• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    अस्ट्रेलियामा लागेको डढेलोको धुँवाबारे नासाले गर्यो यस्तो अनौठो खुलासा, सबै चकित

    26.7K
    SHARES

    काठमाडौं । अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले जनाएको छ । महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको बीबीसीले उल्लेख गरेको छ ।

    नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ। “त्यो धुवाँले पृथ्वीको कम्तीमा एक फन्को लगाउने अपेक्षा गरिएको छ,” अमेरिकी अन्तरिक्ष संस्थाले बताएको छ।

    अस्ट्रेलियामा सयौँ स्थानमा डढेलो लागेको र त्यसले कम्तीमा २८ जनाको ज्यान लिनुको साथै २ हजार घर ध्वस्त बनाएको छ। विज्ञहरूले ती डढेलोहरूका कारण जलवायु परिवर्तन तीव्र बनाएको दाबी गरेका छन्।

    नासाका अनुसार ती डढेलोहरू यति विशाल छन् कि तिनले अस्वाभाविक रूपमा धेरै आगोका कारण हुने आँधीबेहरी ल्याएका छन्। त्यसको कारण धुवाँ आकाशको धेरै नै माथि पुगेको छ। धुवाँ १७.७ किलोमिटर माथिसम्म पुगेको नासाको तथ्याङ्क छ।

    “त्यति माथि पुगेको धुवाँ संसारभरको आकाशको अवस्थालाई प्रभावित पार्दै पृथ्वी घुम्न सक्छ,” नासाले भनेको छ। नासाले त्यो उचाइको धुवाँले आकाशलाई चिस्याउने वा तताउने सम्बन्धमा अध्ययन गरिरहेको बताएको छ।

    नासाका अनुसार धुवाँका कारण उत्तर अमेरिकाको आकाशको रङ्ग परिवर्तन भएको र न्यूजील्याण्डमा नाटकीय प्रभाव पारेको बताएको छ। न्यूजील्याण्डमा धुवाँले वायु प्रदुषण नराम्ररी बढाएको र हिमालको टुप्पोको हिउँलाई कालो बनाएको छ। अस्ट्रेलियाका ठूला शहरहरू सिड्नी, मेलबर्न, क्यानबेरा र एडिलेडको वायु प्रदूषण खतराको अवस्थामा पुर्‍याएको छ।

    यता अष्ट्रेलियामा आगलागीबाट जोगिएका जनावरलाई हेलिकप्टरबाट खानेकुरा बाँड्न थालिएको छ। न्यू साउथ वेल्सको प्रान्तीय सरकारले केही महिनादेखिको भीषण आगलागीमा जोगिएका रक वालावी प्रजातिका जनावरका लागि आलु र गाँजर हेलिकप्टरबाट खसालेको हो।

    झन्डै १ हजार किलोग्राम आलु र गाँजर खसालिसकिएको उर्जा र वातावरण मन्त्री म्याट किन जानकारी दिएका छन्। ‘रक वालावीजस्ता खतरामा रहेका प्रजातिका जोगाउनका लागि हामीले यो रणनीति अपनाएका हौं,’ उनले सिएनएनसँग भनेका छन्।

    सरकारको प्रारम्भिक अनुगमनमा कंगारूजस्तो देखिने रक वालावीको ठूलो संख्या आगलागीमा मारिएको देखिएको छ। ‘आगलागीले उनीहरूको बासस्थान र चरन क्षेत्र खरानी बनाइदिएकाले बाँचेकाहरूले रक वालावीले खाना पाएका छैनन्। प्राकृतिक रूपमा उनीहरूको खाना तयार नभएसम्म हेलिकप्टरबाट खाना बाँड्ने काम जारी रहन्छ,’ उनले भने।

    अष्ट्रेलियामा जारी आगलागीमा परी ५० करोड पशुपंक्षी मारिएको प्रारम्भिक विवरणहरू आएका छन्।  नेपालमा पुसको चिसोले हातगोडा कठ्यांग्रिरहेका बेला दक्षिणी गोलार्द्धमा पर्ने अष्ट्रेलियाको जंगलमा आगलागीका समाचार आइरहेका थिए। धेरैलाई लाग्यो- विपरित ध्रुवमा पर्ने भएकाले यहाँ जाडो हुँदा उता गर्मी हुन्छ हाम्रोमा चैत-वैशाखतिर जंगलमा आगो लागेजस्तै अष्ट्रेलियामा अचेल आगो लाग्यो होला।

