• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    प्रचण्ड र गोकुल बास्कोटालाई काभ्रे जान निषेध, दियो यस्तो कडा चेतावनी, तर कसले ?

    26.9K
    SHARES

    काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचना तथा संचार मन्त्री गोकुल बास्कोटालाइ काभ्रे जान नि’षेध गरिएको छ । प्रदेशको नामाकरण पहिचान सहितको संघियताको विरु’द्ध रहेको भन्दै काभ्रेमा अध्यक्ष दाहाललाई प्रवेश नदिने चे’तावनी दिईएको छ ।

    काभ्रेको महाभारत गाउँपालिकाका युवाहरुले नेकपा अध्यक्ष प्रचण्डसहित काभ्रेबाट निर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई समेत आफ्नो गाउँमा प्र’वेश गर्न नदिने चे’तावनी दिएका हुन् ।

    पहिचान सहितको संघीयता विपरीत प्रदेशको नाम बाग्मती राखिएको भन्दै उनीहरुले नेकपाका नेताहरुलाई प्रवेशमा रोक लगाउने क’डा चे’तावनी दिएका हुन् । प्रवेश निषेध लेखिएका पर्चाहरु जताततै टाँसिएका छन् । उनीहरुले प्रदेशको नाम नेवाः तामसालिङ राख्न जोडदार माग पनि गरेका छन् ।

    यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माघ ५ गते बसेको सचिवालय बैठकले सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेकोप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतमा विचाराधीन मु”द्दाका आरोपित सापकोटालाई सभामुख बनाउने निर्णयमा पुनर्विचार गरी कानुनी शासनको सम्मान गर्न माग गरिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सशस्त्र द्व’न्द्वकालीन विचराधीन मु’द्दाका आरोपित सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय देशको कानुन तथा नेपालको मानव अधिकारप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    इन्सेकको अभिलेख अनुसार तत्कालीन छत्रेबाँझ गाविस–५ दाप्चाका अर्जुनबहादुर लामालाई २०६२ वैशाख १६ गते दिउँसो कृष्ण मावि दाप्चाको प्राङ्गणबाट माओवादी कार्यकर्ताहरूले अ’पहरण गरेका थिए । कृष्ण मावि, दाप्चाको सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाचित भएपछि आयोजित स्वागत कार्यक्रममा सरिक भइरहेको बेला माओवादी कार्यकर्ताहरूको अ’पहरणमा परेका पीडित लामाको २०६२ असार महिनामा माओवादी नियन्त्रणमा नै मृ ‘त्यु भएको थियो ।

    स्थानीय प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै इन्सेकले भनेको छ – घटनाको दुई महिनापछि अग्नि सापकोटा उपस्थित एक कार्यक्रममा लामालाई पनि उपस्थित गराइएको थियो । त्यसयता कतै नदेखिएका लामालाई अ’प’ह’रणको नौ महिनापछि २०६२ पुसमा माओवादी नेता सूर्यमान दोङले ‘अर्जुनलाई सफाया गरिएको’ सार्वजनिक गरेका थिए ।

    पतिको अ’पहर’णपछि माओवादीले ह’त्या गरेको भन्दै २०६४ असार २१ गते लामाकी पत्नी पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय, काभ्रेमा दिएको किटानी जाहेरी प्रहरीले लिन अस्वीकार गरेपछि सोसम्बन्धमा पीडित र मानव अधिकारकर्मीले सर्वोच्च अदालत गुहारेका थिए ।

    सर्वोच्च अदालतले २०६४ फागुन २७ गते जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीले सापकोटा र अर्का नेता सूर्यमान दोङसहित ६ जनावि’रु’द्ध कर्तव्य ज्यान मु’द्दाको जा’हे’री लिँदै पक्राउ पू’र्जी जारी ग¥यो । त्यसयता आरोपितहरू कोही पनि नभेटिएको भन्दै प्रहरीले सबैलाई फरार सूचीमा राखेको छ ।

