• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अमेरिका लुकेकी उपमेयरले फेसबुकमा लेखिन यस्तो अनौठो स्टाटस, भन्छिन- मलाई बाँच्न दिनुहोस्’

    12.2K
    SHARES

    काठमाडौँ । एक कार्यक्रमका लागि अमेरिका गएर त्यतै पलायन भएको भनिएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) ले आफू अमेरिकामा लुकेको नभइ बिरामी परेको स्पष्ट पारेकी छिन् । पछिल्लो समय उनी अमेरिकामै लुकेको भन्ने आशयका समाचार भाइरल भइरहेको बेला सामाजिक सञ्जालमार्फत उनले बिरामी भएका कारण समयमा फर्किन नसकेको स्पष्टीकरण दिएकी हुन् ।

    सामाजिक सञ्जालमा उनले भनेकी छिन्, ‘म हराएको पनि छैन । म कतै लुकेको पनि छैन । म मेयर रतन शाहीजीलाई जानकारी नदिएर पनि आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।’ उनले आफ्नो स्वास्थ्यबारे मेयरलाई जानकारी गराउन पटक पटक फोन सम्पर्क गरेपनि मेयरले फोन नउठाएको दावी गरेकी छिन् ।

    ‘अमेरिकाबाट बार बार मेयरलाई सम्पर्क गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालजी सँग पनि कुरो भएको हो, वडा अध्यक्षहरुसँग पनि कुरो भएको हो ।कतैबाट केही प्रतिक्रिया आएन’, उनले सामाजिक सञ्जालमा लेखेको प्रष्टीकरणमा भनिएको छ ।

    आफू अमेरिका जाँदा टिकट समेत साथीभाइको सहयोगमा लिएर आएको भन्दै आफ्नो स्वास्थ्य पूर्णरुपमा निको हुन अझै ५ महिना लाग्छ भनेर चिकित्सकले भनेको पनि उनले बताएकी छिन् ।

    आफ्नाबारे सञ्चालमाध्यममा आएको समाचारप्रति आपत्ति जनाउँदै उनले भनेकी छिन्, ‘कृपया मलाई बाँच्न दिनुहोस्, म बाँचे त अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भइनँ भने दुनियाँ कै शक्तिशाली भए पनि केही छैन मलाई । अब मेरो बारेमा के भन्न मन लाग्छ, लेख्न मन लाग्छ आफै भन्नुहोस्, के गर्ने हो गर्नुहोस् ।’ उनले आफ्नो घाउमा नुन खुर्सानी हाल्ने काम नगर्न अनुरोध गर्दै आफूलाई जिम्मेवारीको बारेमा राम्रोसँग थाहा भएको बताएकी छिन् ।

    यस्तो छ उनको लेखेको फेसबुक स्टाटस- सम्पुर्ण सुभचिन्तक हरुमा नमस्कार ! म आराम छैन ।तपाईहरु आराम हुनुहुन्छ भन्ने बिश्वास छ ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्न्थे हो रहेछ आज आयर बुझ्दै छु । १. म हरायको पनि छैन २. म कतै लुकेको पनि छैन ३.म मेयर Ratan Shahi जि लाई जानकारी नदियर पनि आयको होइन उहाँले नै भ्रमण स्वीकृत गरेर आयको हो ।

    ५. अमेरीका बाट बार बार फोन गर्दा कायालयमा सम्पर्क मेयर लाई गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकिय अधिकृत Uddhav Rijal जि संघ पनि कुरो भएको हो वार्ड अध्यक्षहरु सङ्ग पनि कुरो भएको हो ।कतै बाट केहि प्रतिक्रिया आयन
    #सहयोग त झन कुरै भएन #अमेरिका आउदाको plane ticket पनि नगरले पैसा हालेको नभएर मैले पनि बार बार माग्ने जस्तो कति चोटि कल गर्नु ।

    ७.मेयर लाई मेरो के मतलब र याद हुने कुरो पनि भयन र बार बार भिख मागिन । ८. मैले सोचे म बरु मर्छु तर सरकारी पैसामा उपचार गर्दिन माग्दिन पनि किन कि मलाई मेरो plane ticket को पैसा त मेरो दाजुहरु Parbat Jee नेपाली र Kashi Prasad Pandey दाजु Sunita Pandey भाउजुले हाल्नु भएको हो तेसैले मागिन । तेस पछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहियन कसैले दिय पनि भनेको हो ।

    ९. अहिले म राम्रो सङ्ग बोल्न पनि सक्दिन अलि अलि चल्न सक्ने भएको छु यस्को सबै उपचार भारत कि डा . अञ्जीर कुमार ले गर्दै हुनुहुन्छ । म पुर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ । तिलागुफाका जनताहरुको माया ममता म मा सधै छ र भैई राख्ने छ ।

    मैले नगर पालिका संघका महसचिव Bhim Prasad Dhungana जि लाई पनि भनेकै हो बरु उहाँ र हाम्रो Kalanidhi Devkota कार्यकारी अधिकृत नगर पालिका संघको तर्फबाट सहयोग गरौला भन्दै हुनुहुन्थ्यो मलाई सरकारी पैसाको उपचार नगराउने भनेर चाहिदैन्न पर्दैन भने
    मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ । जसरी भए पनि बाच्नै पर्ने देशमा रोगी नेता ले सबै पैसा सिधा्य पनि हामीले नै भन्ने फेरि म उपचार गर भन्न पनि मेरो नैतिकले दियन तेसैले मैले सहयोग मागिन गल्ती गरे माफ माउ

    जिन्दमा अरु केहि नजाने पनि मान्छ असल मान्छे कमाउन जानेकी छु मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केहि छैन र मेरो स्वास्थ भन्दा ठुलो केहि छैन ।कृपया मलाई बाच्न दिनुहोस् #मबाचेत अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भएन भने ? म दुनियाँ कै शक्तिशाली भए पनि केहि छैन मलाई । अब मेरो बारेका के भन्न मन लाग्छ लेख्न मन लाग्छ आफै भन्नुहोस् के गर्ने हो गर्नुहोस् मेरो घाउमा नुन खुर्सानी हाल्ने काम कृपया नगरी दिनुहोला म लाई Responsibility बारेमा राम्रो सङ्ग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ । लेख्न सहयोग : उषा कुमाई ।

    प्रतिक्रिया