• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सभामुखमा उम्मेदवारी दिएलगत्तै यस्तो आयो अग्नी सापकोटाको प्रतिक्रिया, नेता कार्यकर्ता दंग, भिडीयोसहित

    16K
    SHARES

    काठमाडौं । सभामुखका उम्मेदवार नेकपा सांसद अग्नि सापकोटाले संसदको गरिमा र मूल्यमान्यता उच्च बनाइराख्न प्रयत्न गर्ने बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार उम्मेदवारी दर्ता गरेपछि सापकोटाले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सार्वभौम संस्थाको ओज बचाउन लागि पर्ने बताएका हुन् ।

    उनले भने, ‘जननिर्वाचित सार्वभौम संस्थाको ओज, गरिमा र मूल्यमान्यता उच्च बनाइराख्न भगरिथ प्रयत्न गर्नेछु।’ सापकोटालेनेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङकोप्रस्ताव रसांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मललाल कर्णको समर्थनमा उम्मेदवारी दिएका हुन्।

    प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागियही माघ १२ गते निर्वाचन हुँदैछ। निर्वाचनका लागि संसद्‌ सचिवालयले आज (मंगलबार) २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ। सापकोटालाई आइतबार बसेको सत्तारुढ नेकपाकाे सचिवालय बैठकले सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो। उनी सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

    यता प्रमुख प्रतिपक्षी कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको संसदीय दल कार्यसमिति बैठकले सभामुखमा उम्मेदवारी नदिने र नेकपाको उम्मेदवारलाई पनि समर्थन नगर्ने निर्णय गरेको सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

    उनका अनुसार संसद्‌मा नेकपाको बहुमत रहेकाले कांग्रेस तटस्थ बस्ने निर्णय गरेको हो। केहीबेरमा बैठकले सभामुखमा पार्टीको उम्मेदवारको बारेमा धारणा तय गर्ने सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

    संसद् सचिवालयले मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्म सभामुखमा उम्मेदवारी दर्ताको समय तोकेको छ। कांग्रेसले सत्तारुढ नेकपाले उपसभामुख दिएमा सभामुखमा उम्मेदवारी नदिने नत्र उम्मेदवारी दिने बताएको छ।

    प्रमुख सचेतक बालकृष्ण खाणले सत्तारुढ दलले सभामुख लिएपछि उपसभामुख प्रतिपक्षीले दाबी गर्नु स्वाभाविक भएको सोमबार संसद् बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग बताएका थिए। बैठकले सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई दिन नेकपा तयार भए मिलेर जाने नभए विपक्षीको गठबन्धन बनाएर अगाडि बढ्ने निर्णय गर्ने भुसालले बताइन्।

    कांग्रेसले सरकार सत्तारुढको र संसद् विपक्षीको भएकाले सभामुख र उपसभामुखमध्ये एउटा आफूले पाउनु पर्ने दाबी गर्दै आएको छ। संविधानमा एउटै दल र लिंगको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था भएकाले नेकपाले एक पद छोड्नै पर्ने बाध्यता छ। नेकपाले सभामुखमा नेता अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

    को हुन् सापकोटा ?
    २०७४ सालमा भएको संसदीय निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसका प्रभावशाली नेता मोहन बस्नेतलाई हराउँदै निर्वाचित भएका अग्नि सापकोटा सिन्धुपाल्चोकको चौतारा ६ कुविण्डेमा २०१४ साल फागुन २४ गते जन्मिएका हुन् । सापकोटा साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी भएका थिए ।

    ०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक जेल जीवन बिताएका छन् । ०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए । ०५१ सालमा तत्कालीन माओवादीको केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए ।

    सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म पूरै समय भूमिगत बसेका थिए । सापकोटाले यसअघि सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । हेर्नुहोस कान्तिपुरबाट साभार भिडियो..

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