• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    ओलीलाइ भेट्न दौडिदै गरेको लज्जास्पद भिडियो भाइरल भएपछी सापकोटाले मुख खोले, हेर्नुस बिस्तृतमा

    14.5K
    SHARES

    काठमाडौं । सभामुखमा निर्वाचित भएलगत्तै अरु सांसदलाई पन्छाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न हतारिएको भन्दै अग्निप्रसाद सापकोटा सामाजिक सञ्जालमा ट्रोलको शिकार भए ।

    आइतबार सभामुख निर्वाचित भएलगत्तै सापकोटालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले बधाई दिन चाहेका थिए । तर नेकपाका सांसदहरुको पहिलो रोमा बसेका उनको ध्यान भने प्रधानमन्त्रीतिर देखिन्थ्यो ।

    हात मिलाएर बधाई दिन चाहेका उनी पार्टीका प्रमुख सचेतक देव गुरुङ लगायतका नेताहरुलाई पन्छाउँदै उनी प्रधानमन्त्री ओली भएतिर लम्किए । कतिपयले पार्टीभित्र ठूलो रस्साकस्सीका बीच सभामुख बनेका सापकोटाको यो ‘दौड’ प्रधानमन्त्री रिझाउने प्रयासको रुपमा अर्थ्याए । नवनिर्वाचित सभामुख सापकोटाले भने आफूले प्रधानमन्त्रीबाट बधाई लिएर जिम्मेवारी सुरु गर्न चाहनु स्वाभाविक भएको बताए ।

    आज मैले सपथ गरेँ, आजबाट म पूर्ण रुपमा साझा भएँ । हिजोसम्म त मेरा लागि प्रधानमन्त्री मात्र होइन, सभामुख बनाउने पार्टीको अध्यक्ष पनि हो, दलको नेता पनि हो । त्यसकारण सदनमा त्यतिखेर (बधाई) प्रधानमन्त्रीबाट सुरु गर्न खोजेँ मैले’ उनले भनेका छन्, ‘यो एकदम स्वाभाविक छ । संसदीय मूल्य मान्यताअनुसार नै छ ।’

    यस्तै नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसमा हतार गर्नु नपर्ने प्रतिक्रिया दिएका छन् । सोमबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै उनले भने, ‘एउटा बहस छेडिएको छ । यसलाई केही हतार गर्नु पर्दैन ।’

    एमसीसी पास हुने नहुने विषयमा उनी केहि बोल्न चाहेनन् । प्रतिनिधिसभाका सभामुख सापकोटाले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा सापकोटाले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

    सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक आयोगका प्रमुखहरु, मन्त्रीहरुलगायत सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता थियो।

    सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुखका निर्विरोध निर्वाचित भएका थिए। उनी सिन्धुपाल्चोक–२ बाट २०७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।

    यसैबीच अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रकृया रोक्न आदेश माग्दै परेको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ। सापकोटा भने सभामुखका लागि निर्वाचित भइसकेका छन्।

    सापकोटा माथि लागेको हत्या आरोपसम्बन्धी विभिन्न रिट अदालतमा विचाराधीन भएकाले पनि उनलाई सभामुखमा निर्वाचित गर्न नहुने भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिट आइतबार न्यायाधीश हरि फुयाँलको इजलासमा परेको थियो।

    यसअघि सापकोटा विरूद्ध सुशील प्याकुरेल लगायतले हालेको रिटमा बहस गरेकाले आफूले यो रिट हेर्न नमिल्ने बताएपछि उक्त रिटको पहिलो सुनुवाई हिजो हुन सकेन। आज न्यायाधीश मल्लको एकल इजलासमा ७ औँ नम्बरमा सभामुख सापकोटाविरूद्धको रिट तोकिएको छ।

    अघिल्ला ६ वटा मुद्दामा सुनुवाई सकिएपछिमात्र यो मुद्दाको सुनुवाई सुरू हुनेछ। आइतबार फुयाँलको इजलासमा भने पहिलो नम्बरमै राखिएको थियो। आइतबार प्रतिनिधिसभाले सापकोटालाई सभामुख चयन गरिसकेको छ।

    बरिष्ठ अधिवक्ता त्रिपाठीले भने उनलाई सभामुख बनाउन नहुने बरू पक्राउ गरेर अनुसन्धान अघि बढाउनु भन्ने आदेश दिन माग गर्दै रिट दायर गरेका थिए। सापकोटालाई ह’त्याको आरोप लगाइएको जाहेरीमा अनुसन्धान गर्न आदेश माग गर्दै दिइएको रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