• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    सापकोटाले सभामुखको सपथ लिइरहेका बेला शितलनिवास बाहिर घट्यो यस्तो घटना, १२ जना पक्राउ

    25.2K
    SHARES

    काठमाडौं । नवनिर्वाचित सभामुख अग्नि सापकोटावि’रू’द्ध राष्ट्रपति कार्यालय शितल निवासअगाडि प्रदर्शन गरिएको छ । सभामुख वि’रु’द्ध प्रदर्शनमा उत्रिएका मानवअधिकारवादीलाई प’क्रा’उ गरेको छ ।

    सापकोटाले सोमबार(आज) राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिइरहँदा बाहिर मानवअधिकारीहरु प्रदर्शनमा उत्रिएका थिए । विरोधमा उत्रिएका १२ जनाभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ ।

    आफ्ना पतिको ह त्यामा संलग्न भएको भन्दै सापकोटावि’रू’द्ध मु द्दा लडिरहेकी पूर्णिमाया लामालगायत पक्राउ गरिएको छ । अदालतमा मु द्दा विचाराधिन रहेको बेलामा सापकोटालाई सभामुख निर्वाचित गरिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

    यस्तै नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसमा हतार गर्नु नपर्ने प्रतिक्रिया दिएका छन् । सोमबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै उनले भने, ‘एउटा बहस छेडिएको छ । यसलाई केही हतार गर्नु पर्दैन ।’

    एमसीसी पास हुने नहुने विषयमा उनी केहि बोल्न चाहेनन् । प्रतिनिधिसभाका सभामुख सापकोटाले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा सापकोटाले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

    सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक आयोगका प्रमुखहरु, मन्त्रीहरुलगायत सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता थियो।

    सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुखका निर्विरोध निर्वाचित भएका थिए। उनी सिन्धुपाल्चोक–२ बाट २०७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।

    यसैबीच अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रकृया रोक्न आदेश माग्दै परेको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ। सापकोटा भने सभामुखका लागि निर्वाचित भइसकेका छन्।

    सापकोटा माथि लागेको हत्या आरोपसम्बन्धी विभिन्न रिट अदालतमा विचाराधीन भएकाले पनि उनलाई सभामुखमा निर्वाचित गर्न नहुने भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिट आइतबार न्यायाधीश हरि फुयाँलको इजलासमा परेको थियो।

    यसअघि सापकोटा विरूद्ध सुशील प्याकुरेल लगायतले हालेको रिटमा बहस गरेकाले आफूले यो रिट हेर्न नमिल्ने बताएपछि उक्त रिटको पहिलो सुनुवाई हिजो हुन सकेन। आज न्यायाधीश मल्लको एकल इजलासमा ७ औँ नम्बरमा सभामुख सापकोटाविरूद्धको रिट तोकिएको छ।

    अघिल्ला ६ वटा मुद्दामा सुनुवाई सकिएपछिमात्र यो मुद्दाको सुनुवाई सुरू हुनेछ। आइतबार फुयाँलको इजलासमा भने पहिलो नम्बरमै राखिएको थियो। आइतबार प्रतिनिधिसभाले सापकोटालाई सभामुख चयन गरिसकेको छ।

    बरिष्ठ अधिवक्ता त्रिपाठीले भने उनलाई सभामुख बनाउन नहुने बरू पक्राउ गरेर अनुसन्धान अघि बढाउनु भन्ने आदेश दिन माग गर्दै रिट दायर गरेका थिए। सापकोटालाई ह’त्याको आरोप लगाइएको जाहेरीमा अनुसन्धान गर्न आदेश माग गर्दै दिइएको रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छन्।

    त्यस्तै सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् । उनले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरेका हुन् ।

    “नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध गर्दछु”, सभामुखद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराउदँछु ।”

    नेकपा स्थायी कमिटी सदस्य सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । उनले आजै पद तथा गोपनियताको शपथ लिइ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेका थिए ।

