• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चीनमा कोरोना भाइरसले बितण्डा मच्चाइरहेका बेला अमेरिकाले लगाइदियो यस्तो प्रतिबन्ध, तनावमा चीन

    18.4K
    SHARES

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार कोरोनाभाइरसको प्रकोपलाई जनस्वास्थ संकटकाल घोषणा गरे । घोषणा अन्तर्गत चीन भ्रमण गरेर फर्किएका विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको छ । पछिल्लो दुई हप्ताभित्र चीनको भ्रमण गरेका विदेशीका हकमा यो नियम लागु हुनेछ र यो नियम अल्पकालिन समयका लागि मात्र हो ।

    तर अमेरिकी नागरिक तथा तिनको निकटवर्ती विदेशी नातेदारलाई भने यो प्रतिबन्ध लागु हुनेछैन । चीनले अमेरिकाको उक्त कदमप्रति असन्तुष्टि जनाएको छ । कठिनाइबाट गुर्जिरहेको देशप्रति अमेरिकाको कदमले कसैलाई फाइदा नहुने चीनले टिप्पणी गरेको छ ।

    ‘विश्व स्वास्थ संगठनले यात्रा प्रतिबन्ध नलगाउन सुझाव दिइरहदाँ पनि अमेरिकाले त्यसको उल्टो मार्ग लिन हतारियो । यो सद्भावपूर्ण कदम होइन,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्यीङले भने । अमेरिकी विदेश मन्त्रालयले यस अघि नै विदेश यात्रामा जान चाहने आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न सुझाव दिएको थियो ।

    शुक्रबार नै विश्व स्वास्थ संगठनले कोरोनाभाइरस प्रकोपलाई विश्वव्यापी स्वास्थ संकटकाल घोषणा गरेको थियो । तथापि विश्व स्वास्थ्य संगठनले विश्वका सम्पूर्ण देशले तिनको देशभित्र प्रकोप फैलिन नदिन काम गर्नुपर्ने बताए पनि यात्रु आवगमन रोक्नुपर्ने अवस्था नरहेको सुझाव दिएको छ । चीनले कोरोनाभाइरसको प्रकोप रोक्नको लागि विद्यालय र विश्वविद्यायललाई अर्को हप्तासम्मको लागि विदा दिएको छ ।

    यस्तै अस्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । अस्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा शनिबार गरेको अधिकारीहरुले जनाएका छन् । चीनमा पहिलोपटक देखिएको नोवेल कोरोना भाइरस अहिले विभिन्न फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अस्ट्रेलियाले यस्तो निर्णय लिएको हो ।

    अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने, “अस्ट्रेलियाका नागरिक, अस्ट्रेलियाका बासिन्दा, उनीहरुमा आश्रित, कानूनी संरक्षक तथा अविभावकलाई मात्रै चीनबाट अस्ट्रेलिया आउन अनुमति दिइनेछ ।” यो व्यवस्था शनिबारदेखि नै लागू भइसकेको उनले जानकारी दिए । उनले नाकाहरुमा यसका लागि सम्पूर्ण व्यवस्था गरिसकिएको र सरकारी अधिकारीहरु तथा प्राविधिक र विज्ञहरु पनि खटाइसकिएको बताए । अस्ट्रेलियाको विदेश मन्त्रालयले आफ्ना नागरिकहरुलाई चीनको भ्रमणमा नजानसमेत सूचना जारी गरेको छ ।

    चीनले वुहानमा रहेका नेपाली नागरिकको सुरक्षाको ग्यारेन्टी लिने बताएको छ । शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो । वुहानमा रहेका नेपाली विद्यार्थीसहित सबैको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिने चीनले बताएको छ ।

    साथै दूतावासले कोरोना भाइरसको प्रकोप रोक्न, नियन्त्रण र व्यवस्थापन गर्न सकिने खालको भएको जनाएको छ । कोरोना भाइरसलाई जितेरै छाड्‍ने आत्मविश्वास आफूहरुसँग भएको चीनले बताएको छ । चीनले अत्यन्तै जिम्मेवार ढंगले सबै विदेशी नागरिकको स्वास्थ्यको ख्याल राखेको बताएको छ ।

    साथै चिनियाँ विदेश मन्त्रालयले आपत्कालीन उद्दारका लागि सबैसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ । चीनले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) सँग मिलेर नेपालले कोरोना भाइरस रोकथामका लागि चालेका कदमको प्रशंसा गरेको छ । तत्काल केही सहयोगको आवश्यक परे काठमाडौंस्थित चिनियाँ दूतावास र विदेश मन्त्रालयलाई सम्पर्क गर्न पनि नेपाललाई चीनले आग्रह गरेको छ ।

    पछिल्लो अवस्थाका कारण नेपालको पर्यटन क्षेत्र प्रभावित भएको बताउँदै कोरोना भाइरसको प्रकोप नियन्त्रण भएपछि चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने चीनले प्रतिबद्धता जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आफूले योगदान गर्ने पनि चीनले प्रतिबद्धता जनाएको छ ।

    चीनको हुबेईमा रहेका सबै नेपालीलाई विमान चार्टर गरेर ल्याइने, यस्तो छ प्रक्रिया
    नेपालले चीनको हुबेई प्रान्तमा रहेको नेपालीहरुको उद्धार गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिँदै गएपछि नेपालले हुबेईमा रहेका नेपालीहरुको उद्धार गर्ने भएको हो । चीनमा रहेको नेपाली राजदूतावासले शनिबार सूचना प्रकाश गर्दै उद्धार गर्न लागिएको र त्यसका लागि फर्म भर्न समेत हुवेईमा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ । फर्म दूतावासको वेवसाइटमा राखिएको छ ।

