• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    भर्खरै गयो फेरी ५.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प ठुलो धक्का, स्थानिय त्रसित केछ अवस्था

    8.9K
    SHARES

    एजेन्सी । इबाराकी नाका क्षेत्रमा बिहीबार ५.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । मौसम विज्ञान विभागका अधिकारीहरूले स्थानीय समय अनुसार बेलुका ८.२० बजे भूकम्प आएको जानकारी दिएका छन् । उक्त शक्तिशाली भूकम्प जापानमा गएको हो ।

    भूकम्प आएपनि सुनामीको कुनै खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । जापान भूकम्पीय दृष्टिकोणले अतिसंवेदनशील मुलुक हो । जापानमा हरेक बर्ष दर्जनौँ पटक भूकम्प जाने गरेको छ ।

    यस्तै उता चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा बिरामी राख्ने बेडको अभाव देखिएको छ । यस भाइरसबाट बिहीबारसम्म ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी बिहीबार प्राप्त समाचारअनुसार यस भाइरसबाट चीनभर २८ हजार व्यक्ति सङ्क्रमित भएका छन् ।

    गत वर्षको अन्तमा जनावरहरु बेच्ने बजारबाट उत्पत्ति भएको भनिएको कोरोनाभाइरस चीनको करिब २४ ओटा प्रान्तमा फैलिएको पुष्टि भएको छ । बिहीबार एशियाली समूद्रको यात्रामा रहेका दुइ पानी जहाजमा हजारौँ व्यक्ति घण्टौँसम्म फसेका थिए । जसमध्ये २० जनालाई कोरोना भाइरसको सङक्रमण देखिएको बताइएको छ ।

    यस भाइरसको महामारीको केन्द्रको रुपमा रहेको हुबेई प्रान्तको उहानले १ हजार ६०० शैयाको अस्पताल निर्माण गरेको छ । यसअघि यसै हप्ताको शुरुमा नै एक हजार शैया भएको अस्पताल बनाइसकेको छ ।
    विश्व स्वास्थ्य सङ्गठनले चीनको हुबेइमा शीघ्र सङ्क्रमण भइरहेको भए पनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटपूट रहेको बताएको थियो ।

    चीनका अधिकारीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गरेका र अन्य प्रभावित मुलुकले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानी अपनाएको पाइएको पनि उक्त सङ्गठनले जनाएको छ । चीनको हुबेइका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न सफलता मिल्ने अन्तर्राष्ट्रिय समूदायले विश्वास व्यक्त गर्दै आएको छ ।

    त्यस्तै चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर वृद्धि गर्ने घोषणा गरेको थियो ।

    चिनियाँ कर आयोगका अनुसार अमेरिकी प्रशासनले चिनियाँ वस्तुमा करवृद्धि गर्ने घोषणा गरेपछि त्यसको प्रतिशोध स्वरुप चीनले पनि गत वर्ष सेप्टेम्बरमा एक हजार ७ सय भन्दा बढी किसिमका अमेरिकी वस्तुमा करवृद्धि गर्ने योजना सार्वजनिक गरेको थियो । करहरु ५ र १० प्रतिशत थिए ।

    दश प्रतिशत करको दायरमा मुख्य रुपमा ताजा सामुद्रिक खाना, कुखुरा र सोयाबिन रहेका थिए । चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धलाई स्वस्थ र स्थिर राख्ने प्रयत्न स्वरुप कर कटौती गरिएको जनाइएको छ ।

    कर कटौतीको प्रस्ताव आगामी फागनु २ गतेदेखि लागू हुने छ । अमेरिकले पनि करिब १२० अर्ब डलर बराबरका चिनियाँ सामानमा थप कर नलिने घोषणा गर्ने अपेक्षा गरिएको छ ।

    अमेरिका र चीनले गत जनवरीमा व्यापार युद्धलाई मत्थर बनाउन र समझदारी विकास गर्न आंशिक व्यापार सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।

    प्रतिक्रिया