काठमाडौं । लेखक तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई प्रहरीले चितवनबाट गिरफ्तार गरेको छ । सोमबार बाटोमा हिडिरहेका बेला उनलाई अ’पहर’ण शैलीमा प्रहरीले गिरफ्तार गरेको उनको पारिवारिक स्रोतले संचारकेन्द्रलाई बतायो ।
उनलाई केकति कारणले गिरफ्तार गरेको हो भन्ने विषयमा प्रहरीले केहि जानकारी नदिएको उनकी जीवन संगीनी सरला रेग्मीले संचारकेन्द्रलाई बताइन । लोहनीलाई सोमबार दिउसो चितवनबाट समातेर जिल्ला प्रहरी कार्यालय चितवनमै राखिएको बुझिएको छ ।
लोहनी विद्रोही नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य समेत हुन् । बिगत लामो समयदेखि अस्वस्थ रहेका लोहनीले स्वास्थ्यकै कारण केहि समयअघि मात्रै नेकपाको केन्द्रीय समितिबाट बिदा लिएका थिए । उनलाई यसअघि पनि गत असोजमा चितवन प्रहरीले गिरफ्तार गरेको थियो । त्यसबखत पनि उनी १३ दिन हिरासतमा बसेका थिए ।
यता, संचारकेन्द्रको टेलीफोन सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले यस विषयमा आफुलाई कुनै सुचना नै नआएको बताए । उक्त गिरफ्तारीको विषयमा जान्न खोज्दा प्रवक्ता कोइरालाले उल्टै ‘सूचना कहाँबाट आयो भनेर’ हास्यास्पद जवाफ फर्काए ।
प्रतिक्रिया