• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    २ घण्टा नबित्दै अदातल परिसरबाट गिरफ्तार ३ पत्रकार रिहा

    2.3K
    SHARES

    काठमाडाैं । उच्च अदालत पाटन परिसरबाट गिरफ्तार ३ पत्रकार रिहा भएका छन् । जनवादी गायक तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइलासहितका नेताहरू रिहा हुने भएपछि समाचार संकलनका लागि पुगेका पत्रकारहरु खम्बु चन्द, धनन्जय बुढा र शाहस भट्टलाई जिल्ला अदालत ललितपुरबाट प्रहरीले गिरफ्तार गरेकाे थियाे ।

    क्रान्तिकारी पत्रकार संगठन नेपालकाे पहलमा तीनै जना पत्रकार गिरफ्तार परेकाे २ घण्टा नबित्दै रिहा भएका हुन । उनीहरूकाे रिहाइका लागि क्रान्तिकारी पत्रकार सँगठन नेपालका महासचिव बाबुराम भुषालसहितका पत्रकार नेताहरू महानगरीय प्रहरी परिसर जावलाखेल पुगेका थिए ।

    तीनै जना पत्रकारसहित गिरफ्तार खेलाडी पुरूषाेत्तम न्याैपाने च राजन राइ पनि रिहा भएका छन् । समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई बिना कारण गिरफ्तार गरेर राज्यले प्रेश तथा अभिव्यक्ति स्वतन्त्रतामा बारम्बार प्रहार गर्दै आएकाे भन्दै क्रान्तिकारी पत्रकार सँगठन नेपालले आपत्ति समेत जनाएकाे छ । उक्त संगठनले यस्ता प्रेसविराेधी हर्कत बन्द गर्न पनि माग गरेकाे छ ।

    आइतबार माइला लामासहित नेकपा नेताहरू नबिन बिश्वकर्मा, धिरेन्द्रा उपाध्याय र इश्वरलाई उच्च अदालत पाटनले रिहा गर्न आदेश दिएकाे थियाे । तर अदालतकाे आदेशलगत्तै रिहा भएका नेताहरूलाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको थियो ।

    सोहि क्रममा फोटो र भिडियो लिइरहेको अवस्थामा प्रहरीले अथक मासिकका प्रकाशक खम्बु चन्द, अनलाइन डबली डटकमका पत्रकार धनन्जय बुढा र रेडियाे मिर्मिरेका पत्रकार शाहस भट्टलाई समेत प्रहरीले समातेर लागेको हाे । उनीहरूलाई महानगरीय प्रहरी परिसर जावलाखेलमा राखिएकाे थियाे ।

    ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालयमा भएको ब’म वि’स्फो’टको घटनामा संलग्न रहेको भन्दै लामासहित नेकपा नेताहरूलाई पुर्पक्षामा पठाउने फैसला गरेको थियो । त्यस्तै जिल्ला अदालतले राज्य वि’रु’द्धको अपराध समेत ठहर गरेको थियो । जिल्ला अदालतको उक्त आदेशलाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत ललितपुरको आदेशवि’रुद्ध उनीहरुका परिवार उच्च अदालत गएका थिए ।

    उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विहीबार चारै नेतालाई निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियाे । उनीहरुलाई विभिन्न समयमा प्र’हरीले गि’र’फ्तार गरेर हि’रा’सतमा लिएपछि ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि भन्दै नख्खु का’रा’गारा चलान गरेको थियो ।

    प्रतिक्रिया