• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मौसम पूर्वानुमान महाशाखाले दियो आगामी ३ दिनको यस्तो डरलाग्दो मौसम अपडेट

    18.9K
    SHARES

    काठमाडौं । जल तथा माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले आज मुलुकका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने तथा तराईमा हुस्सु र कुहिरोको सम्भावना रहने जनाएको हो ।

    वहाल देशका तराई भू-भागहरुमा हुस्सु/कुहिरो लागेको र बाकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान

    माघ ९ गते  बिहिबार  दिउँसो  देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ। राति देशको पुर्वी पहाडी भूभागमा आंशिक रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

    माघ १० गते शुक्रबार दिउँसो  देशको पुर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

    राति देशको पुर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

    माघ ११ गते शनिबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ । राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध गरेको छ।

    यस्तै चीनमा फैलिएको कोरोना भाइरसको जिवाणु सर्पबाट मानिसमा सरेको एक अध्ययनले देखाएको छ । चीनमा हालै भएको एक अध्ययनले कोरोना भाइरस सर्पबाट मानिसमा सरेको उल्लेख गरेको छ । जर्नल अफ मेडिसिन भाइरोलोजीमा प्रकाशित सो अध्ययनका अनुसार कोरोना भाइरस सिफुड बेच्ने होलसेल बजारबाट सरेको हो ।

    कोरोना भाइरसको विस्तृत जीन अध्ययन प्रश्चात अभयचरमा कोरोना भाइरस देखिएको प्रमाणित भएको छ । सो अध्ययनका अनुसार कोरोनो भाइरस मानिसमा सर्नु अघि सर्पमा देखिएको छ ।

    कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म १७ जनाको ज्यान गइसकेको बताइएको छ। कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेको छन् ।

    कोरोना भाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ । पाँच सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने कैयौँको ज्यान गइसकेको चिनियाँ अधिकारीहरुको भनाइ छ ।

    चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यसको त्रास नेपालमा पनि बढेको छ । नेपाल घुम्न आउने चिनियाँ पर्यटक तथा चीनबाट स्वदेश फर्किने नेपालीहरुसँगै कोरोना भाइरस पनि नेपाल आउन सक्ने भन्दै सरकारले त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाएको जनाएको छ ।

    विदेशी पर्यटन तथा स्वदेश फर्किएका नेपालीको स्वास्थ्य जाँचका लागि विमानस्थलमा विशेषज्ञ चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा हेमन्त वझाले बताए ।

    ‘छिमेकी मुलुकमा कोरोना भाइसरको संक्रमण फैलिएपछि हामीले एकजना विशेषज्ञ सहित ५ जना स्वास्थ्यकर्मीको टोली खटाइसकेका छौं,’ डा वझाले भने, ‘कोरोना भाइरसको संक्रमण देखिएका देशबाट आउने व्यक्तिको चेकजाँच विमानस्थलमै हुन्छ ।’

    प्रतिक्रिया