• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    सरकारद्वारा भोलि माघ ५ गते एकाएक सार्वजनिक विदाको घोषणा, यस्तो छ कारण

    14.3K
    SHARES

    काठमाडौँ । सरकारले भोलि माघ ५ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  प्रदेश २ सरकारले भोलि आइतबार अर्थात माघ ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो। प्रदेश सरकारले बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले बार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको छ ।

    २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको ज्यान गएपछि शुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई साल यता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ । यस पटकको बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले बीरगञ्जमा कार्यक्रमको आयोजना गरेको छ ।

    यस्तै पछिल्लो समयकि चर्चित गायिका तथा चर्चित रियालिटी सो “द भ्वाइस अफ नेपाल ” कि कोच आस्था राउत विवादमा तानिएकी छिन । गायिका आस्था राउतले फेसबूक लाइभमार्फत नेपाल प्रहरीको विमानस्थलमा आफुमाथि गरेको व्यवहारमाथि प्रश्न उठाउँदै प्रहरीलाई नै गाली गरेपछि सामाजिक सञ्जालमा अहिले बहसको विषय बनेको छ ।

    यस्तैमा चर्चित आधुनिक तथा पप गायक राजेश पायल राईले सामाजिक संजालमा आस्था रावतलाई धेरै रुन्चि नबन्न सुझाब दिएका छन् । उनले आफ्नो फेसबुक पेजमा एक स्ट्याटस लेख्दै भनेका भनेका छन्- “उसै त हामी नाथे कलकार धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ “।

    गायिका आस्था राउतलाई चर्चित गायक राजेश पायल राईले श्रोता र दर्शकबाट माया लिने कलाकारले घृणा पनि सहनुपर्ने बताएका छन् । गायिका राउतले त्रिभुवन विमानस्थलमा देखाएको व्यवहारप्रति गायक आफ्नो इज्जत ठाउँमा राख्न सुझाव समेत दिएका छन्।

    सामाजिक सञ्जालमा कतिले आस्थाको समर्थन गरिरहेका छन् भने कतिले उनी यसरी आक्रोशपूर्ण रुपमा प्रस्तुत हुन नहुने प्रतिक्रिया दिएका छन् । यता राउतले भने आफूले ‘हद’ पार गर्ने गरी अपमान सहनु परेकाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेको प्रतिक्रिया दिएकी छिन् । यस्तो छ गायक राजेश पायल राइले लेखेको फेसबुक स्ट्याटस जस्ताको त्यस्तै –

    ‘एर्पोर्ट मा साहरुख खान लाई त झन कट्टु मै चेक गरेको थियो त्यो उसको अधिकार हो अब रह्यो पुलिस ले कस्तो ब्यबहार गर्‍यो?चेकिङ मा कफी,पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग ) पनि पाइदैन उनि बैनी हुन राम्री गायिका हुन अझ एक रियलिटी सो The Voice कि कोच पनि हुन आफ्नो इज्जत ठाउमा राख्नु पर्छ माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ “तब न हामी कलाकार , उसै त हामी नाथे कलकार “धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ “ आस्था र एअरपोर्ट मा खटिएका कर्मचारी दुबै सुधृन आवश्यक’ ।

    गायिका आस्था राउतमाथि त्रिभुवन विमानस्थलमा भएको प्रहरी चेकिङ र त्यहाँ भनिएको ‘दु’र्व्य’वहा’र’को भिडियो सार्वजनिक भएको छ । बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले आफूमाथि दु’व्य’र्व’हार गरेको आरोप लगाउँदै सामाजिक संजाल फेसबुक लाइभमार्फत प्रहरीलाई गा’ली गरेपछि आस्था राउत चर्चासँगै विवादमा तानिएकी छिन् ।

    उक्त लाइभमा गायिका राउतले प्रहरीलाई प्रहरी मेरो साथी भन्ने ‘स्लोगन’ हटाउन भन्दै प्रहरीमाथि खरो टिप्पणी गरेकी थिइन् । सामाजिक सञ्जालमा प्रहरीलाई गा’ली गर्दै राखेको भिडियो उनले हटाएकी थिइन् । बुधवार उनी भारतको सिक्किममा हुन लागेको रिम्बी मेलामा आफ्नो प्रस्तुति दिनका लागि भद्रपुर जाँदै थिइन् ।

    तर राउतको टिप्पणीमाथि नै धेरैले आपत्ति जनाएपछि राउतले आवेशमा आएर अपशब्द बोलेको भन्दै माफी मागेकी थिइन् । तर पनि उनले साना प्रहरीहरुलाई ‘म्यानर’ सिकाउन भन्दै ठूला प्रहरी अधिकारीलाई ‘सुझाव’ दिएकी थिइन् । आखिर आस्था राउतमाथि त्रिभुवन विमानस्थलको सुरक्षा चेकिङमा भएको चाहिँ के थियो त ?

