• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कोरोना भाईरसले तहल्का मच्चाईरहेका बेला चीनले एक दिनमै गरिदियो यस्तो चमत्कार, विश्वभर चर्चा

    30.8K
    SHARES

    काठमाडौं । चीनमा महामारी रुपमा फैलिएको कोरोना भाइरस आतंकले अहिलेसम्म १ सय ३२ जनाले ज्यान गुमाइसकेका छन् भनै हजारौं उक्त रोगबाट संक्रमित छन् ।अहिलेसम्म यो भाइरसको सङ्क्रमण नेपाल, अमेरिका, जापान, थाइल्याण्ड, फ्रान्समा पनि देखिएको छ ।

    कोरोना रोगबाट संक्रमित भएका बिरामीका लागि चीन सरकारले आपतकालीन छुट्टै हस्पिटल निर्माण गरेको छन् ।तस्वीरमा देखिएको उक्त हस्पिटल चीनले बिहान उद्घाटन गरेर बेलुका निर्माण कार्य सम्पन्न गरेका हुन। यदि हाम्रो नेपालमा यस्तो हस्पिटल निर्माण गर्न लाग्यौं भने कति समय लाग्ला ? त्यो हामी सबैले कल्पना गर्न सक्छौं !

    जनताको स्वास्थका निम्ति चिनियाँ राष्ट्रपति सि चिनफिङ्को निर्देशनमा उक्त हस्पिटल एक दिनमा निर्माण गरिएको हो। त्यसैले चीनलाई चमत्कारी देश भनेर पनि चिनिन्छ । करिव ६ हजार जना संक्रमित भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन ।भाइरसको प्रकोपलाई रोक्न चीनियाँ नयाँ वर्षको सार्वजनिक बिदा पनि तीन दिन पछाडि सारिएको छ ।

    हुबेईको वुहान शहरमा र अन्य शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । चीनमा मात्रै कोरोना भाइरसको दुई हजार सात सयभन्दा बढी घटना सार्वजनिक भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार तीन सयभन्दा बढी गम्भी’र बिरामी छन् ।५० लाख बढी चिकित्सा कर्मचारी हुबेई प्रान्तमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा सामेल भएका छन् ।

    कम्तीमा दुई हजार शैय्या क्षमताको नयाँ दुई वटा अस्पताल बनाइँदै छ भने कारखानाहरु मास्क र सुरक्षात्मक कपडा बनाउनका लागि जुटेका छन् ।यसैबीच फ्रान्सका स्वास्थ्य मन्त्री एग्नेस बुजिनले चीन सरकारसँग भएको सम्झौतापछि यही हप्ताभित्र फ्रान्सेली नागरिकलाई हवाई जहाजको माध्यमबाट फ्रान्स ल्याउने तयारी भइरहेको बताए ।

    कोरोनाबारे चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीले के भन्यो?
    चीनको कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय कमिटीको पोलिटिकल ब्यूरोको स्थायी समितिमा कोरोना भाइरसले निम्त्याएको निमोनियाको प्रकोप रोक्न र नियन्त्रण गर्ने सम्बन्धमा शनिबार छलफल भएको छ।

    बैठकको अध्यक्षता सिपिसी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्रपति सि–चिनफिङले गरेका थिए। बैठकले रोग नियन्त्रणका लागि भएका कामको निरीक्षण गर्न एक सिपिसी केन्द्रीय समितिको नेतृत्वमा समूह गठन गर्ने निर्णय गरेको छ। समूहले बिरामीको उपचारसम्वन्धी थप अध्ययन तथा रोग नियन्त्रणका लागि नयाँ व्यवस्था गर्ने भएको छ।

    समूहलाई प्रत्यक्ष काम गर्न हुवेई प्रान्तमा पठाइनेछ। ‘जीवन सर्वोपरी महत्वपूर्ण छ। जब महामारी फैलिन्छ, कमान्ड जारी गरिन्छ। यसलाई रोक्नु तथा नियन्त्रण गर्नु हाम्रो जिम्मेवारी हो,’ सिलाई उदृत गर्दै सिन्ह्वाले भनेको छ। उनले कोरोना भाइरसको नियन्त्रणलाई प्राथमिकताका रुपमा लिन सम्पूर्ण पार्टी समिति तथा सरकारी तहका व्यक्तिलाई आदेश दिए।

