• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कुमालगाउँमा हिमचुलीको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

    2.9K
    SHARES

    खगेन्द्र बुढा, कालीकोट । कर्णाली प्रदेशस्तरीय सहकारी संघ लिमिटेडका सचिव तथा हिमचुली कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कालीबहादुर महताराले कर्जा लिएर भन्दा पनि कमाई गरेको रकम बचत गरेमा मात्रै व्यक्ति धनी बन्नसक्ने बताएका छन् ।

    जिल्लाको नरहरिनाथ गाउँपालिकामा आइतबार हिमचुली कृषि सहकारी संस्था लिमिटेडको कुमालगाउँ सेवा कार्यालयस्तरीय अर्धवार्षिक समिक्षा तथा केन्द्र प्रमुखहरुकाे गोष्ठीमा बाेल्दै अध्यक्ष महताराले यस्ताे बताएका हुन् ।

    संस्थाको कुमाल गाउँ सेवा कार्यालयका व्यवस्थापक मनीका बोहराको अध्यक्षता तथा संस्थाका अध्यक्ष कालिबहादुर महताराको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा सहकारी संस्थाका गठित समुहहरुका अध्यक्षहरुको ५० जना महिलाहरुको उपस्थितिमा भएको हो ।

    उक्त कार्यक्रममा सेवा कार्यालयले आर्थिक वर्ष २०७६/०७७मा ६ महिनामा भए गरेका कार्यक्रमहरुको समिक्षा र आगामी कार्यक्रमका बारेमा छलफलसहित केन्द्र व्यवस्थापनसम्बन्धि ११ बुँदे प्रतिवद्धतासहित सम्पन्न भएको छ । त्यसैगरी गठित केन्द्रलाई व्यवस्थापन गर्नका लागि केन्द्रका प्रमुखहरुले खेल्नुपर्ने भुमिकाका विषयमा संस्थाका आन्तरिक लेखापरिक्षक रुपेन्द्र बहादुर ऐडीले समेत भनाइ राखेकाे फिल्ड सहयाक दिल बहादुर भण्डारीले बताए ।

    हिमचुलि कृषि सहकारी संस्था लिमिटेडको जिल्लाका पिलि,पादमघाट,गाल्जे र रास्कोटमा समेत अर्धवार्षिक समिक्षा तथा केन्द्र प्रमुख गोष्ठिहरु हुने बताइएको छ ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