    माओवादीले भने सेनाले प्र’हार गरेको मोर्टारमा परी लामाको मृ त्यु भएको बताउने गरेको छ । सङ्क्र’मणकालीन न्यायको विषयमा संसारले नजर लगाइरहेको यो अवस्थामा सापकोटाको सभामुख पदमा हुने नियुक्तिले नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीतमात्रै नभई मुलुकको मानव अधिकारप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धताको समेत खिल्ली उडाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई उचित समयमा उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुखका बारेमा आइतबार मोटामोटी सहमति भइसकेपछि उपसभामुख तुम्बाहाङफेलाई बालुवाटार बोलाइएको थियो ।

    सचिवालय बैठकअघि तुम्बाहाङफेसँग दुवै अध्यक्षले संयुक्तरुपमा छलफल गरेका थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले उपसभामुखको भूमिका कुशलतापूर्वक निर्वाह गरेकोमा धन्यवाद दिएका थिए । ‘यतिन्जेलसम्म उपसभामुखका रुपमा राम्रोसँग काम गर्नुभयो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीको आवश्यकताका आधारमा उपसभामुखमा तपाईंको भूमिका यहीँ सकिदैँछ तर उचित समयमा तपाईंलाई उचित जिम्मेवारी दिइनेछ ।’

    तुम्बाहाङफेलाई सरकारमा वा पार्टीमा जहाँ भए पनि आवश्यकताका आधारमा उचित जिम्मेवारी दिन सकिने आश्वासन ओलीले दिएको बताइन्छ । नेकपा स्रोतले तुम्बाहाम्फेलाई ओली-प्रचण्डले मन्त्री बनाउने तयारी गरेका छन् । भेटमा तुम्बाहाङफेले अध्यक्षद्वयलाई सभामुख चयन प्रक्रियामा आफूलाई ‘बाधक’जसरी प्रस्तुत गरिएकोमा गुनासो गरेकी थिइन् ।

    ‘पार्टीले उम्मेदवार तोक्नेबित्तिकै म राजीनामा दिइहाल्थेँ, राजीनामा दिन्छु भनेर पहिलादेखि नै भन्दै आएको पनि हुँ,’ तुम्बाहाङफेलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीले उम्मेदवार तोक्न ढिला गर्ने, अनि मैले राजीनामा नदिएका कारण उम्मेदवार तोक्न सकिएन भनेर हल्ला गर्ने काम भएकोमा दुःख लागेको छ ।’ दुई अध्यक्षबीच लामो रस्साकस्सीपछि पूर्व माओवादी पक्षबाट अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाले औपचारिक निर्णय गरेको छ ।

    राजिनामापछि के भन्छिन तुम्बाहाम्फे ?
    उपसभामुख पदबाट राजीनामा दिएकी डा. शिवमाया तुम्बाहाङफेले आफूले बाजी मारेको प्रतिक्रिया दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् । लगतै प्रतिनिधिसभाम सचिवालयमा राजीनामा पत्र बुझाइन् ।

    त्यसपछि आयोजित पत्रकार सम्मेलनमा डा. तुम्बाहाङ्फेले एउटै क्षेत्रमा ५ वर्ष बिताउनु नपरेकाले खुसी लागेको प्रतिक्रिया दिइन् । ‘मेरो लक्ष्य अर्को पनि छ, यो पनि थियो,’ उनले भनिन्, ‘आजदेखि काम गर्ने ट्रयाक चेन्ज गर्दैछु ।’ नेकपाभित्र तुम्बाहाङ्फे मन्त्री बन्ने चर्चा छ । तर उनले भने यसबारे केही बाताइकी छैनन् ।

