• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सोलुखुम्बुमा प्रहरीले जनतामाथि चलायो गो’ली, ५ जना घाइते, १६ मोटरसाइकल र एउटा जीप ध्वस्त

    3.2K
    SHARES

    सोलुखुम्बु । सोलुखुम्बुमा प्रहरीले स्थानीयमाथि गो’ली चलाएको छ । सोलुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा अवरोध पुर्याएको भन्दै प्रहरीले सर्वसाधारणमाथि गो’ली चलाएको स्थानीयवासीले बताएका छन् ।

    यता प्रहरीले भने जिल्ला सदरमुकामबाट कार्यक्रममा सहभागी हुन गएको टोलीलाई तिङ्लावासीले अवरोध गरेपछि हवाइ फायर र अश्रु ग्यास प्रहार गरिएको दावी गरेको छ । हाईड्रो प्रभावित क्षेत्र तिङलामा विद्युत विस्तार नभर्ई पत्तालेमा उद्घाटन गर्न लागिएको भन्दै सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका स्थानीयले कार्यक्रम बहिष्कार गरेका थिए ।

    झडपमा स्थानीय र प्रहरी गरी ५ जना घाइते भएको बताइएको छ । बन्दकर्ताले १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन् । आगजनीबाट १७ वटै सवारीसाधन ध्व’स्त भएका छन् । कार्यक्रम बहिस्कार गरेर विहानैदेखि प्रर्दशनमा उत्रिएका तिङलाबासीले कार्यक्रममा सहभागी ब्यक्तिहरुको मोटरसाइकलमा जथाभावी आगो लगाएका हुन् ।

    जिल्लाका संघीय सांसद हेमकुमार राई (शुरबीर)ले शनिबार पत्तालेमा उद्घाटन गर्ने कार्यक्रम थियो । कार्यक्रममा झडपको स्थिती सृजना भएपछि कार्यक्रममा सहभागी हुन जिल्लाबाट आएका अतिथीहरु बीच बाटोबाटै सदरमुकाम सल्लेरी फर्किएका छन् ।

    झडप पछि स्थानीयवासीले ठाउँ ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध भएसँगै सोलुखुम्बु भित्रने दर्जनौ सवारी साधन पत्ताले क्षेत्रमा नै अलपत्र परेका छन् ।

    यसैबीच सिरहामा डिजे साउण्ड बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ७ स्थित पुरानो चोहर्बा सडक खण्डमा स१त ६५६० नम्बरको ट्याक्टर दुर्घटना भएको सिरहा प्रहरीले जनाएको छ ।

    तीव्र गतिमा रहेको ट्याक्टर सडकमा बाख्रालाई बचाउने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा परी सिरहाकै लहान नगरपालिका १३ निवासी २१ बर्षीय सन्तोष कुमार यादव र धनगढी नगरपालिका १२ निवासी २२ बर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको छ ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि लहानतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