• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्डलाई मुखभरिको जवाफ फर्काउदै बाराबुमले गरे अहिलेसम्मकै कडा ट्वीट, सामाजिक संजालमा खैलाबैला

    23.7K
    SHARES

    काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा आउन गरेको आग्रहलाई ठाडै अस्विकार गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भट्टराईसँगै अशोक राईलाई नेकपामा आउन आग्रह गरेका थिए ।

    प्रचण्डले भट्टराई, उपेन्द्र यादव र राईलाई स-साना चुल्हो चौकामा बसेर झमेला गर्नुभन्दा नेकपामै आउन आग्रह गरेका थिए ।
    तर, बाबुरामले भने सामाजिक संजालमा यसको कडा जवाफा फर्काएका छन् ।  भट्टराईले विहिबार ट्वीटर मार्फत जवाफ फर्काउँदै प्रचण्ड आफैं केपी शर्मा ओलीको पिंजडामा फसेको बताएका छन् ।

    उनले शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर बुटवाको सिकार गरे झैं खड्गप्रसादको पिंजडामा प्रचण्ड आफैं छटपटाइरहेका बेला हामीलाई पनि पिंजडामा आउन आग्रह गरेको बताएका  छन् । बाबुराम भट्टराईले ट्वीटर मार्फत गरेको उक्त ट्वीट सामाजिक संजालमा भाइरल भइरहेको छ ।

    यस्तो छ उनले गरेको ट्वीट- ‘पंचतन्त्रको ‘कंकड लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर वटुवाको शिकार गरे झैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन् ! आफैं त महादेव उत्तानो टाँगसकस्लाई दिने वर……?,’

    पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन् । आज पत्रकारहरुसँग कुरा गर्दै  दाहालले सापकोटामाथि कुनै पनि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको स्पष्ट छन्  ।

    प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका  सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, “मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।” सिङ्गै संसद्ले उनलाई स्वीकार गरिसकेको भन्दै प्रचण्डले थप्दै, “उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।”

    दाहालको गृहजिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले  सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए  । प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिराखेको भन्दै दाहालले प्रश्न गरे, “यहाँ सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भएजस्तो लागेको छैन ।”

    यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले सुरु गर्ने एमसीसी सम्झौता राष्ट्र हित अनुकुल हुने गरी सम्झौता गरेर अघि बढाइने खुलासा गरेका छन् । उनले अमेरिकासँग एमसीसीका बारेमा सरकारले पुनः संवाद गरेर त्यसलाई देशको हितमा हुनेगरी अघि बढाइने पनि दावी गरे।

    एमसीसी पास भने किने पनि हालतमा हुने प्रचण्डको भनाइ थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