    कामको महत्व र जरुरता राम्ररी बुझ्न सिले निर्देशन दिए। उनले पार्टी र सरकारी अधिकारी, विशेषगरी नेतृत्वकर्ता आफ्नो काममा जागरुक हुनुपर्ने बताए। ‘सामाजिक स्थायित्वको रक्षा गर्न अग्रसर हुनुपर्छ, नागरिकलाई शान्तिमय तथा रमाइलोसँग चिनियाँ नववर्ष उत्सव मनाउने वातावरण बनाउन सरकारी अधिकारीहरुले सुनिश्चितता गरिदिनुपर्छ’ उनले भने।

    सम्वोधनका क्रममा सिले कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि निकै जोड दिएका थिए। जनताको जीवन र स्वास्थ्यलाई शिर्ष प्राथमिकतामा राख्न सबै तहका पार्टी समिति र सरकारका व्यक्तिलाई उनले आग्रह गरे। बैठकले संक्रमित बिरामीहरूको उपचार गर्न, स्वास्थ्यकर्मीहरूको वृद्धि गर्न र नागरिक तथा सैनिक स्वास्थ्य स्रोतको समन्वय गर्न माग गरेको थियो।

    नेपालमा कोरोना भाईरस- सचेत र सजग बनौं
    नेपालमा कोरोना भाईरसको सङ्कर्मण भेटिए पछि यस बाट बच्ने उपाय बारे छलफलहरु शुरु भएका छन्। स्वास्थ्य मन्त्रालयले चीनको युवान क्षेत्रबाट नेपाल आएका एक विद्यर्थीलाई उक्त संक्रंमण भएको पुष्टी गरेको थियो।

    स्वास्थ्य मन्त्रालयले बिमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शङ्कास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

    सरकारले कोरोना भाईरस बारेको समाचार आएदेखि उक्त काम गरेको भए सायद संक्रमित विद्यार्थी बिमानस्थलमा नै चिनिन्थे र सिधै स्वास्थ्यकर्मीको निगरानीमा बस्थे। उनको सम्पर्कमा आएका सबै व्यक्तिहरु उक्त भाईरसको संभावित खतरामा पर्न सक्ने भएका छन्।

    चीनमा उक्त भाईरस देखिने बित्तिक्कै अमेरिका, हङकङ, जापान आदि देशहरुले आफ्नो बिमानस्थलमा सतर्कता शुरु गरिसकेका थिए। नेपाल सरकारले भ्रमण बर्ष मनाईरहँदा र चीनको बिदाको समय परेको बेलामा पनि सुरुवाती सतर्कता नअपनाउँदा देश भित्र उक्त भाईरस छिरेको छ।

    नेपाल छिरेको भाइरस नफैलियोस् र संक्रमित व्यक्ती एक मात्र रहुन् भन्ने कामना मात्र गर्न सकिन्छ । संक्रमित व्यक्तिबाट उनको परिवार र साथीहरुमा कोरोना नसरेको होस् भन्ने चाहाना सबैको छ। अब भाईरस आईसकेपछि के गरेको भए हुनेथ्यो भन्ने कुराको खासै अर्थ रहँदैन। अब के गर्ने भन्ने कुराको अर्थ मात्र रहन्छ।

    बिरामीका नजिकमा आएकाको खोजी गरी पहिचान तथा परीक्षणको काम भइरहेको र त्यसबारे अन्तर्रा्ष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधानअनुसार विश्व स्वास्थ्य सङ्गठनलाई चाँडै विस्तृत जानकारी गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले कोरोना भाइरस सङ्क्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कता अपनाइएको छ ।

    मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराउँछौँ, यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको छ ।”

    के हो कोरोना ?
    कोरोना भाईरस खोकी, श्वासप्रश्वास, जनावर तथा नपाकेको मासु आदिबाट मान्छेमा सर्ने जनाईएको छ ्र छुँदा, नजिकै रहँदा, हात मिलाउँदा, भाइरस रहेको सामान वा कपडा प्रयोग गर्दा पनि यो रोग एकबाट अर्कोमा सर्न सक्छ ्र

