• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अन्ततः सभामुखको बारेमा ओली-प्रचण्डबीच जुट्यो सहमति, यी पूर्व माओवादी नेताको नाम फाइनल

    11.7K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सापकोटालाई सभामुखको उम्मेदवार बनाउन दुवै नेता सहमत भएका हुन् ।

    सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने सहमति भएको बालुवाटार उच्च स्रोतले बताएको छ । ओली-प्रचण्डले आजै ४ बजे सचिवालय बैठक समेत बोलाएका छन् । आजै बेलुका बस्ने सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्दै सभामुखको उम्मेदवारका रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

    यसअघि नेकपाभित्र सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा दुई नेताबीच मत बाझिएको थियो । दुई नेताबीच बिहान भएको छलफलपछि अपरान्ह चार बजे सचिवालय बैठक बोलाइएको हो । महासचिव विष्णु पौडेलले आइतबार बिहान दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

    दुई नेताबीचको बैठले आजै ४ बजेका लागि सचिवालय बैठक बोलाउने निर्णय भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । ‘सभामुख आपसी समझदारीमा चयन गर्ने निर्णय भएको छ, त्यसका लागि ४ बजे सचिवालय बैठक बोलाइएको छ’ महासचिव पौडेलले भने,‘आजै सभामुखबारे टुंगो लाग्नेछ ।’

    भोलि संसदको बैठक आह्वान भएका कारण नेकपालाई आजै सभामुख चयन गर्नुपर्ने दवाव रहेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले सुवास नेम्वाङलाई र अर्का अध्यक्ष प्रचण्डले अग्नी सापकोटालाई सभामुखको रुपमा अघि सारेका छन् भने राष्ट्रपतिले उपसभामुख शिवमाया तुम्बाहाङ्फेमाथि सदासयता देखाएपछि सभामुख बारे निर्णय हुन सकेको थिएन ।

    यता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिँदा सभामुख चयनमा ढिलाई भएको बताएका छन् । पूर्वमाओवादी र पूर्वएमालेको लडाईले सभामुख चयनमा ढिलाई नभएको प्रवक्ता श्रेष्ठको तर्क छ ।

    प्रेस संगठन बागलुङले आईतबार गरेको पत्रकार भेटघाटमा श्रेष्ठले सोमबार सभामुखका लागि उपयुक्त पात्र चयन बताए। ‘सभामुख चयनमा पहिलो बाधक उपसभामुख बन्नु भएको छ, उहाँले राजिनामा दिने वित्तिकै उपयुक्त पात्र चयन हुन्छ’ श्रेष्ठले भने, ‘सभामुख चयनकै ढिलाईले अरु काम रोकिएका छन्।’

    हिउँदे अधिवेशनको पहिलो कार्यसूची नै सभामुख चयन भएकोले अन्य काममा जान नसकिएको समेत श्रेष्ठले बताए। सचिवालय बैठकले प्रतिनिधिसभाको सभामुखमा पार्टीले उमेद्वारी दिने निर्णय गरेकाले उपसभामुख तुम्बाहाङ्फेलाई राजिनामा गराउन खोजेको श्रेष्ठले बताए।

    श्रेष्ठले राष्ट्रहितलाई केन्द्रमा राखेर एमसीसी सम्झौता पास हुने बताए। ‘राष्ट्रहितलाई केन्द्रमा राखेर सही निर्णय हुन्छ’ उनले भने, ‘वैदेशिक लगानी भित्र्याउने हो, सैनिक गतिविधि भित्र्याउने होइन।’

    राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार श्रेष्ठ मतदाता भेटघाटमा बागलुङ आएका हुन्। श्रेष्ठले गोरखाबाट प्रतिनिधिसभाको निर्वाचन पराजित भएपछि ५ वर्ष प्रतिनिधिसभामा नजाने निर्णय गरेको तर पार्टीले राष्ट्रियसभामा पठाएकोले जान लागेको बताए। ‘मैले ५ वर्ष प्रतिनिधिसभा जान्न भनेको थिए, अन्य पदमा जान्न भनेको होइन’ उनले भने, ‘जनताको सेवा गर्न पाउने भएकोले राष्ट्रियसभामा जान खोजेको हुँ।’

    प्रतिक्रिया