    १ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा सुरुमा आस्था राउत र अर्का एक युवक सँगै आउँछन् । युवक पुरुषको लाइनमा चेकजाँचका लागि जान्छन् भने राउत महिला प्रहरी भएकोतिर आउँछिन् । महिला प्रहरी रमिशा श्रेष्ठ चेकजाँचमा थिइन् । राउतको हातमा कफीसमेत थियो । महिला प्रहरीले राउतलाई ज्याकेट खोलेर आउन भन्छिन् । बरु राउतको हातमा रहेको कफीसमेत महिला प्रहरीले लिइदिन्छिन् र टेबुलमा राखिदिन्छन् । त्यसपछि राउत रिसाउँदै बाहिर जान्छिन् र आफ्नो ज्याकेट खोली एक्सरे मेसिनमा राख्छिन् । त्यसपछि राउत प्रहरी चेकिङमा जान्छिन् । महिला प्रहरीले राउतको शरीर खानतलासी गर्छिन् । त्यसपछि पनि राउत रिसाएर आफ्नो ज्याकेट लिन जान्छिन् ।

    राउत निस्कन लागेपछि महिला प्रहरीले कफी लैजान भन्छिन् । तर उनी कफी नलिई निस्कन खोज्छिन् । महिला प्रहरी आफैले कफी ल्याएर दिन्छिन् । तर पनि उनी अझै रिसाएर निस्कन खोज्छिन् । त्यसपछि महिला प्रहरीले राउतको ज्याकेट समातेर फेरि पनि कफी लैजान भन्छिन् । तर, राउत कफी लैजान मान्दिनन् । त्यसपछि केही समय महिला प्रहरी र राउतबीच कफी टेबलमा सारासार हुन्छ ।

    राउतले आफ्नो ज्याकेट लगाउँछिन् र ब्याग बोकेर कफी नलिई जान खोज्छिन् । त्यसै क्रममा राउतले महिला प्रहरीमाथि नै औँला ठड्याएर केही बोल्छिन् । राउतको हाउभाउ हेर्ने हो भने त्यो धम्कीजस्तो देखिन्छ । राउतले औँला ठड्याएर धम्की दिँदा पनि महिला प्रहरी चुपचाप आफ्नो काम गरिरहन्छिन् । ज्याकेट लगाइसकेपछि राउत कफी नलिई त्यहाँबाट निस्किन्छिन् ।

    भिडियोकै बीचमा हेर्ने हो भने करिब ५ वर्षकी एक बच्चीले आफ्नो ज्याकेट खोलेर एक्सरे मेसिनमा राख्छिन् र शरीर चेकजाँच गराउँछिन् । अनि चेकजाँच सकिएपछि आफ्नो ज्याकेट लगाउँछिन् र बाहिर निस्किन्छिन् । विमानस्थलमा यस्तो चेकजाँच सामान्य प्रक्रिया हो ।

    कुनै कलाकार वा ठूला व्यक्तित्व हुँदैमा शरीर चेकजाँच नगर्ने भन्ने हुँदैन । महिला प्रहरीले आफ्नो नियमित काम गरेकी थिइन् । प्रहरी स्रोतका अनुसार महिला प्रहरीले नभएर राउतलेचाहिँ महिला प्रहरीमाथि अभद्र व्यवहार गरेकी थिइन् । ‘मलाई चिन्दैन, म को हुँ ? मेरो चेकिङ्ग गर्नुपर्छ र?’ भनेर राउतले उल्टै विवाद गरेको प्रहरीको दाबी छ ।

    गायिका आस्था राउतले फेसबूक लाइभमार्फत नेपाल प्रहरीको व्यवहारमाथि प्रश्न उठाउँदै प्रहरीलाई नै गाली गरेपछि सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । सामाजिक सञ्जालमा कतिले आस्थाको समर्थन गरिरहेका छन् भने कतिले उनी यसरी आक्रोशपूर्ण रुपमा प्रस्तुत हुन नहुने प्रतिक्रिया दिएका छन् ।

    यता राउतले भने आफूले ‘हद’ पार गर्ने गरी अपमान सहनु परेकाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेको प्रतिक्रिया दिएकी छिन् । यतिबेला उनी भारतको सिक्किममा कार्यक्रमका लागि पुगेकी छिन् । सिक्किममा हुने रिम्बी माघे मेलामा प्रस्तुति दिन आस्था बुधवार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

    के भन्छिन राउत ?
    उनकै शब्दमा जस्ताको त्यस्तै :’‘मलाई ती महिला प्रहरीले हातले तानेर न्याँकिन्, नराम्रो व्यवहार गरिन्, चित्त दुख्यो । (शुक्रवार) को कार्यक्रमका लागि म सिक्किम जाँदै थिएँ, बुधवार दिउँसो १२ बजेको फ्लाइट थियो, म समयमै पुगेकी थिएँ, बुद्ध एयरको फ्लाइट ‘डिले’ हुने भएपछि म विमानस्थल परिसरमै कफी पिएर बसिरहेकी थिएँ ।

