• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    १० महिनापछि खुल्यो सुप विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला

    2K
    SHARES

    कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला १० महिनापछि खुलेको छ ।विश्वविद्यालयको पहलपछि शनिबार ताला खोलिएको हो । गत चैतमा विज्ञान तथा प्रविधि संकायका डिन पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा संकायका डिन गोविन्द विष्टलाई रजिस्ट्रारको जिम्मेवारी दिइएपछि नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा तालाबन्दी गर्दै आएको थियो ।

    विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको र दोहोरो रूपमा पदाधिकारी तोकेको भन्दै तालाबन्दी गरेको थियो । विश्वविद्यालयमा उपकुलपति छनोटका लागि गठित कार्यदललाई काम गर्ने वातावरण मिलाउन १५ दिनका लागि ताला खोलिएको संघका नेता कैलाश चन्दले बताए । उनले नयाँ उपकुलपति नियुक्त भएपछि आफ्ना मागबारे छलफल गरिने बताए ।

    नेविसंघको तालाबन्दी यथावत् रहेका बेला विश्वविद्यालयको प्राध्यापक संघले पनि आंगिक क्याम्पसका कर्मचारी र प्राध्यापकको समायोजनको माग गर्दै जेठ २ गते तालाबन्दी गरेको थियो । संघले विश्वविद्यालय पदाधिकारीविहीन रहेको अवस्थामा माग पूरा नहुने भन्दै ताला खोल्न सहमत भएको हो ।

    यसैबीच पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा सामाजिक अध्ययन र कक्षा १२ मा जीवन उपयोगी शिक्षा विषय अनिवार्य अध्ययन गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रले सार्वजनिक गरेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमको प्रारूपमा कक्षा ११ र १२ मा यी दुई विषयसहित अंग्रेजी र नेपाली अनिवार्य अध्ययन गर्नुपर्ने व्यवस्था गरेको छ ।

    आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमका आधारमा पढाइ सुरु हुने कक्षा ११ र १२ मा विद्यार्थीहरूले तीन विषय अनिवार्य र तीन विषय ऐच्छिक रूपमा अध्ययन गर्नुपर्नेछ। विद्यार्थीले थप ऐच्छिकका रूपमा अर्को एक विषय पनि अध्ययन गर्न पाउनेछन्। सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षाअन्तर्गत एक/एक पाठ्यघण्टाको सूचना प्रविधिको व्यावहारिक अभ्यास गराइने केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले जानकारी दिए।

    कक्षा १० सम्म अनिवार्य विषयका रूपमा समावेश गरिएको गणितलाई कक्षा ११ र १२ मा ऐच्छिक विषयमा राखिएको छ। गणितलाई अनिवार्य विषयमा समावेश नगरेकामा विज्ञहरूले असन्तुष्टि जनाएका छन्। यसमा गणित विज्ञहरूले विषयको महत्त्वलाई उपेक्षा गरिएको टिप्पणी गरेका छन्। पाठ्यक्रम निर्माणमा संलग्नहरूले सबै विद्यार्थीलाई गणितको बोझ बोकाउन नहुने तर्क गर्दै ऐच्छिक विषयका रूपमा राखिएको जनाए।

    गणितलाई अनिवार्य विषयमा समावेश नगरेकामा विज्ञहरूले भने असन्तुष्टि जनाएका छन्। गणितको अभावमा विज्ञान, प्रविधि क्षेत्रसमेत कमजोर हुने उनीहरूले दाबी छ।

    प्रतिक्रिया