    नेकपा स्थायी कमिटी सदस्य सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । उनले आजै पद तथा गोपनियताको शपथ लिइ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेका थिए ।

    यस्तै अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको हो ।

    न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आइतवार(हिजो) पेसी तोकिएको थियो तर सर्वोच्च अदालतको न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो ।

    निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

    लामो रस्साकस्सीपछि संघीय संसद अन्तरगतको प्रतिनिधि सभाले सभामुख पाएको छ । नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधसभा सदस्य निर्वाचित भएका अग्नि सापकोटा निर्विरोध रुपमा सभामुखमा निर्वाचित भएका हुन् ।

    आइतबार बसेको प्रतिनिध सभा बैठकले सापकोटालाई निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा गरेको हो । पूर्वसभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त रहेको सभामुख चयनको विषय नेकपामा पेचिलो बनेको थियो ।

    पार्टी एकीकरणपूर्वकै समिकरणअनुसार पूर्वमाओवादी समूहले सभामुख पद पाउनुपर्ने प्रचण्ड समूहको अडान र एकीकरणपछि समूहका आधारमा नभएर सरकारलाई सहज हुने व्यक्तिलाई अघि सार्नुपर्ने विषयमा पार्टीमा देखिएको विवाद समाधानका नहुँदा संसद नै बन्धकको अबस्थामा पुगेको थियो ।

    झण्डै एक महिनाअघि शुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्तर्गतका तीनवटा बैठक सभामुख कसलाई बनाउने भन्ने विषयमा शक्तिसंघर्षका कारण सूचना टाँसेर स्थगित गरिएको थियो ।

    सभामुख पद रिक्त बनेपछि उपसभामुखले संसद बैठक सञ्चालन गरेपनि सभामुख चयनमा पार्टीभित्रैको विवाद छताछुल्ल भएको मात्रै होइन, सचिवालय बैठकले उपसभामुखलाई राजीनामा दिन निर्देशन दिएको भएपनि उनले अस्विकार गर्दै आएकी थिइन् । तर अघिल्लो आइतबार बिहान मात्रै नेकपाका दुईजना अध्यक्षहरु केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डका बीचमा पूर्वमाओवादी समहुलाई नै सभामुख पद दिने विषयमा सहमति कायम भएको थियो ।

    दुई अध्यक्षका बीचमा भएको सहमति अनुमोदनका लागि आइतबार बेलुका बसेको सचिवालय बैठकले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

    को हुन्, सापकोटा ?
    सिन्धुपाल्चोकमा २०१४ साल फागुन २४ गते जन्मिएका सापकोटा गत चुनावमा सिन्धुपाल्चोक–१ बाट भारी मतान्तरले विजयी भएका हुन् । दुबै संविधानसभाको निर्वाचनमा विजयी भएका सापकोटा ०४८ सालमा संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार भए पनि पराजित भएका थिए ।

    तत्कालिन माओवादीका प्रभावशाली नेता मानिने सापकोटा पार्टी भित्र अध्यक्ष प्रचण्डका विश्वास पात्र मानिन्छन् । युद्धरत माओवादीले सरकारसँग वार्ता गर्ने भनेर गठन गरेको दोस्रा वार्ता समितिमा सदस्यका रुपमा काम गरेका सापकोटा तत्कालिन माओवादीको युद्ध शुरु हुँदादेखि अन्त्यसम्मै भूमिगत रहेका थिए ।

    सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्वारी सम्हालेका सापकोटा युद्धका बेला करिब २ वर्ष जेल समेत बसेका थिए । सशस्त्र युद्धका बेलामा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका उनीमाथिको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।

    सापकोटासहित तत्कालीन माओवादीका अरु ६ जना नेता र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन काभ्रे र जिल्ला प्रहरी कार्यालय काभ्रेविरुद्धको अवहेलनासहित अरु २ वटा मुद्दा पनि सर्वोच्चमा विचाराधीन छन् ।