    उसो त तुम्बाहाङफेको सभामुखमा दाबी थियो । नेकपाको सचिवालयले राजीनामा दिन आग्रह गर्दा समेत उनले आफूलाई सभामुख बनाउने निर्णय गर्नुपर्ने शर्त राखेकी थिइन् । सभामुखमा तपाईको दाबी थियो तर अग्नि सापकोटाले बाजी मार्नु भयो होइन भन्ने प्रश्नमा उनले भनिन्, ‘बाजी मैले मारे‌ं । संविधानअनुसार यो संस्थालाई अगाडि बढाउन सके‌ं । नेतृत्वबिहीन बनाएर जानु परेन, त्यसकारण मैले बाजी मारें ।’

    यस्तो थियो संसदमा उनको अन्तिम सम्बोधन
    “माननीय सदस्यहरु, एउटा अप्रत्यासित र अस्वाभाविक पपिरस्थितिका कारण विगत केही समयदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको व्यहोरा यहाँहरुलाई अवगत नै छ । सार्वभौम संसदको महत्वपूर्ण अंग प्रतिनिधिसभा लामो समयसम्म सभामुखविहीन हुँदा उत्पन्न भएको जटिलता र यसले सिर्जना गरेका समस्याका बारेमा पनि हामी सबै जानकार नै छौं । यस्तो स्थिति अब कायम रहनुहुँदैन, यसले छिटै उपयुक्त निकास पाउनुपर्छ भन्ने माननीय सदस्यहरुको भावनालाई प्रतिनिधित्व गर्दै मैले पटक-पटक सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउँदै आएको यथार्थसँग माननीय सदस्यहरु परिचित नै हुनुहुन्छ ।

    अन्योलपूर्ण अवस्थामा उपसभामुख पद रिक्त गरेर यस गरिमामय सदनलाई नेतृत्वविहीन राख्नु उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्ने भनेर मैले सार्वजनिकरुपमा राखेको मान्यता सम्मानित सदनसमक्ष अभिलेखित गराउन चाहन्छु ।

    समावेशी लोकतन्त्र हाम्रो संवैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषताका रुपमा रहेको छ । संविधानको यो मर्म अक्षर या वचनबाट होइन, आम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुन सक्छ भन्ने मलाई लाग्छ । राज्यका उच्च ओहोदाहरुमा समाजका सबै अंगहरुको प्रतिविम्ब झल्किन सकेमात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुन सक्छ भन्ने यथार्थसँग संविधान निर्माणमा अगुवाइ गर्नुहुने राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहन्छ भन्ने मैले आशा लिएकी छु ।

    कसैले पनि आफ्ना जराहरु बिर्सन हुन्न । धरातल भुल्न हुन्न । र, स्वतन्त्रतालाई निरपेक्षरुपमा बुझनुहुँदैन भन्ने कुरामा पनि म सचेत छु
    यसै विश्वासमाथि आधारित रहेर मैले आफ्ना धारणाहरु सम्बन्धित निकायहरुमा प्रस्तुत गरेकी हुँ । मेरा यी धारणाहरु कुनै अस्वाभाविक महत्वाकांक्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु । यससम्बन्धी विभिन्न प्रतिक्रियाहरुलाई मैले नजिकबाट नियालेकी छु । समयले यसबारेमा वस्तुनिष्ठ मूल्यांकन गर्ने नै छ भन्ने मेरो विश्वास छ ।

    लोकतन्त्र र खुल्ला समाजमा हामीले गर्ने हरेक निर्णयहरु जनताको सूक्ष्म निगरानीमा रहेका हुन्छन् । तिनको औचित्य परीक्षा पनि समयको कसीमा घोटिँदै, घोटिएर भएझैं हुन्छ । निर्णय र सार्वजनिक जवाफदेहिताको वीचमा उचित सामाञ्जस्यता हुनुपर्ने कुरा सबै सम्बन्धित पक्षले ध्यान पुर्‍याउनुपर्छ भन्ने मलाई लाग्छ ।

