काठमाडौं । भारतमा प्रजातान्त्रिक अभ्यास खस्किदै गएको सूचांक सार्वजनिक भएको छ । ब्रिटेनले प्रकाशन गर्दै आएको प्रशिद्ध अन्तर्राष्ट्रिय पत्रिका द इकोनोमिष्टले वार्षिक रुपमा सार्वजनिक गर्दै आएको डेमोक्रेसी इंडेक्समा भारतको प्रजातान्त्रिक अभ्यास खस्किएको जनाइएको हो ।
१ सय ६५ वटा मुलुकलाई समेटेर गरिएको अनुसन्धानमा भारतको अवस्था सन् २०१८ को तुलनामा सन् २०१९ मा १० स्थान तल झरेको देखाइएको छ । डेमोक्रेसी इंडेक्समा भारत सन् २०१९ मा ५१ स्थानमा छ यो अघिल्ला वर्षको तुलनामा १० स्थान तल हो ।
संसारमा सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यास भएको मानिने भारतमा नागरिक स्वतन्त्रतामा भएको ब्यापक कटौतीले डरलाग्दो तरीकाले डेमोक्रेसी इंडेक्स खुम्चिएको उल्लेख गरिएको छ । ओलीले सरकारकोको नेतृत्व गरेको बेला एकपछि अर्को डेमोक्रेसी इंडेक्स खुम्चिदै गएको छ ।
भारत प्रशासित कश्मिरको अनुच्छेद ३ सय ७० हटाएर महिना दिन भन्दा बढी गरिएको नाकाबन्दी र नेताहरुको नजरबन्द, विवादित बनेको नागरिकता कानून तथा आसाममा गरिएको राष्ट्रिय नागरिक रजिष्टर (एनआरसी)बाट १९ लाख भन्दा बढी मानिसलाई एकैपटक राज्यविहिन बनाइएका लगायत प्रकरणले प्रजातन्त्रको स्थिति खस्किएको दावी गरिएको छ ।
यता हिन्दू साम्प्रदायिक एजेण्डा र गिर्दो अर्थव्यवस्थाका कारण भारतले सन् २०२० मा धेरै ठूला चुनौती भोग्नुपर्ने निश्कर्ष अमेरिकाले निकालेको छ । अमेरिकी एजेन्सी युरेसिया ग्रु पले जारी गरेको वार्षिक प्रतिवेदनमा विश्वमा ठूला चुनौती सामना गर्ने भूराजनीतिक जोखिममा भारत पाँचौ नम्बरमा परेको हो । धार्मिक र सामाजिक द्वन्द्वका कारण भारतको विदेश नीतिसमेत प्रभावित हुने अमेरिकी एजेन्सीको अनुमान छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा भारतमा भइरहेको हिन्दू बर्चश्वको लडाइले उसको आर्थिक अवस्था झनै ओह्रालो लागिरहेको रिपोर्टमा उल्लेख छ । जम्मु कश्मिर मुद्दा, लगातार भइरहेका विरोध प्रदर्शन र आर्थिक गिरावटले भारतको भूराजनीति चुनौतीपूर्ण रहेको रिपोर्टमा जनाइएको छ । यो वर्ष भारतमा धार्मिक द्वन्द्व अझ बढ्ने अनुमान उसले गरेको छ ।
अमेरिकी एजेन्सीले भनेको छ ‘नरेन्द्र मोदीले आफ्नो पहिलो र अहिलेसम्मको दोस्रो कार्यकालमा सामाजिक मुद्दामै ब्यतित गरेका छन् । यसबीचमा देशको आर्थिक एजेण्डा पछि परेको छ । सन् २०२० मा यसको असर देखिनेछ । विदेश नीति र अर्थनीतिमा यसले भारतलाई निकै असर पार्नेछ ।’
