• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चीनले गर्यो यति ठुलो घोषणा, भन्यो – नेपालीहरूकाे ग्यारेन्टी हामी लिन्छौं

    27.8K
    SHARES

    काठमाडौँ । चीनले वुहानमा रहेका नेपाली नागरिकको सुरक्षाको ग्यारेन्टी लिने बताएको छ । शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो । वुहानमा रहेका नेपाली विद्यार्थीसहित सबैको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिने चीनले बताएको छ ।

    साथै दूतावासले कोरोना भाइरसको प्रकोप रोक्न, नियन्त्रण र व्यवस्थापन गर्न सकिने खालको भएको जनाएको छ । कोरोना भाइरसलाई जितेरै छाड्‍ने आत्मविश्वास आफूहरुसँग भएको चीनले बताएको छ ।

    चीनले अत्यन्तै जिम्मेवार ढंगले सबै विदेशी नागरिकको स्वास्थ्यको ख्याल राखेको बताएको छ । साथै चिनियाँ विदेश मन्त्रालयले आपत्कालीन उद्दारका लागि सबैसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ । चीनले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) सँग मिलेर नेपालले कोरोना भाइरस रोकथामका लागि चालेका कदमको प्रशंसा गरेको छ । तत्काल केही सहयोगको आवश्यक परे काठमाडौंस्थित चिनियाँ दूतावास र विदेश मन्त्रालयलाई सम्पर्क गर्न पनि नेपाललाई चीनले आग्रह गरेको छ ।

    पछिल्लो अवस्थाका कारण नेपालको पर्यटन क्षेत्र प्रभावित भएको बताउँदै कोरोना भाइरसको प्रकोप नियन्त्रण भएपछि चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने चीनले प्रतिबद्धता जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आफूले योगदान गर्ने पनि चीनले प्रतिबद्धता जनाएको छ ।

    एकैदिन २ हजार चिनियाँमा कोरोना भाइरस, मृतकको संख्या २५९ पुग्यो
    चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार एकैदिन कोरोना भाइरसको संक्रमण थप दुई हजारभन्दा बढी व्यक्तिमा देखिएको छ । शनिबार बिहानसम्म चीनमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २५९ पुगेको छ । त्यस्तै ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नियन्त्रण हुनुभन्दा पनि झन्झन् फैलिँदैे गएको छ। चीनबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण करिब दुई दर्जन मुलुकमा देखिएपछि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ। जेनेभामा बिहीबार बसेको डब्लूएचओको आपत्‌कालीन बैठकले असाधारण घटनाका रुपमा व्याख्या गर्दै संकटकाल घोषणा गरेको हो।

    भनिएको भन्दा धेरै संक्रमित हुन सक्ने
    चीनले आधिकारिक रुपमा सार्वजनिक गरेको तथ्याङ्कभन्दा धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने हङकङका अनुसन्धानकर्ताले जनाएका छन्। हङकङका अनुसन्धानकर्ताले शुक्रबार प्रकाशित गरेको एउटा रिपोर्टअनुसार वुहानमा झन्डै ७५ हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने जनाइएको छ।

    मध्य चीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको संक्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएका छन् । युहानको बाहिरका इलाकाहरुमा आपतकालीन प्रयोगका लागि अस्पतालहरुले नयाँ निर्माण विस्तार गरिएको प्रान्तको प्रमुख जियांग चाओलिङ बताएका छन् ।

    यी स्वास्थ्य केन्द्रहरुले ग्रामीण इलाकामा कोरोना भाइरसका कारण भएको निमोनियासँग लड्न मद्दत पु¥याउने बताइएको छ । जुन स्थानमा कम जागरुकता र चिकित्सा सुविधाहरूको अभावले महामारीबिरुद्व लड्ने प्रयासहरुको अवरोधलाई हटाएर एकसाथ अगाडि बढाउन सहयोग हुने बताइएको छ ।

    अधिकारीहरुका अनुसार गाउँ समुदायमा प्रशिक्षण सत्र सञ्चालन गरी जनचेतना बढाइने पनि गरिएको छ । दैनिक रुपमा ग्रामीण क्षेत्रमा फर्केका मान्छेको तापक्रम नाप्ने र स्वास्थ्य अवस्थाको जाँच गर्ने काम लगाइने बताइएको छ ।

    वुहानका नेपालीको पीडा : ‘बसूँ जोखिम, फर्कूं झनै जोखिम’
    उनीहरुको रिपोर्टमा ३७ हजार ३ सय ४ देखि एक लाख ३० हजार ३ सय ३० जनाको बीचमा संक्रमितको संख्या हुन सक्ने बताइएको छ। सार्वजनिक गरिएको संख्याभन्दा धेरै संक्रमित हुन सक्ने सम्भावना छ। किनभने संक्रमित सबै स्वास्थ्य परीक्षणका लागि आएका छैनन्,’ अनुसन्धानकर्ता ग्याब्रियल लिउङले बताए।

