काठमाडौ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट पूर्ण सुधार हुने बताइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आउनेछ ।
हाल देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ र उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु-कुहिरो लागेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री र अधिकतम १६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ डिग्री सेल्सियसमा झरेको छ ।
आज देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशको पूर्वी भू–भाग लगायत मध्य तथा पीश्चमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने औँल्याएको छ ।
आज देशभर आंसिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताउनुभयो ।
उहाँका अनुसार भोलि पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ । मङ्गलबार पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्र्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै अन्नपूर्ण आधार शिविरमा अझै केही पर्यटक बेपत्ता भएको आशंका गरिएको छ । दुईजना नेपाली र चारजना कोरियन गरी सातजना गत शुक्रबारदेखि बेपत्ता छन् । हिमपहिरोमा परी अझै केही पर्यटकहरु हराएको हुन सक्ने टे«किङ एजेन्सिज एशोसिएन अफ नेपालले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
खराब मौसमका कारण उनीहरुको खोजी कार्य गर्न सकिएको छैन । हिजो आधार शिविरमा रहेका एक सय ३० जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।
शुक्रबारदेखि हराएकाहरुमा पथप्रदर्शक सरोज परियारको साथमा रहेका चारजना कोरियन, सहयोगी मीनबहादुर लामा (तामाङ) र छिरिङ भोट सम्पर्कमा नरहेको टान पोखरा अध्यक्ष हरि भुजेलले बताए ।
खराब मौसमका कारण सात सुरक्षाकर्मी त्यसतर्फ गए पनि खराब मौसमका कारण घटनास्थल पुग्न सकेका छैनन् । सो ठाउँमा ५ फिटसम्म हिउँ परेको र ७ ठाउँमा पहिरो गएको जनाइएको छ । वेपत्ता कोरियन नागरिकका आफन्तहरु पनि खोजीका लागि आइतबार घटनास्थलतर्फ लागेका छन्
प्रतिक्रिया