छ । यो आधिकारिक आंकडाभन्दा खगोलीय तवरले बढी थियो तर पूर्वानुमानहरूसँग मिल्दोजुल्दो छ । सम्मानित वैज्ञानिक पत्रिकाले यस्तो डरलाग्दो खुलासा गरेको हो ।

    जनवरी २६ को सुरुतिर नै नेटिजानहरूले रिपोर्ट गरिरहेका थिए कि टेंन्सेन्टले आफ्नो वेबपेजमा ‘एपिडेमिक सिच्युएशन ट्रैकर’ शीर्षकले चीनको नोबेल कोरोनाभाइरस–२०२० मा संक्षिप्त डाटा देखाउँदै छ जुन आधिकारिक अनुमानभन्दा धेरै बढी थियो । चीनमा कोरोना भा’इरसको कारण अहिलेसम्म ५६२ भन्दा बढी व्यक्तिको मृ’त्यु भइसकेको छ । तर चीनमा कोरोनाबाट मृत्यु हुनेको बारेमा एउटा ठूलो खुलासा भएको छ । जसले चारै तिर हल’चल म’च्चियो । वास्तवमा चीनको दोस्रो ठूलो कम्पनी टेंन्सेन्टको डाटा लीक भएको छ, जसमा को’रोना भाइ’रसबाट मृ’त्यु हुनेहरुको संख्या देख्दा एकदमै स्तब्ध पार्ने छ।

    टेन्सेन्टका अनुसार कोरोना भा’इरसको कारण हालसम्म २४ हजार भन्दा बढी व्यक्तिको मृ’त्यु भइसकेको छ । यद्यपि चीन सरकारले दाबी गरेको छ कि हालसम्म ५६२ जना मात्र को’रोना भाइरसले मरेका छन् । अर्कोतर्फ, यो डाटा सोशल मिडियामा भाइरल भएपछि, कम्पनीले आफ्नो डाटा परिवर्तन गर्नुपरेको छ । कम्पनीले परिवर्तन गरेका तथ्याङकहरू कम्पनीको डाटासँग मेल खाँदैन । यो डाटा सोशल मिडियामा भाइरल भएपछि चीन कम्युनिष्ट पार्टीको सरकारले कोरोना भाइरसको गम्भीरता लुकाइरहेको आरोप लगाएको छ ।

    ताइवान न्यूजको एक रिपोर्टमा भनिएको छ कि चिनियाँ कम्पनी टेसेन्टको डाटा धेरै देशहरूमा फैलियो । यो भनिएको छ कि चीनमा को’रोना भाइरसको कारण हालसम्म १ लाख ५४ हजार भन्दा धेरै व्यक्ति प्रभावित भएका छन् । यस भाइरसका कारण २४ हजार ५८९ मानिस म रेका छन् । यद्यपि सोशल मिडियामा हंगामा भएपछि कम्पनीले आफ्नो गल्ती महसुस गर्यो र कम्पनीले पुरानो तथ्याङक हटायो । अमेरिका लगायत पश्चिमा देशहरुले चीनले सत्य कुरा लुकाइरहेको आरोप लगाउँदै आइरहेका छन् ।

    यो डाटाको बारेमा प्रयोगकर्ताहरूमा पनि मतभिन्नता उत्पन्न भएको छ जुन सोशल मिडियामा भाइरल भयो । केही व्यक्तिहरू मानविय त्रुटिका कारण को यो मूल डाटा अनलाइन लिक भएको भन्छन् । तर केहि प्रयोगकर्ताहरू भन्दै छन् कि कम्पनीका एक कर्मचारीले जानाजानी वास्तविक डाटा लीक गरेका हुन् । ताकि विश्वले कोरोना भाइरसको सहि अवस्थालाई सही रूपमा पत्ता लगाउन सकोस् । विश्वका धेरै देशहरुले चीनसँगको सम्पर्क विच्छेद गरेका छन् । भाइरसका कारण चीनको अर्थतन्त्र धरापमा परेको छ ।

    बुधवार चिनियाँ सरकारले दाबी गरे कि नयाँ कोरोना संक्रमितको संख्या पछिल्लो दुई दिनमा घटेको छ । यो आशा गर्न सकिन्छ कि विभिन्न उपायहरूको कारणले, यसको प्रभावलाई नियन्त्रण गर्न मद्दत गर्न सक्छ । चिनियाँ सरकारको तथ्याङकका अनुसार चीनमा मर्नेको संख्या ५६२ पुगेको छ ।

    म’रेका व्यक्तिको संख्या बढ्दै जाँदा हङकङले चीनबाट आउने सबैलाई शनिबार देखि दुई हप्तासम्म परिवारबाट छुट्टै रेखदेखमा राख्ने बताएको छ । यस्तै यता नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजनाअनुरूप समग्र तयारीमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

    विहीवार(आज) प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरू सहितको विशेष बैठकमा प्रधानमन्त्री ओलीले सम्पूर्ण कार्य योजनाबद्द रूपमा सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्री ओलीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई नेपाल ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्द रूपमा सम्पन्न गर्न ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरि चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन समेत उनले बैठकमा निर्देशन दिए ।

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएका थिए । १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

