• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    माइला लामासहित नेकपाका चार नेतालाई रिहा गर्न अदालतको आदेश

    5.9K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामासहित चार जना नेतालाई रिहा गर्न अदालतले आदेश गरेको छ । उच्च अदालत पाटनले मालासँगै नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, नेतृ धिरिन्द्रा उपाध्यय र इश्वर परियारलाई धुनामा राख्ने ललितपुर जिल्ला अदालतको आदेश बदर गर्दै रिहा गर्न आदेश दिएको हो ।

    ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालयमा भएको ब’म वि’स्फो’टको घटनामा संलग्न रहेको भन्दै उनीहरुलाई पुर्पक्षामा पठाउने फैसला गरेको थियो । त्यस्तै जिल्ला अदालतले राज्य वि’रु’द्धको अपराध समेत ठहर गरेको थियो । जिल्ला अदालतको उक्त आदेशलाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत ललितपुरको आदेशवि’रुद्ध उनीहरुका परिवार उच्च अदालत गएका थिए ।

    उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विहीबार चारै नेतालाई निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको छ । उनीहरुलाई विभिन्न समयमा प्र’हरीले गि’र’फ्तार गरेर हि’रा’सतमा लिएपछि ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि भन्दै नख्खु का’रा’गारा चलान गरेको थियो । पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंंगाना, खिमानन्द , रामकृष्ण भण्डारी, सन्तोष कोइरालाले बहस गरेका थिए ।

    यस्तै नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले पनि एनसेल घ’ट’नामा सफाय पाएका छन् । पाटन उच्च अदालतले विहीबार सुदर्शनलाई निर्दोष रहेको फैसला गरेको हो । ललितपुर जिल्ला अदालतले एनसेलको मुख्यालयमा भएको ब’म वि’स्फो’ट राज्यवि’रुद्धको मु’द्दामा थुनछेकको लागि पुर्पक्षमा पठाउने फैसला गरेको थियो । उक्त फैसलावि’रु’द्ध उच्च अदालत पाटनमा पुनरावेदन गरिएको थियो । उनले पनि बिहिबार नै सफाया पाएका हुन् ।

    विहीबार भएको बहसमा उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलाशको इजलाशले उक्त घटनामा नेता सुदर्शन निर्दोष रहेको आदेश दिएको हो । तर, हा’तह’तियार मुद्दामा थु’नामा राख्ने आदेशलाई भने सदर गरेको छ । राज्यलाई कर छलि गरेर विवाद आएको एनसेलको मुख्यालयमा २०७५ माफुन १० गते वि’स्फो’ट भएको थियो ।

    उक्त घटनामा दोषी ठहर गर्दै प्र’ह’रीले वि’प्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन मध्यकेन्द्रीय कमाण्ड इन्चार्ज समेत रहेका नेता सुदर्शनसहितका नेताहरुलाई चैत्र ९ गते गि’र’फ्तार गरेको थियो ।

    एनसेलमा भएको वि’स्फो’ट र हात’ह’तियार मुद्दामा ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि बैशाख ९ गते नख्खु कारागार चलान गरेको थियो । त्यसैगरी सूर्य भुजेल, दोर्जी शेर्पा, डिकेन्द्र राई, शिव धिमाल र बुद्ध बहादुर सिंतानको विस्फोटक पदार्थ सम्बन्धी मुद्दा पनि उच्च अदालतले सदर गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