    नेपालीको उद्धारका लागि विमान चार्टर्ड गरिएको दूतावासले जनाएको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हुबेईमा रहेका नेपालीलाई स्वदेश फर्काउन दुई वटा जहाज तयारी अवस्थामा राखेका बताएका थिए ।

    नेपाल फर्किन चाहने नेपालीहरुको फर्म बुझाएपछि त्यही अनुसार विमानको व्यवस्था गरिने जनाएको हो । फर्म दूतावासले दिएको ठेगानामा स्थानीय समयअनुसार फेब्रुअरी २ तारिख ९ बजेभन्दा अघि पठाइसक्‍नु पर्ने सूचनामा जनाइएको छ ।

    हरेक पासपोर्ट भएका व्यक्तिले छुट्टै फर्म भर्नुपर्ने छ । त्योभन्दा पछि दिएमा फर्म स्वीकार्य नहुने दूतावासले जनाएको छ। नाबालिगको हकमा अभिभावकले फर्म भर्दिनुपर्नेछ। कुनै दुविधा भएमा दूतावासले फोनमा सम्पर्क गर्न आग्रह गरेको छ।

    बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले बीबीसी नेपाली सेवालाई दिएको जानकारी अनुसार चीनका विभिन्न सहरहरूमा करिब ८ हजार नेपालीहरू रहेका छन् । कोरोनाभाइरस प्रभावित वुहानमा भने ७० देखि ८० को सङ्ख्यामा नेपाली नागरिकहरू रहेको लम्सालले बताएको बीबीसीले उल्लेख गरेको छ ।

    कोरोना भाइरसको स‌ंक्रमण बढ्दै गएपछि विभिन्न देशहरुले चीनमा रहेका आफ्ना नागिरकहरुको उद्धार गरिरहेका छन् । कोरोनाका कारण चीनमा २५९ जनाको मृत्यु भइसकेको छ भने ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    एकैदिन २ हजार चिनियाँमा कोरोना भाइरस, मृतकको संख्या २५९ पुग्यो
    चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार एकैदिन कोरोना भाइरसको संक्रमण थप दुई हजारभन्दा बढी व्यक्तिमा देखिएको छ । शनिबार बिहानसम्म चीनमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २५९ पुगेको छ । त्यस्तै ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नियन्त्रण हुनुभन्दा पनि झन्झन् फैलिँदैे गएको छ। चीनबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण करिब दुई दर्जन मुलुकमा देखिएपछि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ। जेनेभामा बिहीबार बसेको डब्लूएचओको आपत्‌कालीन बैठकले असाधारण घटनाका रुपमा व्याख्या गर्दै संकटकाल घोषणा गरेको हो।

    भनिएको भन्दा धेरै संक्रमित हुन सक्ने
    चीनले आधिकारिक रुपमा सार्वजनिक गरेको तथ्याङ्कभन्दा धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने हङकङका अनुसन्धानकर्ताले जनाएका छन्। हङकङका अनुसन्धानकर्ताले शुक्रबार प्रकाशित गरेको एउटा रिपोर्टअनुसार वुहानमा झन्डै ७५ हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने जनाइएको छ।

    मध्य चीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको संक्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएका छन् । युहानको बाहिरका इलाकाहरुमा आपतकालीन प्रयोगका लागि अस्पतालहरुले नयाँ निर्माण विस्तार गरिएको प्रान्तको प्रमुख जियांग चाओलिङ बताएका छन् ।

    यी स्वास्थ्य केन्द्रहरुले ग्रामीण इलाकामा कोरोना भाइरसका कारण भएको निमोनियासँग लड्न मद्दत पु¥याउने बताइएको छ । जुन स्थानमा कम जागरुकता र चिकित्सा सुविधाहरूको अभावले महामारीबिरुद्व लड्ने प्रयासहरुको अवरोधलाई हटाएर एकसाथ अगाडि बढाउन सहयोग हुने बताइएको छ ।

    अधिकारीहरुका अनुसार गाउँ समुदायमा प्रशिक्षण सत्र सञ्चालन गरी जनचेतना बढाइने पनि गरिएको छ । दैनिक रुपमा ग्रामीण क्षेत्रमा फर्केका मान्छेको तापक्रम नाप्ने र स्वास्थ्य अवस्थाको जाँच गर्ने काम लगाइने बताइएको छ ।

    वुहानका नेपालीको पीडा : ‘बसूँ जोखिम, फर्कूं झनै जोखिम’
    उनीहरुको रिपोर्टमा ३७ हजार ३ सय ४ देखि एक लाख ३० हजार ३ सय ३० जनाको बीचमा संक्रमितको संख्या हुन सक्ने बताइएको छ। सार्वजनिक गरिएको संख्याभन्दा धेरै संक्रमित हुन सक्ने सम्भावना छ। किनभने संक्रमित सबै स्वास्थ्य परीक्षणका लागि आएका छैनन्,’ अनुसन्धानकर्ता ग्याब्रियल लिउङले बताए।

    यसैबीच स्पेनमा कोरोना भाइरसको पहिलो संक्रमणको पुष्टि भएको छ। शुक्रबार त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ला गोमेरामा एक जना व्यक्तिमा संक्रमण देखिएको हो। कोरोना भाइरस विश्वका २४ मुलुकमा देखिएको पुष्टि भइसकेको छ। तर, चीनमा बाहेक अन्यत्र भेटिएका संक्रमितको भने मृत्यु भएको छैन।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