    कोरोनाबारे सबैभन्दा पहिले जानकारी दिएर धेरैको ज्यान जाेगाउने डाक्टरको मृत्यु, बिश्व नै स्तब्ध
    चीनमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ। कोरोना भाइरसबाट संक्रमित लि वेनलियाङकोे बिहिबार वुहानमा मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको हो ।

    बिहीबार विश्व स्वास्थ्य संगठन (डब्लु एचओका)ले पत्रकार सम्मेलन गरी उनको मृत्यु भएको पुष्टि गरेको हो । पत्रकार सम्मेलनमा डब्लएचओका अधिकारीहरुले भने, ‘हामी डा. ली वेनलिङ गुमाएकोमा धेरै दुःखी छौं ।’

    को थिए उनी ?
    जनवरी महिनाको शुरुवातमा वुहानका अधिकारीहरुले नयाँ कोरोना भाइरस फैलिएकोबारे सुरुमा समाचार लुकाउन खोजेका थिए। यी डाक्टरले नयाँ कोरोना भाइरसबारे जानकारी दिन खोजे पनि प्रहरीले उनलाई घरमै पुगेर अफवाह बन्द गर्न चेतावनी दिएको थियो।

    शुरुवातमा ‘हल्लाबाज’ को संज्ञा पाएका ती डाक्टरलाई त्यसको एक महिनापछि भने नायकको संज्ञा पाएका थिए। चिनियाँ अधिकारीको चेतावनीका बाबजुद वुहानको केन्द्रीय अस्पतालको शय्याबाट डाक्टर लि वेनलियाङले विश्वलाई नयाँ कोरोना भाइरसबारे सामाजिक सन्जालमा जानकारी दिएका थिए।

    उनको जानकारीपछि यसबारे विश्वभर सचेतना फैलाउन थालिएको थियो । डाक्टर लिका अनुसार उनले डिसेम्बर महिनामै नयाँ कोरोना भाइरस फैलिएको पत्ता लगाएका थिए । उनी ७ वटा रोगीको उपचारमा खटेका थिए।

    उनले सन् २००३ को सार्स रोगजस्तै यस भाइरस भएको पत्ता लगाएका थिए। सार्स भाइरस सन् २००२ नोभेम्बर देखि २००३ को जुलाईमा चीनमै देखिएको थियो। सार्स १७ देशमा फैलँदा ७७४ को मृत्यु हुनुको साथै ८ हजार ९८ जनामा यसको संक्रमण देखिएको थियो।

    जब डाक्टर लिले नयाँ भाइरसबारे चेतावनी दिन थाले। उनलाई पब्लिक सेक्युरिटी ब्युरोबाट हल्ला र त्रास फैलाएको र सामाजिक व्यवस्थामा खलल पुर्याएको आरोप लाग्यो। डिसेम्बर ३० मा लिले आफ्ना सहपाठीहरुलाई नयाँ भाइरस देखिएको र त्यसबाट बच्न मास्क तथा भाइरस प्रतिरोधी पोशाक लगाउन सुझाएका थिए ।

    ब्युरोले चेतावनीपूर्ण भाषामा लिलाई भनेको थियो,‘हामी गम्भीर रुपमा तपाइँलाई चेतावनी दिन्छौं, तपाइँ आफ्नो जिद्दी छाड्नुहोस्, हल्ला बन्द गर्नुहोस्।’ लिले गरेको हल्लाले समाज त्रसित र भयभित मात्र हुने बताइएको थियो। लिमाथि अफवाह फैल्याएकोमा प्रहरीले अनुसन्धान समेत गरेको थियो।

    त्यसपछि जनवरीमा डाक्टर लिले चिनियाँ वेबसाइट विबोमा आफ्ना भनाइहरु प्रकाशित गरे। उनले आफूले थाहा पाएको भाइरसबारे सबै प्रस्टसँग राखेका थिए । जनवरीको पहिलो हप्ता वुहानमा डाक्टरहरुले कोरोनाबाट पीडितको उपचार सामान्य रुपमै गरिरहेका थिए। प्रहरीले अनुसन्धान गरिसकेपछि लिले एक महिलाको उपचार गर्नुपर्ने थियो।

    उनलाई थाहा थिएन कि उनमा नयाँ नोबल कोरोनाको संक्रमण छ। त्यसपछि लिपनि कोरोनाबाट संक्रमित बने। उनले अस्पतालको शय्याबाटै आफूलाई के भइरकेको छ जानकारी दिन थालेपछि कोरोनाबारे विश्वमा सचेतना फैलिएको छ। जनवरी १० मा डाक्टर लिले आफूलाई कफ भएको विबोमा बताए। त्यसको दुई दिनपछि उनी अस्पतालमा भर्ना भए। उनको परिवार नै बिरामी पर्यो।

    डाक्टर लिमा नयाँ कोरोना संक्रमण भएको दश दिनपछि अर्थात् जनवरी २० मा चीनले कोरोना भाइरसलाई खतराको संज्ञा दियो। चीनमा स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरियो। हाल विश्वभर प्रशंसा कमाइरहेका डाक्टर लिको बिहीबार निधन भएको हो। नोबल कोरोनाभाइरसबाट विश्वव्यापी रुपमा २८,००० भन्दा बढी मानिस संक्रमित भएका छन् भने ५६३ जनाको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया