• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रामेछापको चनखुमा बृहत सोनाम ल्होछार साँस्कृतिक समारोह हुँदै

    3.3K
    SHARES

    रामेछाप । राष्ट्रिय स्तरको ख्यातिप्राप्त तामाङ कलाकारहरुको साथमा रामेछाप जिल्लाको मन्थली नगरपालिका -१० चनखुमा सोनाम ल्होछार विशेष कार्यक्रम आयोजना हुने भएको छ । “तामाङ भाषा,कला,धर्म,सस्कृती र भेषभुषा हाम्रो पहिचान ,यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान” भन्ने मुला नाराको साथमा ह्याङ्ला ह्युल सामुदायिक सस्थाले विगतका वर्षझैँ यसवर्ष पनि  भव्य ल्होछार कार्यक्रम गर्न लागिएको सस्थाको अध्यक्ष कुलमान योन्जन तामाङले संचारकेन्द्रलाइ जानकारी दिए ।

    उक्त बृहत ल्होछार कार्यक्रममा तामाङ मौलिक डम्फु सेलो गायक तथा संगीतकार बैरागी मोक्तान, हास्य कलाकार कुईसाङ रुम्बा,लोक दोहोरी तथा सेलो गायक तिर्थ विरक्त पाख्रीन,पछिल्लो समयको चर्चित गित ठुलिकान्छिका गायक पासाङ लामा लगायतका कलाकारहरुले दर्शकलाई जोडदार मनोरंजन दिनको लागि आफ्नो प्रस्तुती लिएर चनखुमा आउने अध्यक्ष कुलमानले बताएका छन् ।

    उक्त भब्य कार्यक्रम यहि माघ ११ गते अर्थात मन्जुश्री संवत २८५६ औ जिवा ल्हो सोनाम ल्होछारको अवसरमा हुन लागिएको हो ।  कार्यक्रममा विभिन्न बिशिस्ट व्यक्तिहरुको समेत उपस्थिति रहने आयोजक टिमले जनाएको छ ।

    कार्यक्रममा तामाङ मौलीक बाजा डम्फु प्रदर्शन, तामाङ भेषभुषाको प्रदर्शन साथै ताम्बाहरुको डम्फु नाच पनि हेर्न पाउने सस्थाको सचीव मोतिराज तामाङको भनाइ थियो । साथै उक्त कार्यक्रममा उपस्थिति हुनेहरुलाई तामाङ भेषभुषामा उपस्थित हुनको लागि आयोजक टिमले आग्रह गरेको छ ।

    प्रतिक्रिया