    महिना दिनभन्दा बढी बितिसक्यो तर अष्ट्रेलियाको आगो निभ्ने सुरसार छैन। गत साता भने अष्ट्रेलियाबाट संसारलाई नै भावुक बनाउने तस्बिर आए। ती तस्बिर मान्छेका नभई आगलागीबाट मरेका र बाँच्न सफल भएका वन्यजन्तुका थिए: ठूलो आगोको मुस्लोबाट भाग्न नसकेका र बाँचेकोमा एकअर्कालाई अंकमाल गरिरहेका जनावरका तस्बिर। जैविक विविधता विज्ञहरूका अनुसार आगलागीमा परी यसपालि अष्ट्रेलियामा झन्डै ५० करोड बन्यजन्तु र पशुपंक्षी मारिएका छन्।

    यति भयंकर आगलागी कसरी भयो?
    अष्ट्रेलियाका जंगलमा नोभेम्बर-डिसेम्बरतिर आगलागी हुनु कुनै नौलो कुरा होइन। तर यसपालि गर्मी सिजन अष्ट्रेलियाका लागि अभिषापजस्तै बनेर आयो र यो अझै नियन्त्रणभन्दा बाहिर छ।

    अहिले भइरहेको आगलागी अष्ट्रेलियाको इतिहासमै सबैभन्दा खतरनाक छ। आगलागीमा परी कम्तीमा १५ जना मानिसले ज्यान गुमाएका छन्, सयौं घर जलेर ध्वस्त भएका छन्। लाखौं एकड जमिनका बिरूवा र पशुपंक्षी खरानी बनेका छन्। गर्मी चाँडै सकिनेवाला छैन।

    केही दिनअघि दक्षिण पूर्वी अष्ट्रेलियाका हजारौं नागरिक र छुट्टी मनाउन गएकाहरूलाई आपतकालिन उद्धार गर्नुपर्‍यो। किनकी उनीहरू बसेको ठाउँलाई चारैतिरबाट आगोले घेरिसकेको थियो। आगलागीबाट देशको बाँकी भू-भागसँग सम्बन्ध टुटेका सहरका वासिन्दालाई पानी, खाना र इन्धन पुर्‍याउन सैनिक पानीजहाज र विमान परिचालन भएका छन्।

    आगलागीको कारण
    अहिलेसम्मकै बढी तापक्रम, लामो खडेरी र शक्तिशाली हुरीबतासको संयोजनले यसपालि अष्ट्रेलियामा आगोको विध्वंश बढेको हो। मध्य डिसेम्बरतिर तातो हावाको लहर लगभग अष्ट्रेलियाभरि चलेको थियो। यसपालि अष्ट्रेलिया तापक्रम ४१.९ डिग्री सेल्सियस मापन भयो। अष्ट्रेलियाको इतिहासमै यति धेरै तापक्रम कहिल्यै पुगेको थिएन। कुनैकुनै भागमा अहिले पनि तातो हावाको लहर चलिरहेको छ।

    अत्याधिक तापक्रमको गर्मी सिजन आउनुअघि अष्ट्रेलियाको इतिहासमै वसन्त ऋतु सबैभन्दा सुख्खा भएको थियो। न्यू साउथ वेल्स र क्विन्सल्याण्ड राज्यका धेरै भागमा सन् २०१७ को सुरूदेखि नै निकै कम पानी परेको थियो। त्यो खडेरीले देशको कृषि क्षेत्रलाई प्रभावित बनाएको थियो। तीमध्ये केही क्षेत्रमा अहिले आगो दन्किरहेको छ।

    सेप्टेम्बर लागेसँगै यसपालिको आगलागीबारे अष्ट्रेलियामा अशुभ संकेतहरू देखिइसकेका थिए। सेप्टेम्बर ९ मा क्विन्सल्याण्डका पहाडको प्रवेशद्वारमा रहेको बिना बुरा लज बुस फायरमा परी खरानी भएको थियो। उष्ण वनले घेरिएको लज जलेको र आगोको ज्वाला देखेर वैज्ञानिकहरूले चिसो र सिमसार क्षेत्रमा यस्तो आगो लाग्नु अस्वभाविक भएको बताएका थिए।