    दलबाट सिफारिस या निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि संवैधानिक ओहोदामा बसुञ्जेल सम्बिन्धत व्यक्ति दलको सम्बन्धबाट अलग रहेको हुन्छ । उक्त ओहोदामा रहँदा ऊ दलको निर्देशनमा होइन, संविधान र कानूनको प्रवन्ध अनुसार निर्देशित भएर क्रियाशील हुन्छ । मैले पनि यसै अनुसार नै इमान्दारिका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेकी छु । तर, कसैले पनि आफ्ना जराहरु बिर्सन हुन्न । धरातल भुल्न हुन्न । र, स्वतन्त्रतालाई निरपेक्षरुपमा बुझनुहुँदैन भन्ने कुरामा पनि म सचेत छु ।

    विभिन्न पक्षहरुका वीचमा यस अन्योललाई निकास दिन चलिरहेको छलफललाई मैले सूक्ष्म अध्ययन गरिररहेको छु । प्रतिनिधिसभामा बहुमत प्राप्त दलले आफ्नोतर्फबाट नेतृत्वको दावा गरेको अवस्थामा हाम्रो प्रचलित संवैधानिक र कानूनी अवस्थाका आधारमा त्यसलाई कार्यान्वयनका लागि मैले सहजीकरण गर्नु आवश्यक भएको छ । यसैअनुसार मैले मार्गप्रशस्त गर्ने निश्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।

    उपसभामुखका रुपमा विगत झण्डै दुई वर्षसम्म माननीय सदस्यज्यूहरुसँग बिताउन पाएको अवधि मेरो जीवनमा अविश्मरणीय र सुखद अवधिका रुपमा स्मृतिमा रहनेछ । एउटा महिला, त्यसमध्ये पनि एकल अवस्थामा रहेको र जनजाति पृष्ठभूमिबाट आएको मजस्तो व्यक्तिले जनताको सार्वभौम अधिकार अभ्यास गर्ने यस सर्वोच्च र गरिमामय अंगको नेतृत्व गर्न पाएको अवसरलाई अत्यन्तै महत्वपूर्ण अवसर ठानेकी छु । यसको श्रेय हाम्रो लोकतान्त्रिक प्रणाली र राजनीतिक दलहरुलाई जान्छ ।

    समावेशी लोकतन्त्रका माध्यमबाट न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्ने अभियानमा म भिन्न रुपमा, अविचलित र अविश्रान्त रुपमा क्रियाशील भइरहने छु । मलाई कर्तव्य निर्वाहको शिलसिलामा प्राप्त सहयोगका लागि माननीय सदस्यहरु र संसद सचिवालयका कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद ।”

    को हुन् तुम्बाहाम्फे ?
    संसदको हिउँदे अधिवेशन रोकिएको एक महिना पुगेकै दिन आगामी शनिबार उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले आफ्नो ५७ औं जन्म दिन मनाउँदैछिन् । थाहा छैन, शिवमायाको ५७ वर्षे जीवनको यो शिशिर याम विजयोत्सव बनेर आउँदैछ, या हार बोकेर । जन्म दिन मनाउनेलाई नै यकिन छैन, हर्ष बाँडेर मनाऔं, या दुःख पिएर !

    उमेरले ५६ वर्ष र राजनीतिक अनुभवले ४० वर्ष पार गर्न लागेकी उपसभामुख तुम्वाहाङफेले ‘ह्याप्पी बर्थडे’ मनाएको पर्सिपल्ट, माघ ६ गते प्रतिनिधिसभाको बैठक बस्दैछ । अन्यथा भएन भने माघ ६ को बैठकअगावै शिवमायाको राजनीतिक जीवनका पुराना पातहरु झर्नेछन् । र, नवीन पालुवाका लागि उनले अर्को बसन्त कुर्नुपर्ने छ ।