    ८ वर्षअघि दायर भएको मुद्धामा सर्वोच्च अदालतमा गत असारदेखि भने अन्तिम सुनुवाई चलिरहेको छ । गत असोजमा पेशी तोकिएको मुद्दाको अर्को पेशी भने आगामी माघ २२ गतेका लागि तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

    सापकोटाले भने आफु निर्दोष रहेको बताउँदै आएका छन् । मुद्दाको पेशी गत असोज २९ गतेका लागि तोकिएको भएपनि ‘हेर्न नभ्याइएको’ भन्दै हटाएर आगामी माघ २२ गतेका लागि अर्को पेशी तोकिएको छ ।

    के थियो घटना ?
    तत्कालीन माओवादीले सशस्त्र यु’द्ध चलाइरहेका बेला २०६२ बैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई माओवादी कार्यकर्ताले अपहरण गरेका थिए । त्यसको दुई महिनापछि उनको शव तत्कालिन बूढाखानी गाविसको चारकिल्लामा गाडेको अबस्थामा भेटिएको थियो ।

    उक्त प्रकरणमा तत्कालीन माओवादीका नेताहरु अग्नीप्रसाद सापकोटा, सूर्यमान दोङ, कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानको संलग्नता रहेको भन्दै मृतक लामाकी पत्नी पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जा’हेरी दिन प्र’यास गरेको भएपनि प्रहरीले भने इन्कार गरेको थियो ।

    द्व’न्द्व’कालीन घ’टनाको अनुसन्धान र तहकिकात गर्नका लागि सत्य निरुपण आयोगको गठन भएको भन्दै २०६४ असारमा प्रहरीले जाहेरी लिन इन्कार गरेको थियो । तर २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारको सञ्चारमन्त्री बनेका सापकोटावि’रुद्ध पत्रकार कनकमणि दिक्षीतले २०६८ साल असार २ गते सर्वोच्च अदालतमा अवहेलनाको मु’द्दा दायर गरेका थिए ।

    जसको सुनुवाई गर्दै तत्कालिन न्यायाधीशहरु रामकुमारप्रसाद साह र प्रकाश बस्तीको संयुक्त इजलाशले हरेक १५ दिनमा अनुसन्धानको प्रगति विवरण पठाउन जिल्ला प्रहरी कार्यालय काभ्रेका नाममा आदेश जारी गरेको थियो । तर, प्रहरीले अनुसन्धान नगरेको भन्दै लामाकी पत्नी पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते सर्वोच्चमा अनुसन्धान गरेर दोषीमाथि कारबाहीको माग गर्दै रिट दायर गरिन् ।

    जुन रिटमाथि सुनुवाई गर्दै तत्कालिन न्यायाधीश बैद्यनाथ उपाध्यायको इजलाशले कारण देखाउ आदेश जारी मात्रै गरेन, हत्याको छानबिन गर्न समेत आदेश दिएको थियो । त्यसको समेत कार्यान्वयन नभएको भन्दै अधिकारकर्मी सुशील प्याकुरेलसहित ८ जनाले फेरि २०७२ चैत २६ मा अर्को मुद्दा दायर गरे ।

    सबै मुद्धलाई एकैठाउँमा राखेर सुनुवाई गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओम प्रकाश मिश्रको इजलाशले मु’द्दाको टुङ्गो लगाउन संवैधानिक इजलासमा पठाउन आदेश जारी गरेको थियो । विगत ४ वर्षदेखि सर्दै आएको मुद्दाको सुनुवाई गत असारदेखि फेरि शुरु भएको छ ।

    संवैधानिक इजलाशमा शुरु भएको सुनुवाईपछि इजलाशले सत्य निरुपण आयोगमा उजुरी रहेको भए त्यसको प्रमाणित प्रतिलिपि पठाउन आदेश जारी गरेको छ । मु’द्दाको पेशी गत असोज २९ गतेका लागि तोकिएको भएपनि ‘हेर्न नभ्याइएको’ भन्दै हटाएर आगामी माघ २२ गतेका लागि अर्को पेशी तोकिएको छ ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