मोदी सरकारले जम्मु कश्मिरको विशेष राज्यको मान्यता हटाउनु, उत्तर पूर्वी भारतमा इस्लामिक घुसपैठियाका नाममा कडा नीति अख्तियार गर्नु, धर्मको आधारमा शरणार्थीलाई नागरिकता दिनु भारतको गम्भीर भूल रहेको भन्दै अमेरिकाले यसको पछि गृहमन्त्री अमित शाहको मुख्य हात रहेको जनाएको छ ।
अमेरिकी एजेन्सीले आगामी वर्ष भारतको राजनीति धर्मका आधारमा विभाजित हुने र यो साम्प्रदायिक राजनीति निकै तलसम्म पुग्ने अनुमान लगाएको छ । उसले आरएसएस र उसको हिन्दू राष्ट्रको एजेण्डामा सत्तारुढ भारतीय जनता पार्टी नराम्ररी फसिसकेको दावी गरेको छ ।
विश्वमा हुने ठूला राजनीतिक चुनौतिमध्ये अमेरिकी एजेन्सीले पहिलो नम्बरमा भने अमेरिकामा हुने राष्ट्रपति चुनावलाई नै देखेको छ । सन् २०२० को अन्तमा हुने चुनावले विश्वको तस्वीरमा धेरै फेरबदल हुने अनुमान एजेन्सीको छ ।
उता अमेरिका र इरानबीच तनाव चलिरहँदा दक्षिण चीन सागरमा भने चीनविरुद्ध इन्डोनेसिया अघि बढेको छ । उसले चीनविरुद्ध यु’द्धपोत तैनाथ गरेको छ । दक्षिण चीन सागरमा चीनले आक्रामक र विस्तारवादी दृष्टिकोण देखाएको भन्दै त्यहाँ चीनविरुद्ध देशहरूले गतिविधि शुरू गरेका छन् । त्यहाँ रहेको नतुना टापुसमूहमा इन्डोनेसियाले चीनको विरोध गरेको हो ।
इन्डोनेसियाले दक्षिण चीन सागरको टापुमा अधिकार जमाउन नतुनामा युद्धपोत र ल’डाकू विमान तैनाथ गरेको हो । त्यहाँ इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो पनि पुगेका छन् । आफ्नो आधिपत्य रहेको ठाउँमा चिनियाँ फिशिङ बोटहरूले कोस्ट गार्ड युद्धपोतको संरक्षणमा जबर्जस्ती पसेको भनी इन्डोनेसिया क्रु’द्ध छ ।
‘हाम्रो जलसेना र वायुसेना हतियारले सुसज्जित छन् र तिनलाई नथए नतुना सीमा तैनाथ गरिएको छ,’ सैन्य प्रवक्ता मेजर जनरल सिसरियादीले बताए । विदेशी डुंगा र युद्धपोतहरू लखेट्नका लागि ६ वटा युद्धपोत पनि इन्डोनेसियाले तैनाथ गरेको छ । ‘हामीहरू यु’द्धपोत मात्र नभई लडाकू विमान पनि तैनाथ गरिरहेका छौं । म पूर्ण सतर्क छु,’ सिसरियादीले भने ।
नतुना टापुसमूह दक्षिण चीन सागरको रणनीतिक विन्दु हो । त्यहाँको पानीमुन्तिर उल्लेख्य मात्रामा तेल र ग्यास भण्डार छ । अनि मालवाहक जहाजहरू बाक्लै आरपार गर्ने महत्त्वपूर्ण मलक्का स्ट्रेटकै छेउमा यो टापुसमूह छ । चीनले पनि तनाव चर्काउने हिसाबमा कदम अगाडि बढाएको छ ।
चीनबाट थप दुई सशस्त्र कोस्टगार्ड जहाजहरू नतुना टापुसमूह जानका लागि फीएरी क्रस रीफबाट रवाना भइसकेका छन् । दक्षिण चीन सागरमा चीनसँगै इन्डोनेसिया, फिलिपिन्स, भियतनाम, मलेसिया, ताइवान र ब्रुनाइले दाबी गर्दै आएका छन् । त्यहाँ सयौं किसिमका सामुद्रिक प्राणीहरूको प्रजाति पाइन्छन् ।
प्रतिक्रिया