    यसैबीच स्पेनमा कोरोना भाइरसको पहिलो संक्रमणको पुष्टि भएको छ। शुक्रबार त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ला गोमेरामा एक जना व्यक्तिमा संक्रमण देखिएको हो। कोरोना भाइरस विश्वका २४ मुलुकमा देखिएको पुष्टि भइसकेको छ। तर, चीनमा बाहेक अन्यत्र भेटिएका संक्रमितको भने मृत्यु भएको छैन।

    यसैबीच चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण चितवनको पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीले बताएका छन् । देशकै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा रहेको चितवनमा चिनियाँ पर्यटक आउने क्रम निकै कम भएको छ ।

    क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोना भाइरस संक्रमणको असर सौराहामा परेको बताए । ‘धेरैजसोले बुकिङ रद्द गरेका छन्,’ अध्यक्ष भट्टराई भन्छन्, ‘चिनियाँ मात्र होइन, भारतलगायतका अन्य मुलुकका पर्यटक पनि आएका छैनन् ।’

    उनका अनुसार जनवरीदेखि अपि्रल महिनासम्म धेरै चिनियाँ पर्यटकहरु सौराहा, मेघौलीलगायतका चितवनको पर्यटकीय क्षेत्र घुम्न आउँछन् । सौराहा आउने विदेशी पर्यटकमध्ये चिनियाँको संख्या सबैभन्दा धेरै रहने गरेको छ । सौराहामा दैनिक ५ सयदेखि ७ सयसम्म चिनियाँ पर्यटकहरु घुम्न आउने गरेको व्यवसायीहरु बताउँछन् । ३१ डिसेम्वरमा चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि नै चिनियाँ पर्यटकको संख्यामा कमि आएको व्यवसायीहरुको भनाइ छ ।

    क्षेत्रिय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले चिनियाँ पर्यटकहरु आउन कम भए पनि ठप्पै भने नभएको बताए । ‘चीनका केही शहरबाट रोकिएका छन्, सबैबाट होइन,’ घिमिरेले भने, ‘गत वर्ष यो समयमा चिनियाँ पर्यटक बढी आएका थिए, चीनमा नयाँ वर्ष हालै मात्रैं परेकाले यो समयमा बढी पर्यटक घुम्न नेपाल आउँथे ।’

    सौराहामा अहिले आन्तरिक पर्यटकहरुको संख्या बढी छ । विभिन्न संघसंस्था र निकायहरुले सौराहामा गर्ने कार्यक्रमहरुले व्यवसाय धानिएको उनीहरुको भनाइ छ । विगतका वर्षहरुमा चितवन आउने कूल पर्यटकहरुमध्ये चिनियाँ पर्यटकहरुको संख्या ३० प्रतिशतभन्दा माथि थियो ।

    त्यस्तै चितवनको भरतपुर अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न पाँच शय्याको छुट्टै आइसोलेसन वार्ड बनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलामा यस्तो वार्ड बनाइएको जानकारी दिए । कोरोना भाइरसको संक्रमण देखिए वा आशंका लागेका बिरामीहरुलाई यहीँ राखेर उपचार गरिने डा. तिवारीले बताए ।

    यसका लागि अस्पतालले शंकास्पद बिरामीको जाँच गर्न कन्सलटेन्ट फिजिसियन डा. प्रमोद पौडेल र डा. कल्याण सापकोटालाई फोकल पर्सन तोकेको छ । भरतपुर अस्पतालले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न पाँचबुँदे निर्णय पनि गरेको छ ।

    भाइरसको संक्रमण भएका बिरामीहरुको घाँटीबाट र्‍यालको नमूना निकाली राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने अस्पतालले जनाएको छ । साथै, भाइरसका बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीले बताए ।

    यसैबीच, भरतपुर विमानस्थलमा आउने यात्रुहरुलाई कोरोना भाइरसको संक्रमण भए-नभएको बारेमा जाँच गर्न हेल्प डेस्क राख्ने तयारी गरिएको छ । विमानस्थल प्रमुख पवन गौतमका अनुसार आइतबारबाट भरतपुर महानगरपालिकाको समन्वयमा हेल्थ डेस्क खडा गरिने जानकारी दिए ।

    उता अस्ट्रेलियाले चीनबाट आउनेहरूलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ। शनिबार अस्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा गरेको अधिकारीहरूले जनाएका छन्।

    चीनमा पहिलोपटक देखिएको नोबेल कोरोना भाइरस अहिले विभिन्न फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अस्ट्रेलियाले यस्तो निर्णय लिएको हो। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने, ‘अस्ट्रेलियाका नागरिक, अस्ट्रेलियाका बासिन्दा, उनीहरूमा आश्रित, कानुनी संरक्षक तथा अभिभावकलाई मात्रै चीनबाट अस्ट्रेलिया आउन अनुमति दिइनेछ।’

    यो व्यवस्था शनिबारदेखि नै लागू भइसकेको उनले जानकारी दिए। उनले नाकाहरूमा यसका लागि सम्पूर्ण व्यवस्था गरिसकिएको र सरकारी अधिकारीहरू तथा प्राविधिक र विज्ञहरू पनि खटाइसकिएको बताए। अस्ट्रेलियाको विदेश मन्त्रालयले आफ्ना नागरिकहरूलाई चीन भ्रमणमा नजानसमेत सूचना जारी गरेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