    डा. शिवमाया यतिबेला राजनीतिक चर्चाको शिखरमा छिन् । नेकपाकी समानुपातिक सांसदसमेत रहेकी उनलाई उपसभामुखबाट राजीनामा दिन नेकपा सचिवालयले आदेश दिएको छ । तर, उनले ‘राजीनामा दिन्न, बरु महाअभियोग लगाऊ’ भनेर आफ्नै मातृपार्टीलाई चुनौती दिएकी छिन् । शिवमाया अहिले पनि नेकपाकी समानुपातिक सांसद हुन् ।

    महिला आन्दोलनकी सक्षम अगुवा भएका कारण आफूलाई नै सभामुख बनाउनुपर्ने र कृष्णबहादुर महराको सजायँको शिकार आफूलाई बनाउन नमिल्ने शिवमायाको जायज तर्क छ । नेकपा सचिवालयले चाहिँ उनलाई उपसभामुखबाट राजीनामा गराएर पार्टीको अर्को नेतालाई सभामुख बनाउने निर्णय लिएको छ । यही नीतिअनुसार शनिबार बसेको सचिवालय बैठकले शिवमायालाई राजीनामा दिन भनेको हो । अनि, आइतबार बालुवाटारमा बोलाएर उनलाई सम्झाउनुको कारण पनि यही नै हो ।

    उपसभामुख शिवमाया सभामुखका लागि पनि योग्य र सक्षम पात्र हुन् । राजनीतिशास्त्र, कानून अनि समाजलाई उनले बुझेकी छन्, पढेकी छिन् । यद्यपि यो आलेखमा शिवमायालाई सभामुख बनाउनु ठीक कि बेठीक भन्ने विषयमा प्रवेश गर्न खोजिएको छैन । कसलाई सभामुख बनाउने र नबनाउने नेकपाले आफैं निर्णय गर्ने विषय हो, त्यसमा बाहिरी टिप्पणीको खासै अर्थ रहँदैन ।

    तर, यहाँ आम पाठकहरुको चासोलाई ध्यान दिँदै उपसभामुख शिवमाया को हुन् भन्ने परिचायत्मक चर्चा गर्न र मिडियाको धर्म निभाउन मात्र खोजिएको छ । किनभने, उपसभामुख शिवमायाको जीवनको भित्री पाटोबारे नेकपाकै कतिपय उच्च नेताहरुसमेत बेखबर रहेको पाइएको छ ।

    उपसभामुख डा. शिवमाया तुम्बाहाङफे राजनीतिक परिवारमा जन्मे–हुर्केकी नेतृ हुन् । उनको जन्म विसं. २०२० साल माघ ४ गते तेह्रथुमको तम्फुला, माझगाउँ ( हालको म्याङलुङ नगरपालिका–१०) मा भएको हो । उनका पिता ललितबहादुर तुम्बाहाङ्फे भूपू गभर्नर अर्थात नेपाली कांग्रेसद्वारा गठित ‘जनसरकार प्रमुख’ बनेका थिए ।

    राणाविरोधी आन्दोलनका बेला नेपाली कांग्रेसले धनकुटाको घुमाउने चौतारामा क्रान्तिकारी जनसरकार घोषणा गरेर शिवमायाका पितालाई गर्भनर घोषणा गरेको थियो । बाम राजनीतिमा लागेकी उपसभामुख शिवमाया र उनका दाजु नेकपाका सांसद विजय सुब्बा ललितबहादुरका उत्तराधिकारी हुन् ।

    तेह्रथुममा जन्मिए पनि शिवमायाको औपचारिक शिक्षा झापाको स्कुलचन निमाविबाट भयो । त्यहाँ ७ कक्षा पढेपछि उनले जमाबिबाट एसएलसी दिइन् । हुनेखाने परिवारमा जन्मेकी शिवमायाले काठमाडौंको नेपाल ल क्याम्पसबाट बीएल पास गरिन् । महेन्द्ररत्न क्याम्पस ताहचलबाट बीएड गरिन् । र, त्रिविबाट राजनीतिशास्त्रमा एमए गरिन् । र, उनले ‘नेपालमा राजनीतिक महिला आन्दोलन’ विषयमा २०६४ मा पीएचडी गरेर डाक्टरको उपाधि पाइन् ।

