• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अरुण तेस्रो जलबिद्युत आयोजनामा शक्तिशाली बिस्फोट, प्रहरी घ’टनास्थल जादै

    6.9K
    SHARES

    काठमाडौं । संखुवासभाको निर्माणाधीन जलबिद्युत आयोजना अरुण तेस्रोको कार्यालयमा शक्तिशाली ब’म बिस्फोट भएको छ । गएराति ११ बजेतिर ठुलो आवाजसहित बिस्फोटको आवाज आएको त्यहाँबाट स्थानीयले संचारकेन्द्रलाई जानकारी दिएका छन् ।

    जिल्लाको मकालु गाउँपालिका वडा नम्बर ५ र चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहेको निर्माणाधीन आयोजनामा ब’म बिस्फोट भएको हो । बिस्फोटबाट केकति क्षति भएको छ भन्ने विषयमा केहि पनि जानकारी प्राप्त हुन सकेको छैन । यता जिल्ला प्रहरी कार्यालय संखुवासभाले विस्फोटनको खबर आएलगत्तै घटनास्थलका लागि प्रहरी टोलि हिडेको जानकारी दियो ।

    ‘बिस्फोटको खबर आएको छ, जिप्रकाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोलि त्यसतर्फ गएको छ ।’ जिल्ला प्रहरी कार्यालय संखुवासभाले संचारकेन्द्रसँग भन्यो -;घटनास्थल पुग्न करिब ३/४ घण्टा हिड्नुपर्छ । त्यसैले टोलि त्यहाँ पुगेपछि मात्रै क्षतिको विवरण आउछ ।

    यो समाचार तयार पार्दासम्म बिस्फोटको जिम्मा कसैले पनि लिएको छैन ।यसअघि पनि अरुण तेस्रोको पावर हाउसमा पटकपटक बिस्फोट हुदै आएको छ । अरुण तेस्रो भारतीय कम्पनीलाई बेचेर राष्ट्रघात भएको भन्दै विद्रोही नेकपाले आपत्ति जनाउदै आएको छ । फाइल तस्वीर: गुगलबाट


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