    अहिले अष्ट्रेलिया ६ मध्ये चार प्रान्तमा आगो फैलिएको छ। सबैभन्दा बढी पूर्वी तटीय क्षेत्रमा धेरै प्रभाव परेको छ। नोभेम्बर पहिलो सातासम्म मात्रै १५ सय अग्निनियन्त्रकले न्यू साउथ वेल्सका ७० ठाउँका आगो निभाउन खटिएका थिए।

    नोभेम्बर ११ मा उक्त राज्यले एक दशक यताकै सबैभन्दा डरलाग्दो आगलागी भएको भन्दै सूचना निकालेको थियो। सिड्नीको आकाशमा कयौं दिनसम्म धुँवाको मुस्लो बसेर वायुको गुणस्तर संसारकै नराम्रो भएपछि सबै प्रकारका आगोमाथि प्रतिबन्ध लगाइयो।

    अहिलेसम्म कति क्षति भयो?
    न्यु साउथ वेल्समा १० करोड एकड जमिन आगोले जलेको छ। जसबाट झन्डै १ हजार घर क्षति भएका छन्। उक्त राज्यमा अहिले पनि ९० ठाउँमा आगलागी भइरहेको छ। अहिलेसम्म १० करोड २० लाख एकड जमिनमा आगो पुगेको छ।

    गत वर्ष अमेरिकाको क्यालिफोर्नियामा लागेको आगो १९ लाख एकड जमिनमा फैलिएको थियो। झन्डै १०० जनाको ज्यान गएको उक्त आगलागी क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा ठूलो हो। अष्ट्रेलियामा यसपालि १५ जनाले आगलागीमा ज्यान गुमाएका छन्। अधिकारीहरूले यो संख्या अझै बढ्न सक्ने बताएका छन्।

    आगो निभाउन को खटिएका छन्?
    आगो यति ठूलो छ कि यसलाई नियन्त्रण गर्नु सरकारको बुताभन्दा बाहिर छ। अहिले दशौं हजार अग्नि नियन्त्रक आगो निभाउन खटिएका छन्। जसमध्ये धेरै स्वंयसेवक छन्। उनीहरू हप्तौंदेखि आगो निभाउन लागेका छन् कुनैबेला त दैनिक १२ घन्टासम्म काम गरेका छन्।

    संघीय सरकारले केही दिनअघि स्वंयसेवकले मागे एक जनालाई ४ हजार डलरका दरले तलब दिने घोषणा गरेको छ। आगो बढ्दै गएपछि अष्ट्रेलियाले सेना परिचालन गरेको छ भने आफ्ना मित्र राष्ट्रहरूसँग सहायता मागेको छ। अष्ट्रेलियन प्रतिरक्षा फौजले भिक्टोरिया र न्यु साउथ वेल्समा ब्लाक हक र चिनुक हेलिकप्टर, विमान र सैन्य पानीजहाज पठाएको छ।

    अमेरिका र क्यानडासँग पानी ट्यांकर भएका जहाज पठाइदिन अनुरोध गरेको छ। क्यानडाले ३० अग्निनियन्त्रक पठाउने बचन दिएको छ। वैज्ञानिकहरूले पहिला नै भनेका थिए- जलवायु परिवर्तन जति बढ्दै जान्छ अष्ट्रेलियामा त्यति नै आगलागीका घटना पनि बढ्छन्।

    वैज्ञानिक अध्ययनहरूका अनुसार जलवायु परिवर्तनको प्रभावमा अष्ट्रेलिया निकै संवेदनशील देश हो। गर्मी सिजनमा अष्ट्रेलिया तातो र सुख्खा हुन्छ तर जलवायु परिवर्तनले तातो हुने अवधि बढाइरहेको छ भने वनस्पतिलाई सुख्खा बनाउँछ। सुख्खा बोटविरूवामा आगो सल्किन सजिलो हुन्छ।

    अष्ट्रेलियाले ठूलो मात्रामा कार्वनडाइअक्साड बिसर्जन गर्छ। यसरी निस्केको कार्वनडाइअक्साइडले पूरै वायुमण्डललाई तातो बनाउँछ। यो क्रम अहिले पनि जारी छ। सत्ता चलाइरेको कन्जरभेटिभ गठबन्धन उर्जा र जलवायु परिवर्तन नीतिमा अझै सहमति जुटाउन सकेको छैन।

    प्रतिक्रिया