    त्यही बेला मिस आस्था राउत भनेर बोलाइरहेको सुनेँ, म त २ बजे फ्लाइट भनेर ढुक्कले बसिरहेकी थिएँ, बुद्ध एअरका कर्मचारीले बोलाएको सुनेपछि म हतार–हतार चेकिङतिर लागें, मेरो नाम सुन्नासाथ म कफी छोडेर जान लागेकी थिएँ, मलाई छोड्न आएका रिलेटिभ (आफन्त)ले कफी लान पाइन्छ भनेपछि कफी लिएरै छिर्दै थिएँ, कफीको लिड पनि राम्रोसँग लागिरहेको थिएन।चेकिङमा रहेकी महिला प्रहरीले ज्याकेट खोल्न भन्नुभयो, मैले आफ्नो प्लेन छुट्न लागेको बताएँ, उहाँलाई ज्याकेट नखोले हुँदैन भनेर सोधेँ ।

    तर दुई दिनमै ज्याकेट खोल्नुपर्ने नियम शुरु भएछ। मेसिनबाट ब्याग चेकिङ भइरहेको थियो, म पनि कफी समाएरै हात माथि उठाएर चेक गर्न अनुरोध गरिरहेकी थिएँ उहाँले ज्याकेट खोल् भनेपछि मैले फ्लाइटमा बोलाइसक्यो, अस्ति त ज्याकेट नै खोल्न लगाउँथेन त भनेँ ।

    उहाँको व्यवहारले मलाई रिस उठिसकेको थियो, तै पनि मैले संयमता अपनाएकी थिएँ, अगाडि जान लागेकी थिएँ तर उहाँले ठाडो भाषामा तेरो कफी लैजा भन्नुभयो, मैले पनि लान्न भनेँ । उहाँले कफी लैजान्छस् कि तेरो ब्यागमा खन्याइदिऊँ? भन्नुभयो । मेरो ठाउँमा अरु कोही केटा भएको भए त्यहीँ घुमाएर हान्थ्यो होला, त्यस्तो बिझाउने थियो उहाँको व्यवहार ।

    त्यो हदसम्मको दुर्व्यहार मैले भोग्नुपरेको थिएन, मेरो त दिमाग नै आउट भयो । उहाँले तँ भनेर मलाई केही फरक पर्ने थिएन, तेरो ज्याकेट खोल् भनेर उहाँले जुन खाले व्यवहार गर्नुभयो, त्यो निकै बिझाउने खालको थियो, प्रहरीको छाप यस्तै छ भन्ने त जगजाहेर नै छ तर उहाँले त कफी लान्नँ भन्दा हात नै हाल्नुभयो, न्याँक्नुभयो ।

    त्यतिबेला त्यहाँ भएका अन्य प्रहरीले टुलुटुलु हेरेको देखेर मलाई पटक्कै चित्त बुझेन । माथिको अफिसरले तल्लो तहको प्रहरीलाई यस्तो व्यवहार गर्न सिकाउने त पक्कै होइन होला । विदेशमा पनि प्रहरी हुन्छ, हाम्रो देशको प्रहरीमा मात्र यस्तो दम्भ किन छ? त्यस्तो हुँदासम्म प्रहरीले हेरेरै बसे, शायद ती महिला प्रहरीले त्यही रवाफ अरुलाई पनि देखाउने गरेकी थिइन् कि ?

    एकजना दिदी सिलुगढी जान हिँड्नुभएको रहेछ, उहाँलाई त झन् पातलो खालको पोशाक पनि खोल्न भनिएछ, उहाँले पनि गुनासो पोख्दै प्रहरी यस्तै भएको भन्दै मन नदुखाउन भन्नुभयो । प्रहरीका बारेमा नकारात्मक कुरा सुनिन्थ्यो, तर मैले हिजो जे भोगें, त्यसपछि मैले आफूले भोगेजस्तो सुनेर हुन्न रहेछ भन्ने बुझेँ । मैले जुन व्यवहार भोगें, त्यो साँच्चिकै दुःखद् थियो ।

    जिन्दगीमा पहिलोपटक त्यत्रो मान्छेको अगाडि त्यसरी दुर्व्यवहार सहन परेपछि कसरी रिस मर्छ? ‘हामीलाई सम्मान चाहिएको होइन तर कलाकारलाई त यस्तो व्यवहार हुन्छ भने अरुलाई कस्तो होला भन्ने मुख्य प्रश्न हो । प्रहरीले पनि त्यही कुरालाई राम्रोसँग किन नभन्ने? हामीले गाली नै खानुपर्ने?’ मैले मात्र होइन, हरेक मान्छेले प्रहरीले गर्ने व्यवहारबारे आत्ममूल्याङ्कन गर्न जरुरी छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