• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    डेटिङ गएकी २१ वर्षीया युवतीले अपहरणमा परेको बाहानमा यस्तोसम्म गरेपछि…उड्यो सबैको होस

    6.9K
    SHARES

    भनिन्छ प्रेम अन्धो हुन्छ । अर्थात प्रेममा पर्नेहरु जुनै हदसम्म जान पनि तयार हुन्छन् । प्रेममा पर्नेहरु घरमा झुट बोलेर बाहिर भेट्ने, भागेर जाने वा अनेकौं अप्ठेराहरुको सामना गर्न पछि पर्दैनन् ।

    अभिभावकलाई छलेर डेटिङमा जानेहरु पनि धेरै हुन्छन् । तर भारतकी एक युवतीले भने प्रेमीसंग घण्टौ डेटिङमा रहेको बताउन नसकेर अभिभावकलाई आफू अपहरणमा परेको बाहान बनाएको खबर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
    जसका कारण प्रहरी प्रशासन सहित अपराध शाखामा समेत हंगामा भएको थियो । भारतको नागपुरकी २१ बर्षिय एक युवती आफ्नो प्रेमीका साथ डेटिङ लामो समय डेटिङमा थिइन् ।

    ढिलो घर पुगेपछि परिवारका सदस्यले उनलाई ढिलो आउनुको विषयमा केरकार गर्न थाले । उनले आफू डेटिङमा रहेको बताउन सकिनन् र आत्तिदै कलेजबाट फर्कदा चारजना पुरुषको समुहले अपहरण गरेको र त्यहाँबाट भाग्न सफल भएको बताइन् ।

    युवतीका परिवारजनले तत्काल गिट्टीखदान प्रहरी चौकिमा छोरी अपहरणमा परेको निवेदन दिए । युवती अपहरणमा परेको निवेदन परेपछि प्रहरीले बेलुकी ८ बजेबाट हरेक नाकामा प्रहरीले सक्रियता बढायो । तर अपहरणकारीको कुनै सुराक पत्ता लगाउन सकेन ।

    घटना गम्भिर भएको भन्दै प्रहरीले थप सहायता माग्यो र अपराध शाखाको टोली समेत अपहरणकारीको खोजीमा जुट्यो । प्रहरीले ति युवतीलाई अपहरणमा परेको स्थानमा पुर्याउन अनुरोध गरे ।

    युवतीले पनि मनगणन्ते स्थानमा पुर्यायएर सो स्थानबाट आफू अपहरित भएको बयान दिइन् । युवतीको बयान अनुसार प्रहरीले रातभर अपहरणकारीको खोजी गरे । तर पत्ता लगाउन सकेनन् ।

    अब प्रहरीलाई युवतीमाथि नै शंका भयो । तब उनीहरुले कलेजका आसपासमा रहेको सीसीटिभी फुटेज जाँच गरे । जहाँ युवती एक युवकका साथ मोटरसाइकलमा सवार भइ गएको देखियो ।

    जब सीसीटिभी फुटेज बाहिरियो तब मात्र युवतीले अपहरणमा परेको कहानी झुटो भएको स्वीकारिन् । प्रहरीका अनुसार उनी कलेजबाट आफ्नो प्रेमीका साथ डेटिङ गएकि थिइन् । डेटिङमा लामो समय बिताएपछि उनका प्रेमीले ती युवतीलाई घरअघि सम्म पुर्याएका थिए । यसरी घण्टौ डेटिङमा रहेको कारण परिवारजनले गाली गर्ने भन्दै त्यसबाट बच्न उनले आफू अपहरणमा परेको झुटो कहानी सुनाएकी थिइन्

    चिटिक्क जिउडाल, धपक्क बैंस तरपनि विवाह गर्ने पुरुष नपाएर हैरान । यो पीडा सिरियाका युवतीहरुको हो । जहाँ पुरुषको अभावमा युवतीहरु विबाह नभएर पीडामा बस्न बाध्य छन् । किन आइलाग्यो त यो समस्या ?

    समाचार माध्यममा जनाइएअनुसार, लामो समयदेखि हिंसाग्रस्त सिरियामा ७० प्रतिशत महिला अविवाहित छन् । हिंसाका कारण कयौं युवक मारिएका छन् भने कयौं विदेश पलायन भइसकेका छन् ।

    त्यस्तै कतिपय युवक जेलमा छन् । जसका कारण विहे गर्ने बेलाका युवकहरुको खडेरी नै छ । केही समय अघि गरिएको अध्ययन अनुसार, त्यहाँ ७० प्रतिशत महिला पुरुष नपाएर अविवाहित बस्नु परेको छ ।

    समाजमा बचेखुचेका केही युवक पनि आर्थिक समस्या, असुरक्षाजस्ता कारणले विवाहका लागि तयार हुदैनन् । यसले गर्दा समस्या परिरहेको छ।

    प्रतिक्रिया