    यो भाईरस जनावर र मानिसबीच सर्ने भाइरस भएको डाक्टरहरुले बताएका छन् । कोरोना भाईरसबाट संक्रमित व्यक्तिमा ज्वरो आउने र खोकी लाग्ने, छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, गम्भीर भएमा निमोनिया हुने, मिर्गौलाले काम गर्न छोड्ने र ज्यान समेत जान सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यो रोगको लक्षण सामान्य रुघाखोकीको जस्तै हुन्छ ्र संक्रमण नियन्त्रण नभएमा बिरामीको श्वासप्रश्वास प्रणाली फेल भएर मृत्यु हुन्छ ्र

    कोरोना भाइरसबाट कसरी बच्ने ?
    आईसकेको कोरोना भाईरसबाट डराउने भन्दा सचेत हुन जरुरी देखिएको छ। स्वस्थ्य जिवनशैली अपनाउनु बाहेक अरु विकल्प नरहेको चिकित्सकहरुको राय छ। आफ्नो जिवनशैली स्वस्थ्य बनाएर सजग रहेमा संक्रमणबाट बच्न सकिन्छ र यदी संक्रमण भैहालेमा पनि समयमा चिकित्सकको निगरानीमा जान सकिन्छ।

    साधारण रुघा(खोकी भनेर हेलचक्र्याँई नगरौं भन्ने चिकित्सकहरुको सल्लाह रहेको छ। के गर्ने भन्ने बारे केही बुँदा यस्ता रहेका छन्:
    सफा पानीले हात मुख धुने खोक्दा हाच्छ्यु गर्दा नाक मुख छोप्ने । पशुजन्य मासु वाअण्डा राम्रोसंग पकाएर खाने जंगली वा घरेलु पशुपंछीसंग असुरक्षित सम्पर्कबाट टाढा रहने,फ्लुको लक्षण देखेमा चिकित्सको परामर्श लिने ।

    अस्ट्रेलियाका वैज्ञानिकले बनाए नयाँ कोरोना भाइरस
    अस्ट्रेलियाका वैज्ञानिकहरुले नयाँ कोरोना भाइरसको सिर्जना गरेका छन् । उनीहरु चीन बाहिर नयाँ कोरोना भइरस सिर्जन गर्न सफल भएका हुन् । यसलाई वैज्ञानिकहरुले महत्वपूर्ण ‘ब्रेकथ्रु’ भनेका छन् ।

    वैज्ञानिकहरुले सिर्जना गरेको नयाँ कोरोना भाइरस विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई उपलब्ध गराउने छन् । यसबाट अहिले महामारिको रुपमा लिएको नोवेल कोरोना भाइरसको उपचार विधि पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    चीनका वैज्ञानिकले पनि भाइरस सिर्जना गरेका थिए । उनीहरुले डब्लुएचओलाई भाइरस नै उपलब्ध गराएका थिएनन्, उनीहरुले सो भाइरसको जेनोमी सिक्वेन्स मात्रै दिएका थिए । चीनको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म १३२ जनाको ज्यान गएको छ । ज्यान गुमाउने सबै चीनकै हुन् र अधिकांश वुहान क्षेत्रकै छन् ।

    अस्ट्रेलियाको मेलबर्नमा रहेको विशेषज्ञ प्रयोशालामा बनाइएको नयाँ कोरोना भाइरसमाथि अध्ययन गरेर त्यसबाट बच्ने उपायहरुको खोजी हुनेछ । संक्रमित बिरामीबाट लिइएको भाइरसबाट अर्को भाइरस बनाइएको हो । गएको शुक्रबार वैज्ञानिकहरुले भाइरसको नमूना पाएका थिए । त्यसपछि उनीहरुले अर्को भाइरस बनाएका हुन् । वैज्ञानिकले सिर्जना गरेको नयाँ भाइसलाई संक्रमण रोक्ने सामग्रीको रुपमा प्रयोग गरिने डाक्टरहरुले बताएका छन् ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