    शिवमायाको विवाह ३२ वर्षको उमेरमा मोरङमा तत्कालीन उर्लाबारी गाविस अध्यक्ष घनेन्द्र जिमीसँग भयो । हाल शिवमायाका दुई छोरा प्रशान्त र प्रतीक सिभिल इञ्जिनियरिङ अध्ययनरत छन् । श्रीमान घनेन्द्र जीमीको भने निधन भइसकेको छ ।

    समाजमा भएको छोरी र छोरावीचको विभेदको न्यूनीकरण गर्नुपर्छ भनेर ०३५/०३६ सालदेखि राजनीतिमा लागेको शिवमाया बताउँछिन् । आफूले ०३९ र ०४२ सालमा जेलजीवन व्यतीत गरेको उनको भनाइ छ । उनले अनेरास्ववियुको अध्ययन दल, सहप्राक, प्राक हुँदै केन्द्रीय कमिटीको महिला विभाग प्रमुख र उपाध्यक्ष भई काम गरिन् ।

    त्यसैगरी अनेमसंघ केन्द्रीय कमिटीको सदस्य र मोरङ जिल्लाको इञ्चार्ज भई काम गरिन् । राजनीतिक दलमा आवद्ध भई काम गर्ने क्रममा तत्कालीन नेकपा मालेको इलाका कमिटी सदस्य, एमालेको अञ्चल समन्वय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य तथा नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्य भई काम गरेकी शिवमायाले संसद सचिवालयमा राखिएको ‘परिचायत्मक भिडियो’ मा भनेकी छिन्, ‘हाल मेरो पदीय हैसियतका कारण दलमा आवद्धता रहेको छैन ।’

    आफूले १० वर्ष बिराटनगरको डिग्री कलेजमा राजनीतिशास्त्र विषयमा प्राध्यापन गर्नुका साथै वकालत पेशासमेत गरेको बताउँदै शिवमायाले भनेकी छिन्, ‘मैले विभिन्न संघसंस्थामा पनि आवद्ध भएर महिला अधिकारको क्षेत्रमा लामो समय काम गरें । तसर्थ, नेपालमा मानव अधिकारको क्षेत्रमा राम्रो काम गरेकाले दयाराम परियार स्मृति मानव अधिकार सम्मान र साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै श्री मोहनलाल मनोरम स्मृति वाणि सम्मान ०६७ र नेपाल विद्याभुषण आदि सम्मानहरु प्राप्त गरेकी थिएँ ।’

    डा. शिवमाया आफूलाई ‘महिला आन्दोलनकी विज्ञ’ भन्न रुचाउँछिन् । ‘नेपालको राजनीतिक महिला आन्दोलन र महिला आन्दोलनको विषयमा विज्ञता रहेको छ’ उनको भनाइ छ, ‘मेरो रुचीका विषयहरुमध्ये अध्ययन, अनुसन्धान र लेखन कार्य हो । मैले केही अनुसन्धानहरु गरेकी थिएँ ।’

    तुम्वाहाङफेले गैरसरकार संस्थाहरुमा काम गर्ने क्रममा नेपाल आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानको फण्डिङमा गन्गाई, लिम्बु आदि जातिहरुका विषयमा रिसर्च गरेकी छिन् । संसद सचिवालयको बायोडाटामा शिवमायाले आफ्नो स्थायी ठेगाना ‘बिराटनगर –८, प्रगति टोल’ लेखाएकी छिन् । तर, भिडियोमा भने उनले आफ्नो स्थायी ठेगाना मोरङको उर्लाबारी भनेकी छिन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